प्रधानमन्त्रीको काम
प्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला अत्यन्त क्रुद्ध मुडमा हुनुहुन्छ । त्यो पनि अरू कसैस“ग होइन, आÏनै देशका राष्ट्रपति डा. रामवरण यादवस“ग । प्रधानमन्त्री जहा“–जहा“ जानुहुन्छ त्यहा“–त्यहा“ यही गुनासो गर्नुहुन्छ, राष्ट्रपतिले मलाई कामै गर्न दिनुभएन । खास गरी उहा“ले राष्ट्रपतिसमक्ष केही थान अध्यादेश पठाउनुभएको थियो । राष्ट्रपतिले जसलाई जारी गर्नुभएन । जसको परिणाम हो प्रधानमन्त्री बाबुराम भट्टराईको क्रोध । त्यो पनि सानोतिनो होइन, ठूलो साइजको क्रोध ।
अर्को पनि कारण छ । त्यो के भने केही समयअघि मात्रै राष्ट्रपति स्वयंले उहा“लाई देशको कामचलाउ प्रधानमन्त्री घोषणा गर्नुभएको थियो । तर, विडम्बना हेर्नोस्, राष्ट्रपतिले उहा“लाई कामचलाउ प्रधानमन्त्री घोषणा त गर्नुभयो तर काम गर्न भने पटक्कै दिनुभएन । आफै“ले कामचलाउ भन्ने अनि कामचाहि“ गर्न नदिने ? यो कस्तो चाला हो ?
यहा“ राष्ट्रपति महामहिमले कुरा अलिकति नबुझेको देखियो । एउटा कामचलाउ प्रधानमन्त्रीले पठाएको अध्यादेश किन जारी गर्ने भन्ने उहा“लाई लागेको होला । तर, यथार्थमा त्यस्तो होइन । हाल देशमा कामचलाउ प्रधानमन्त्री डा. बाबुराम भट्टराई जो हुनुहुन्छ, उहा“को कामै अध्यादेश ल्याउनु हो । अतः अध्यादेश ल्याएर उहा“ले राष्ट्रपतिलाई कुनै चुनौती दिइरहनुभएको छैन । आÏनो काम गरिरहनुभएको छ । के अध्यादेश ल्याउनु उहा“को काम होइन ? देशमा अहिले संविधान छैन, संविधानसभा छैन, संसद् छैन । प्रधानमन्त्रीले के काम गर्ने ? उहा“स“ग हाल बा“की रहेको एउटै मात्र काम भनेकै अध्यादेश ल्याउने हो । अब त्यो काम पनि गर्न नदिने हो भने उहा“लाई कसरी कामचलाउ प्रधानमन्त्री भन्ने ? यो त पूर्ण प्रधानमन्त्री नै भयो नि, होइन र ?
डन भाइको चिन्ता
कुनै जमानामा काठमाडौंलाई मन्दिरै मन्दिरको सहर भनिन्थ्यो । तर, अहिले त्यो भनाइ बदलिएको छ । अहिले काठमाडौं मूलतः डनै डनहरूको सहर बनेको छ । जताततै डनहरूको शासन छ । एउटा त्यस्तै चर्चित डन मेरो घरको स“गै बस्थ्यो । डन भनेपछि अरूस“ग त कडै व्यवहार गर्दो हो तर मस“ग भने ‘नर्मल’ छ । अझ मानले दाइ भनेर पुकार्छ ।
केही दिन भयो, उक्त डन भाइलाई मैले घरबाट निक्लेको देखेको छैन । पहिले खुब व्यस्तजस्तो लाग्ने डन भाइ आज–भोलि अलि फुर्सदिलो देखिन्छ । हिजो बिहान आÏनो घरको गार्डेनमा बसेर डन भाइ पत्रपत्रिका पढ्दै चिया खा“दै थियो । मैले सोधिहाले“, ‘भाइ, आज–भोलि त तपाईंलाई घरमै बढी देख्छु । सन्चो छैन कि क्या हो ?’
उनी एकैछिन मुस्कुराए । अनि भने, ‘त्यस्तो खासै होइन दाइ । यो पुलिस फोर्समा कुनचाहि“ आइजिपी आउला भनेर कुरिबसेको थिए“ तर खोइ यिनीहरू नियुक्ति नै गर्दैनन् । एउटा आइजिपी नियुक्त गर्न पनि यिनीहरूमा मारामार छ । कन्ट्री त खत्तम भयो दाइ ।’
‘अ“...खत्तमै छ,’ कन्ट्रीप्रति डन भाइको चिन्ताले मलाई पनि चकित बनायो । सोधे“, ‘अनि भाइलाई यो आइजिपीको नियुक्तिले किन रोक्यो त ? पुलिस फोर्समा पनि छ, तपाईंको आफन्त ?’
उनी फेरि दोस्रोपटक मुस्कुराए, ‘हैन...अब...दाइलाई थाहा छ“दै छ नि मेरो काम । पुलिसस“ग हाम्रो कुनै सरोकार त छैन तर पुलिस नै हाम्रो प्रमुख आधार पनि हो । अलिकति केटाहरू बढाउने विचार गर्दै थिए“, बढाउन मिल्छ कि मिल्दैन यही आइजिपीको नियुक्तिबाट थाहा हुन्छ । त्यही भएर अस्तिदेखि यही खेलमा लागिरहेको छु । तर, खोइ यिनीहरू डिसिजन नै गर्दैनन् । मलाई त चिन्तै लागिसक्यो ।’
डन भाइको अनुहारमा चिन्ता मिसिएको प्रस्टै देखिन्थ्यो ।
७० बु“दे माग
माओवादीका एकमुष्ट नेताहरूको एउटा समूहले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटी ७० बु“दे ज्ञापनपत्र बुझाएको छ । यसरी एकैचोटि ज्ञापनपत्र आउ“दा अरू प्रधानमन्त्री भए त आ“त्तिएर भाग्थे होलान् । तर, प्रधानमन्त्री डा. बाबुराम भट्टराई भाग्नुभएन । किनभने यो ज्ञापनपत्रमा ४० बु“दा उहा“ आफ“ैले तयार पार्नुभएको हो । १७ वर्षअघि उहा“ आफै“ले यस्तो ४० बु“दे ज्ञापनपत्र तयार गरी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनुभएको थियो । त्यसपछि जनयुद्ध सुरु गर्नुभएको थियो । जनयुद्ध सुरु हु“दा ४० बु“दे रहेको माग जनयुद्ध समाप्त हु“दा ७० बु“दे भएछ । बढेको ३० बु“दा जनयुद्धकै उपलब्धि भन्नुपर्ला । जनयुद्धले देशमा केही विकास गरेन भन्न मिल्दैन । कमसे कम जनताको मागमा राम्रै विकास गरेको छ । पहिले ४० वटा मात्रै रहेको जनताको माग अहिले बढेर ७० पुगेको छ । यो सानो विकास होइन ।
डा. बाबुराम भट्टराईले तयार पारेको ४० बु“दामै अर्को ३० बु“दा थपेर कमरेड मोहन वैद्यले बुझाएको हो । जाबो एउटा मागपत्र त अर्काको कपी गर्ने वैद्य समूहले देशमा अरू के गर्ला खै ? फेरि यो मागपत्र डा. भट्टराईलाई बुझाएर के हुन्छ ? डा. भट्टराई आफ“ैले त यो काम गरिदेऊ भनेर १७ वर्षअघि अरूलाई अह्राउनुभएको थियो । अब त्यही काम गरिदेऊ भनेर उहा“लाई नै अह्राएर हुन्छ ? यो त हुन सक्ने कामै होइन नि †