समाचार अपडेट
 
अविवाहित ‘पूर्वमन्त्री’स“ग आलिंगन
 
काठमाडौं । बूढा फिल्म डाइरेक्टरले अहिलेसम्म फिल्मांकन नभएको यौवनरसले भरिपूर्ण एउटा विद्रुप दृश्यमा पूर्वमन्त्रीलाई पर्दामा होइन, आ“खै अघिल्तिर देखे † तब ती डाइरेक्टरले के गर्लान् ? लाग्दो हो, आगामी फिल्मका लागि नया“ ‘प्लट’ भेट्टाए । तर, ती बूढा डाइरेक्टर दृश्यबाट झस्किए, अनि पसिना–पसिना भएर भागे †

वरिष्ठ साहित्यकार डा.तारानाथ शर्माका भाइ, वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माका दाजु, बूढा चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माले आ“खै अघिल्तिर भेट्टाएको दृश्यको बयान हो यो । राष्ट्रिय मानवअधिकार आयोगका उपसचिव तथा धनगढीमा कार्यरत क्षेत्रीय प्रमुख टीकाराम पोखरेल र शाहीकालीन स्थानीय विकास सहायक मन्त्री सुश्री रोशन कार्कीलाई शर्माले त्यस्तो हालतमा भेट्टाएका हुन् । फिल्म लाइनमा ठिटा–ठिटीको हालिमुहाली हु“दा अर्धनग्न फिल्म बनाउने होड चलिरहेका बेला यी बूढा डाइरेक्टरले देखेको त्यस्तो दृश्यले फिल्म बन्ने मौका त पाएन, बरु भेटिएका अन्तरंग साथीभाइस“ग उनी दृश्यको बयान गर्न भने चुक्दैनन् । घटना केही समयअघि, काठमाडौंकै हो । फिल्मको डाइरेक्सनबाट थकाइ मारेका लक्ष्मीनाथ केही समयअघिसम्म ओस्कार इन्टरन्यासनल फिल्म कलेजमा अध्यापन गराउ“थे । तर, राज्यकोषको तलब खाएर निजी कलेजको प्रिन्सिपल बन्न पुगेका दोलखाली अधवैंशे टीकारामको उमेर घर्किएजस्ती देखिने महिलास“ग यौवनरसले भरिपूर्ण दृश्य देखेपछि यी बूढा डाइरेक्टरले कलेज पढाउनै छाडिदिए । टीकाराम अहिले उक्त कलेज सञ्चालक समितिको अध्यक्ष छन् । उनी बिहान ११ बजे कलेज छुट्टी भएपछि पुग्ने गर्छन् ।

र, धेरैजसोले रोशनस“ग देख्ने गरेका छन् । कोही–कोहीले उनलाई त्यही“की एकजना कर्मचारी युवती (हालै विवाहित) स“ग पनि बात मारेको भेट्टाए । लक्ष्मीनाथ मात्र हैन, वैंश भएकाले गर्ने काम अधवैंशेले गर्न थालेपछि अहिले त्यहा“का अध्यापकहरू भूषण दाहाल, सुनील पोखरेल, वीरेन्द्र हमाल, घनश्याम खतिवडाहरू पनि बाटो लागिसकेका छन् । अर्की शाहीकालीन मन्त्री डा. दुर्गा पोखरेल, सगरमाथा टेलिभिजनका मालिक तथा म्यानपावर व्यवसायी निर्मल गुरुङ, गोल्डेनगेट कलेजका प्रमोटर तेज ढकालहरूले प्रतिव्यक्ति २० लाख रुपैया“को लगानीमा सञ्चालन गरेको उक्त कलेजबाट अध्यक्ष निर्मललाई टीकारामले साइड मात्र लगाएनन्, निर्मलको फोटो भएको ब्रोसरमा फोटो छापिएको पाना च्यातेर बा“ड्नेसम्मको काम गरेका छन् । केही वर्षदेखि कर चुक्ता नभएको र पहिला नीर शाहबाट कलेजको स्वामित्व लिएबापत तिर्नुपर्ने पैसा तिर्नेतिर टीकारामलाई कुनै चासो छैन । बरु, महिलामाथिको चासोले गर्दा कलेज अस्तव्यस्त भएको एक लगानीकर्ता बताउ“छन् ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान