प्रमुख समाचार
 
कान्छी च्याप्ने डिआइजी हायलकायल
 
काठमाडौं । केटी खेलाउँदै हिँड्ने र आफ्नो घरबार चौपट पार्नेको हविगत कस्तो होला ? घरवालीको सहने सीमा छउन्जेल त केही नहोला, तर सीमा समाप्त भएपछि त्यो अत्याचार उजुरी बनेर कतै दर्ज हुन्छ र अत्याचारीले कारवाहीको भागिदार हुनुपर्छ । सर्वसाधारणमात्र हैन, नेपाल प्रहरीबाट सशस्त्रमा गई डिआइजीसम्म भएका रञ्जन कोइराला यतिबेला प्रहरीका पुराना सहकर्मीलाई बयान दिँदै हिँड्नुपर्ने अवस्थामा पुगेका छन् । सिजनपिच्छे केटी फेरेर घरायसी सम्बन्ध बिगारेको आरोप लागेका रञ्जन पछिल्लो समय म्यानपावर कम्पनी चलाउने एक महिलासँग लाग्न थालेपछि यस्तो संकटबाट गुज्रिएका हुन् । जेठीपत्नी गीता बेखबर छिन् । माइतीलाई छोरीबारे थाहा छैन । रञ्जनलाई सोध्दा पनि बताउँदैनन् । बरु, जावलाखेलमा रेडरोज ओभरसिज नामक म्यानपावर कम्पनी चलाउने र एकान्तकुना बस्ने तारा रेग्मीसँग रञ्जनले नयाँ घरजम थालेका छन् । अरुले कान्छी ल्याएर अन्यत्र राख्छन्, रञ्जनचाहिँ अहिले कान्छो लोग्ने भएर ताराको घरमा बस्ने गरेका छन् । जेठी पत्नी गीतालाई रञ्जनले बेपत्ता बनाएको र खोजी पाऊँ भनी गीताका माइतीले महाराजगञ्ज प्रहरी बृत्तमा गरेको उजुरीका आधारमा उनलाई केही दिन पहिले हनुमानढोकाका एसपी राजेन्द्र श्रेष्ठले सोधे, वास्तविकता के हो सर ? भनेर । आफूले केटी फेर्दै हिँड्नाले घरायसी सम्बन्ध बिग्रिएको कुरा बताएनन्, बरु गीता नै खराब आचरणमा लागेको दावी गर्दै त्यहाँबाट फर्किए । उनले हनुमानढोकामा गीता केही समयअघि भैरहवाको सुनौली नाकाबाट कपडा तस्करीमा गएकी र त्यहाँको प्रहरीले पक्राउ गरेको बताए । बेलाबेलामा हप्तादश दिन हराइरहने उनीसँग १० वर्षदेखि आफू अलग रहेको जानकारी पनि दिए । माइतीको उजुरीमा गीतालाई लुकाइएको भनिएको ठाउँमा प्रहरीले खोजतलास गयो, तर उनी भेटिइनन् । माइतीको माग छ, गीता नभेटिएसम्म रञ्जनलाई देश छोड्न नदिइयोस् । रञ्जन चीनमा सञ्चालित एक महिने सुरक्षा तालिमका लागि नेपाल सरकारको तर्फबाट छनौट भएका छन् । आफ्ना डिआइजीबारे प्रहरी कार्यालयमा उजुरी परेको कुरा अरुबाट सुन्नुपरेको र सोधपुछका लागि उनलाई उपस्थित गराइदिनु भन्ने अनुरोध नेपाल प्रहरीबाट आएपछि सशस्त्र महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले आइतबार रञ्जनको व्यापक खोजी गरे । तर, पुरानो मोबाइल स्वीचअफ गरी उनी लापत्ता थिए । रञ्जन नभेटिनाले प्रशासन शाखाका कर्मचारीले महानिरीक्षकको गाली पनि खाए । तर, त्यसबेला रञ्जन सातदोबाटोतिरै थकाइ मारिरहेका थिए । यता, रञ्जनले आफ्नो घरबार बिगारेर अन्यत्र मस्ती मारिरहँदा उता म्यानपावर व्यवसायीमाझ हटकेक भनेर चिनिने बानेश्वर अफिस भएकी राधिका कटुवाल, फ्लोरिडा ओभरसिजकी शर्मा थरकी महिलालाई पनि माथ गर्दै ढल्किँदो उमेरकी तारा रेग्मीले डिआइजी फँसाएको चर्चा व्यापक भएको छ । केही महिनाअघि ताराले केही म्यानपावर व्यवसायीलाई आफ्नो घरमा भोज खुवाएकी थिइन् । छेउमा बसिरहेका पुरुष देखाउँदै सहभागीलाई उनी भन्दै थिइन्, भिनाजुलाई नमस्कार गर्नुपर्दैन ? उनै थिए, डिआइजी रञ्जन कोइराला । तर, ताराले व्यावसायिक सहकर्मीलाई भिनाजु भन्न लगाएकी रञ्जन पहिलो भिनाजु नभई अहिलेसम्मका लागि कान्छा हुन् । त्यसअघि एकजना बंगलादेशी नागरिकलाई उनले तिमीहरुको भिनाजुलाई नमस्कार गर भन्न लगाउँथिन् । ताराका पहिलो पति भने अहिले मलेसियामा बसेर पत्रिका निकाल्दैछन्, नाम हो रमेश पण्डित (तुफान) । उनले रमेशलाई धेरै वर्षअघि छाडे पनि रमेशबाट जन्मिएकी एक छोरीलाई आफैंले हुर्काइरहेकी छन् । रमेशले एक दोहोरी गायिकासँग घरजम गरिसकेका छन् । चितवन घर भएकी तारा एकबेला राष्ट्रियस्तरको भलिवल खेलाडी हुन् । फिल्म डाइरेक्टर शिव रेग्मीकी उनी साख्खै बहिनी पनि हुन् । भनिन्छ, ताराले डिआइजीलाई कान्छो लोग्ने बनाएपछि उनकी व्यवसायिक प्रतिस्पर्धी अम्बिका शर्मा लामिछानेले पनि अर्का डिआइजी सुशीलकुमार श्रेष्ठलाई कान्छो लोग्ने बनाएकी छन् । कांग्रेसको कोटाबाट वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको सदस्य रहेकी तारालाई सो पदबाट हटाई आफू नियुक्त हुन अर्जुननरसिंह केसीमार्फत पावर लगाइरहेकी अम्बिकाले तारालाई देखाउनकै लागि आफ्नो घरमा एक तारे गाडीवाल डिआइजी पालेको म्यानपावर व्यवसायीमाझ चर्चा छ । डिआइजी रञ्जन तारासँग लाग्नुअघि ताराकै एक साथीको ब्वाइफ्रेन्ड भनेर चिनिन्थे । मिस नेपालमा सेकेन्ड रनरअप भएकी गुरुङ थरकी ती युवतीकी आमा सिटिजन ओभरसिजकी सञ्चालिका हुन्, जो ताराकी एकदम मिलनसार साथी पनि । उता, म्यानपावरका हटकेक मानिने मध्येकी राधिका अहिले बंगलादेशी दूतावासमा अड्डा जमाएर बस्ने गरेकी छन् । कामदारको भिसा लगाउन बंगलादेश जानुपर्ने व्यवसायीले उनलाई पत्तो नदिई जान सकिने अवस्था छैन । कारण हो, उच्चपदस्थ बंगाली दादा जो उनको साथमा छन् ।
प्राप्त प्रतिक्रियाहरु ( 3 )
 
Toya Rana   [From: Palpa ] Says:
 
 
Yo sabai jhuto baktabya ho. You DIG ko naam ma kalanka ho. You harami ho. Yesle nai mareko ho Geeta lai. Chadao bhanda chado yaslai sajaya hunu parchha yadai hamro desh ma kanun chha bhane.
 

 
Jogindra Jha   [From: Shanitnagar ] Says:
 
 
Ranjan is the killer. He is a bastard. He needs to be hanged...!!
 

 
subhakamana nepal   [From: chitwan ] Says:
 
 
21 aau satabdi ma pani euta srimaan le kaha pugchha ra. srimaan ferdai hidnu parchha. paschima desh haru ma 70-75 barsa ko umer ma ta chhod patra, bibaha hunchha. yesto kura sikna ta Nepal 1 number ma nai parchaa ni. bikash ko kuro po sikna time lagchaa ta
 
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान