साप्ताहिक समाचार
 
पर्यटकलाई झन् ठूलो पीडा
 
काठमाडौं । पर्यटन मन्त्रालयको सचिवमा आउनासाथ यज्ञप्रसाद गौतमले विदेशी पर्यटकको ज्यानमाथि धावा बोलिने खालको निर्णय गरिदिएका छन् । गौतमले विदेशी पर्यटकको सुरक्षामा पर्यटन व्यवसायीलाई ध्यान नदिन परिपत्र जारी गरेपछि व्यवसायी पनि रनभुल्लमा परेका छन् । केही समययता नेपालमा ट्रेकिङका लागि आएका विदेशी पर्यटक लुटिने, हराउने र मारिने क्रम बढेको छ ।

गत साल मात्र ५ जना विदेशी पर्यटकको ट्रेकिङमा गएका बेला देशका विभिन्न स्थानमा हत्या भयो ।

पाहुनका रूपमा आएर देशलाई डलर आम्दानी गराइदिने पर्यटक हराउने, मारिने र कुटिने सिलसिला नरोकिएपछि र विदेशमा नेपाल पर्यटकका लागि सुरक्षित स्थान नरहेको प्रचार हुन थालेपछि पर्यटन व्यवसायीले सुरक्षा व्यवस्थाका लागि सरकारसमक्ष अनुरोध गरे । गृह मन्त्रालयले गत असारमा विदेशी पर्यटकलाई एक्लै घुमफिरमा जान कानुनले निषेध नगरेको भए पनि उनीहरू पथप्रदर्शक वा भरिया साथ लागेर मात्र घुमफिरमा जान सक्ने नीतिगत व्यवस्था हुनका लागि पर्यटन मन्त्रालयलाई पत्र लेख्यो । पर्यटकको सुरक्षाको व्यवस्था गरी मुलुकलाई पर्यटकमैत्री बनाउन पहल गरिरहेका व्यवसायी मन्त्रालयको यो निर्णय र परिपत्रबाट हौसिए । निर्णय कार्यान्वयनका लागि पर्यटन मन्त्रालयले पत्र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, नेपाल माउन्टेनियरिङ एसोसिएसन, नेपाल टुरिज्म बोर्डलाई पठाएको थियो ।

सरकारी निर्णय आइसकेपछि पर्यटन व्यवसायी पर्यटकको सुरक्षा व्यवस्था मिलाई नेपाल पर्यटकका लागि असुरक्षित छैन भन्ने सन्देश जाने गरी काम गर्ने तयारीमा रहेकै बेला पर्यटनसचिव परिवर्तन भए । नयाँ सचिवलाई पर्यटन व्यवसायीले नेपाल टुरिज्म बोर्डको हलमा कार्यक्रम आयोजना गरी भव्य स्वागत पनि गरे ।

तर, नयाँ सचिवले किन हो विदेशी पर्यटकको सुरक्षा व्यवस्था मिलाउने कुराप्रति त्यति रुचि देखाएनन् ।

उनले यही भदौ १ गते ‘विदेशी पर्यटकको पदयात्रा सम्बन्धमा’ भनी एक परिपत्र जारी गरे । पत्रमा पर्यटकको पदयात्रालाई सुरक्षित र भरपर्दो बनाउन छलफल भइरहेको र निर्णयमा पुग्न बाँकी रहेको व्यहोरा जानकारी गराइन्छ भन्दै पुरानो सुरक्षासम्बन्धी निर्णय कार्यान्वयन नगराउन सचेत गराए । एक पर्यटन व्यवसायी भन्छन्, ‘सुरक्षासम्बन्धी नयाँ निर्णय गर्नुपर्ने भए पनि हालका पर्यटकको सुरक्षासम्बन्धी काम नरोकेको भए राम्रो हुने थियो ।’

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान