मेरो कथा, मेरो व्यथा
 
जता गए पनि जीवन जर्जर
 
भनिन्छ, जति घर सप्रिएका छन्, ती नारीकै कारणले हुन् र जति बिग्रन्छन्, ती पनि नारीकै कारणले † सानो छ“दा बाबुआमाको प्रिय छोरो, दुलही जोडेपछि छोरोको कोमल मन कसरी एकाएक कठोर बन्यो ? रगतको नाता नै सबैभन्दा पवित्र र चोखो नाता हो । हुन पनि ‘पारिवारिक’ जत्तिको पवित्र र चोखो नाता दुनियाँमा बिरलै होला । तर, आज म विवश छु । किन हो, थाहा छैन † यो नातालाई तिरस्कार गर्ने थालेको छु । कहिलेकाहीँ लाग्छ, मेरा आफन्त मात्रै यस्ता हुन् कि, अरूका पनि यस्तै हुन्छन् ?

गाउँमा हाम्रो परिवारको सान थियो, इज्जत थियो । किनभने, त्यो गाउ“कै पहिलो थियौँ हामी राजधानी सहरमा घर हुने । स्कुले जीवनमा साथीसंगीमाझ म धक्कु लगाउँथेँ, ‘काठमाडौं सहरमा हाम्रो घर छ’ भनेर । तर, आज ती दिन सम्झँदा आत्मग्लानि हुन्छ । भ्रम रहेछन् यी सबै । मान्छेले कति संघर्ष गरेर बनाएको पहिचान छिनभरमै माटोमा मिल्दोरहेछ । गाउ“मा बुबाको सान, मान र सम्मान थियो । सबैको नमस्कारको पात्र हुनुहुन्थ्यो उहाँ । कुरा बुझ्दै गएपछि पो थाहा लाग्यो, दाजु कक्षा ८ सम्मको अध्ययन गरेपछि सहर छिर्नुभयो । गाउ“को सोझो केटो, कसैको घरमा भाडा माझेर बस्थ्यो, त्यो घर अहिले पनि मीनभवनमा छ । बुबा बित्नुभन्दा ५ वर्षपहिले नै घरमालिक बितेपछि उसको काजकर्म दाजुले गरिदिनुभयो । बदलामा धर्मपुत्रका रूपमा उहा“ले केही जग्गा पाउनुभएको रहेछ । यो ०४९ सालतिरकै कुरा हो । त्यतिखेर म कक्षा ५ मा पढ्थेँ । दाइको विवाह भयो । घरमा त खुसी नै थियो । माइलो दाजु पनि विवाह गरेको केही वर्षपछि नै अलग भइसक्नुभएको थियो । बुबा–आमाको सहारा थिया“ै, भाइ र म ।

०५५ सालमा एसएलसीसम्मको शिक्षा गाउ“कै माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेपछि दाइले नै सहरमा बोलाउनुभयो । मनभरि उत्साह बोकेर म सहर छिरेँ । दाइ उही साहुको अफिसको म्यानेजर हुनुहुन्थ्यो । कसको दिन कहाँ, कतिखेर, कति बेला आउँछ, कसलाई के पत्तो ? म उही दाइकै अफिसको कर्मचारी बनेँ । बिहान कलेज धाउनु, हतार–हतारको गाँस टिपेर कार्यालय पुग्नु मेरो दैनिकी थियो । राति अबेरसम्म काम गरेर घर फर्कंदा पनि खाना आफैँले तयार गर्नुपथ्र्याे । म पुग्दा भाउजू ओछ्यानमा ढलिसकेको हुने । मन साह्रै कुँडिन्थ्यो । तैपनि, आºनो मनलाई सम्झाउँथेँ । अरू के उपाय थियो र मसँग ? रुन मन लाग्थ्यो, तर कोसँग रुने ? कसलाई पोख्ने आºनो दुःख ? आफन्त नै बैरी भएपछि कसको के लाग्दोरहेछ र ? अफिसबाट मैले कति तलब खान्थेँ, मलाई नै थाहा थिएन ।

त्यो पैसा बुझ्ने र खर्च गर्ने पनि दाइले नै † दशैको समयमा एकजोर लुगा हालिदिनुहुन्थ्यो । बस्, म उही घरमा राखेको कमारीजस्तै नियतिमा बाँचिरहेको थिएँ । उहाँहरूको बच्चा भएपछि त्यसको जिम्मेवारी मेरै का“धमा थपियो । कहिलेकाहीँ भाउजूको तीतो–टर्रो वचन सुन्थेँ । मनको कुनै कुनामा बिज्थ्यो, तीखो काँडाजस्तै । जीवनमा जे–जे भयो, केवल सहेँ मात्र । आमाले बाल्यकालमा यही उपदेश दिनुभएको थियो, ‘सहेर कहिल्यै पनि सानो भइ“दैन ।’ बोलेर ठूलो हुनुभन्दा सहेर सानो हुनु नै बेस ठानेँ । तर, यो अर्ति मिथ्या लाग्न थालेको थियो । मैले किन विद्रोह गर्न सकिनँ ? बारम्बार अहिले पनि यही प्रश्नले सताइरहन्छ । यसैबीच बुबा बित्नुभयो † झनै उराठ र उदास लाग्यो जिन्दगी । त्यही पनि जिउनु नै थियो । प्रवीणता प्रमाणपत्र तहभन्दा माथि पढ्न पनि सकिएन । आज थकथकी मान्नुसिवाय मेरो हातमा के नै बाँकी छ र ? उहाँहरूमा त प्रतिदिन खुसी थपिँदै थियो । घरमा आमासँग दुःख पोखेँ । धेरै रोएँ, त्यो दिन † जब आमाले सुरुमा मेरो कुरा सुन्नुभयो, उहा“को आँखाबाट पनि अनायासै आँसु छचल्किए । एउटा सोझो छोरो जिम्मेवारीबाट कसरी परिवारको चित्त दुखाउँदै छ, एउटी महिलाको छलछाममा परेर † के जन्म दिने आमाभन्दा स्वास्नी र सम्पत्ति ठूलो हो ? तर, के गर्नु ? कहिलेकाहीँ मान्छेले आºनो धरातल बिर्संदो रहेछ ।

आमाको आग्रहपछि मैले विवाह गर्न मञ्जुरी जनाएँ । सोचेको थिएँ, विवाह गरियो भने यो तनावबाट मुक्ति पाइन्छ । ०६२ सालमा मेरो विवाह भयो, भाउजूकै आफन्त पर्ने विजयसँग । तर, पछि मात्रै थाहा भयो त्यो केटासँग भित्रिने म तेस्री रहेछु । दुइटाले त छाडिसकेका रहेछन् । विवाह गरेको महिना दिनपछि मात्रै मेरो कानमा यो कुरा प¥यो । घर त फेरियो, त्योसँगै मेरो दुःख, तनाव र चिन्ता फेरिएन । बरु, झन् बढ्न थाल्यो । किन यसरी आफन्तले नै सताउँछ मान्छेलाई ? आज म सोचमग्न छु । यो मेरो नियति हो वा कसैको नियतका कारण मैले दुःख पाएको हुँ ? बुझ्न सकेकी छैन । दाइ, भाउजू आज अलिसान महलमा सुखसाथ बसे पनि बूढी आमा गाउ“मा पानी–प“धेरो, कुटो–कोदालो, मोलापात गरेरै बसिरहनुभएको छ । कान्छो भाइ अहिले खाडी मुलुक कतारमा श्रम, रगत र पसिना बगाउँदै छ । मेरो दुःख मैसँग छ । विजय मलाई माया त गर्न खोज्छ । किनकि, उसलाई डर छ, यदि ऊसँग म टिकिन भने गाउँ–समाजले के भन्ला ? तर, उसको रूप–रंग, चालढाल सबैतिर म भाउजूकै गन्ध देख्छु । सन्तानको आमा भइ नै सकियो । यही बच्चाको लालन–पालन र शिक्षा–दीक्षा नै हाम्रो काँधमा छ । विजयको सरकारी जागिर छ । म निजी स्कुलमा अध्यापन गराउँछु । कहिलेकाहीँ मनमा कुरा खेल्छ, आऽऽऽ, आºनो र परिवारको भित्री कुरा कसलाई भनेर के नै पो हुन्छ र ? तैपनि भन्छन् नि, दुःख बाँढे घट्छ, सुख बाँढे बढ्छ † जे भए त्यस्ता पात्रहरू साँच्चै घृणायोग्य छन्, जो स्वास्नीको खुसीका लागि बाबुआमा र आफन्त रुवाउँछन् † – श्रेया शर्मा, कोटेश्वर

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान