प्रमुख समाचार
 
सेनामा जाने कमरेडस“ग अयोग्यहरू सनक्क
 
घोराही । समायोजनमा जान इच्छुक माओवादी लडाकुको अहिले कडिकडाऊका साथ सेनाले छाती नाप्न थालेको छ । र, स“गै अनमिनद्वारा अयोग्य ठहरिएका लडाकुहरू धम्की र गालीगलौजमा उत्रिएका छन् । रोल्पाको दहवनस्थित दीर्घस्मृति ब्रिगेडका कमान्डर ध्रुवलाई आइतबार एकजना अयोग्य लडाकुले धम्कीको शैलीमा भने, ‘हामीलाई बेवारिस बनायौ ।

हाम्रो हकमा बोलेनौ । तिमीहरू आरामस“ग समायोजनमा जाने र पैसा पनि खाने, हामीले केही नपाउने ? याद गर है...†’ ध्रुवले जवाफ दिए, ‘निर्णय गर्ने सरकारले हो, उतै भने हुन्छ नि †’ धम्क्याउनेले भने, ‘तिम्रो पो पदीय हैसियत छ, हाम्रो त के छ र ?’ अहिले रोल्पाको दहवन र उ“घामा पा“च सय २३ मध्येबाट समायोजनमा जाने लडाकुको छनौटक्रम चल्दैछ । यो संख्या दीर्घ, सुनील र लिस्ने–गाम ब्रिगेडमा रहेका लडाकुको हो । देशभरबाट समायोजनमा जानलाई ३१ सय लडाकु इच्छुक देखिएका छन् जसमध्ये आधाले मात्र मापदण्ड पूरा गर्ने सम्भावना रहेको बताइन्छ । तीमध्ये पनि १० प्रतिशत महिला छन् । लडाकुबीच उत्पन्न यसप्रकारको असन्तुष्टि र धम्कीलाई पुष्टि गर्दै नवलपरासीस्थित झ्याल्टुङडा“डा, हात्तीखोरमा रहेको चौथो डिभिजनका कमान्डर तेजबहादुर ओली ‘प्रतीक’ ले सात बु“दे समझदारीमा भएको प्राविधिक त्रुटिको प्रतिविम्ब भएको बताए ।

भने, ‘शान्तिप्रक्रिया असफल भएपछि सबै लडाकु स्वैच्छिक अवकाशमा जाने सोच बनेको थियो । तर, अन्य दलले उमेरहदमा कम्प्रोमाइज गरेका कारण ड्यामेज कन्ट्रोल भयो ।’ अहिले नागरिकताका आधारमा भर्ना मिति नमिलेर अवकाशमा गएकाहरू पनि समायोजनका लागि पुगेका छन् । तिनका पत्नी भने अवकाशपछि आ–आºनो काममा लागेका छन् । बरु, शारीरिक रूपमा अयोग्य मानिएकाहरू पनि अहिले छाती नपाइरहेका छन् । उता, दाङ सदरमुकाम घोराहीस्थित पुनःस्थापना केन्द्रमा बा“ड्नुपर्ने रकम नबा“डिएको आरोप लडाकुहरूले लगाएका छन् । त्यस्तै, अवकाश रोजेर अरबमा पसिना काढ्ने इच्छा पनि थुप्रै लडाकुले पालेका छन् ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान