समाचार अपडेट
 
लुक्दै सहर पसेकी उनले भनिन्– छ्या त्यस्तालाई के गर्नु ?
 
काठमाडौं । कुरा उनै अनुजा बानियाँको हो । पूर्वको इटहरी बजारमा सार्वजनिक गाडीमा ९० लाख रुपैयाँ, प्लाष्टिकको झोलामा भेट्टाएर सम्बन्धित व्यक्तिलाई फिर्ता दिई इमान्दारिता प्रदर्शन गरेबापत महामहिम राष्ट्रपति डा.रामवरण यादवबाट तारन्तार फोनमा बधाई खाएकी । तर, कान्तिपुरका पत्रकार हर्ष सुब्बालाई दिनदहाडै यस्तो हावादारी समाचार दिने उनै अनुजाका झुठ खुल्न थाले र लुक्दै, भाग्दै अहिले काठमाडौं बस्न थालेकी छन् । उनीमाथि एकजना पत्रकारको नजरमात्र लागेको छैन, अर्की पत्रकार महिलाले आफ्नै घरमा राखेकी पनि छन् ।

९८०८७२८९७८ नम्बरको एनसेलमा एनटिसीको अन्तिममा ९५० भएको प्रिपेड नम्बरले कतिपल्ट फोन गरेको छ भन्ने कुरा कल डिटेल्स निकाल्न सक्नेहरुले हेरे प्रष्ट हुन्छ, तिनै अनुजालाई हैरान खेलायो त्यो नम्बरले । अनि, अनुजा अहिले काठमाडौंका उरन्ठेउला केटासँगमात्र हैन, संसारभरका केटा यस्तै पापी हुन्छन् भन्ने निर्णयसाथ एनटिसीको ९८४२...नम्बरको सिम चलाउन पुगेकी छन् । तर, त्यो नम्बरबाट पनि एकजना जनआस्थाकर्मीलाई ‘भुजा खाइस्यो’ भन्दै बेलाबेला सोध्ने गर्दछिन् । त्यसरी अनुजाले सिम नै बदल्नुपर्ने गरी फोन गर्ने पत्रकार महोदय हुन्, ऋषि धमला । हिजो साँझ जनआस्थासँग कुरा गर्दा सुनाइन्, ‘मोराले रात पर्न पाउँदैन, फोन गरेर घुम्न जाऊँ भनिहाल्थ्यो ।’ घुम्नुपर्छ, मीठो–मीठो खानुपर्छ भन्दै धमलाले आफू विवाहका लागि उनीजस्तै युवतीको खोजीमा भएको कुरा बताएका रहेछन् । रमाइलो कुरा त के छ भने, अहिले अनुजाको आश्रयस्थल ऋषिनजिककी पत्रकार सीता पोखरेलकहाँ हो ।

हिजो साँझ पनि उनी सीताको भक्तपुर बालकोटस्थित घरमा थिइन् । ज्वरो आउलाजस्तो अवस्थामा उनले सुनाइन्, ‘सिम चेन्ज गरेपछि ऋषिले फोन गरेको छैन, ढुक्क भयो ।’ कलंकीमा उनका आफन्तको घर छ, तर त्यहाँ बस्दिनन् । उनका अनुसार, कुमारी बैंकमा काम गर्ने भाइले तिजमा दर खान बोलाउँदा पनि गइनन् । ‘आऽऽ, जानै मन लागेन’, भनिन्, ‘सीतासँगै बस्न कति रमाइलो छ ।’ विवाह कहिले गर्ने भनी सोधिएको प्रश्नमा उनले भनिन्, ‘गर्न मन त छैन, तर नगरी पनि हुँदैन ।’ विवाह नगरेचाहिँ के हुन्छ ? यो सोधनीमा भनिन्, ‘यो संसारमा एक्लै कसरी बाँच्नु †’ भोजपुरकी उनी घरायसी कामले बुधबार पूर्व जाँदैछिन् । ऋषिजस्तो नाम र अनुहार बिक्ने केटाले अफर गर्दा किन सिम बदलेको भन्ने जिज्ञासा राख्दा भनिन्, ‘छ्या, त्यस्तालाई के गर्नु ?’

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान