एक सातामै तीनवटा चलचित्र रिलिज हुनु नौलो भएन । विषयवस्तु र नामै अंग्रेजी र हिन्दीबाट कपी पेस्ट हुन थालेको छ । सायद निर्माताहरूले नेपाली शब्दकोश पल्टाउन नजानेर होला हाई–वे, एटिएम, मायाज वार, हेलो प्रकृति, माई ब्रदर, सो सिम्पल, फेसबुक, लभ इज लाइफ, भिजा गर्ल, जंगल क्विन, बडिगार्ड, फुलस्टप, फोर्सलगायतको अंग्रेजी नामको चलचित्र धमाधम बनिरहेका छन् । के नेपाली नामहरू नै नभएका हुन् ? अझ पछिल्ला दिनमा निर्माताहरूले आºनो यौनकुण्ठालाई चलचित्रमा प्रस्तुत गरेका छन् । डान्सवार र रेस्टुरेन्टमा नाच्नेहरूलाई हिरोइन बनाइएको छ । अलि ठूलो पाखुरा हु“दैमा हिरो बन्न पाउने, जो पनि स्क्रिप्ट राइटर बन्ने, छाडा फिल्म बनाउने र उल्टै दर्शकले हेरेनन् भनेर गाली गर्ने यस्ता निर्माता निर्देशकहरूबाट चलचित्र क्षेत्रले कस्तो आशा गर्ने ?
नातामै नौटंकी
निजी बोर्डिङ स्कुलको रोग अहिले चलचित्र क्षेत्रमा सरेको छ । आफन्त र नातागोताले नै भरिएको चलचित्र ‘सो सिम्पल’ आउने भएको छ । केशव भट्टराईद्वारा निर्मित सो चलचित्रका निर्र्देशक शिव रेग्मी हुन् । नायिका भने उनै रेग्मीकी छोेरी भावनालाई बनाइएको छ । प्रदीप भारद्वाज यस चलचित्रका स्क्रिप्ट राइटर हुन् । उनकै भाइ प्रमोदलाई नायक बनाइएको यस चलचित्रमाथि अहिले अनेक टिप्पणी हुन थालेका छन् । उता, हिन्दी चलचित्र ‘इक था टाइगर’ले करोडौ“ रूपैया“ नेपालबाट लिएर जा“दा नेपाली चलचित्र बिन्दासले तीन दिनमा ३८ लाखको व्यापार ग¥यो । कमालै भयो भन्दै चलचित्रका निर्माता राजु गिरीले अन्तर्वार्ता दि“दा अन्य निर्माता÷निर्देशकले उनलाई गफाडीको संज्ञा दिए । काम एउटाको, कुरा अर्काको, विश्वास कसको गर्ने ?
सम्बन्धका अनेकन सिलसिला
झगडाको बीज कत्रो नै हुन्छ र ? सानै कारणले पनि मन दुखाएर चलचित्र उद्योगमा पानी बाराबार गर्नेको संख्या प्रतिदिन बढ्दै छ । आर्यन सिग्देल र निशा अधिकारीबीचको सम्बन्धमा मिठास छैन ।
उसो निशा त चलचित्र क्षेत्रमा सम्बन्ध राख्दै र चा“डो–चा“डो सम्बन्ध बिगार्नेमा कहलिएकी छन् । उद्धव पौड्यालका छोरा निरकस“ग विवाह गर्ने भनी आफै“ले प्रचार गरिन् । तर, पौड्याल परिवारले निरकका लागि अर्कै केटी खोज्यो । सम्बन्धले तनावपूर्ण रूप लिने संकेत देखिएपछि पौड्याल परिवारकै पैसामा उनी अमेरिका घुम्न गइन् । र, फर्किंदा फिल्मसम्बन्धी अध्ययन गरेको गफ लगाइन् । अहिले निर्माता तथा वितरक सुनील मानन्धरस“ग उनको सम्बन्ध पनि त्यस्तै छ । सुनीलले डाइरेक्टर बनाउलान् भनी उनीस“ग प्रेमकै प्रस्ताव राखिन् । तर, उद्देश्य पूरा नभएपछि सम्बन्ध टुटेको छ ।
त्यस्तै, नायिका रेजिना उप्रेती र झरना थापाबीच पानी बाराबारको स्थिति छ । झरनाका पति सुनील र रेजिनाबीचको आपत्तिजनक व्यवहारका कारण उनीहरूको झगडा परेको थियो । उसो त, रेजिना पनि सम्बन्ध राख्दै–बिगार्दै हि“ड्नमा निशाजत्तिकै माहिर छिन् । सोभित बस्नेतस“ग उनको सम्बन्ध बन्नु र बिग्रनु छेपाराले रंग फेर्नुजस्तै मानिन्छ । निर्मात्री कविता श्रेष्ठस“ग पनि उनको राम्रै सम्बन्ध थियो । सुटिङका बेला क्याबिन गर्लको शैलीमा मदिरा पिएर केटाहरूस“ग हि“डेदेखि बिग्रिएको सम्बन्ध अहिले फेरि ‘ठिकै’ रहेको चलचित्रकर्मी बताउ“छन् ।
दुलही रानीबाट चलचित्र उद्योगमा प्रवेश गरेकी नायिका सविना कार्की र जिया केसीबीचको सम्बन्धमा तिक्तता आएको छ । अहिले यी दुवै नायिकाबीच बोलचालसम्म छैन । चलचित्र एटिएममा कथाले मागेजति दिएर चर्चामा आएकी सविनालाई जिया केसीले नै एटिएम चलचित्रका निर्माता÷निर्देशकस“ग परिचय गराइदिएकी थिइन् । उनीहरूबीच कुनै ठूलो कारणले झगडा भएको होइन । एटिएम चलचित्रको एउटा दृश्यमा जिया केसीले सविनाको खुट्टामा कुल्चनुपर्ने दृश्य थियो उनले बेस्सरी कुल्चिन् । यही कारणले विवाद जन्मियो । विवाद बढ्दै जा“दा बोलचाल नै नहुने स्थिति आयो । चलचित्रमा नायक दिनेश थापाको संवेदनशील अंगमा समाएर चर्चामा आएकी नायिकाले अनलाइन पत्रिकास“ग भने आफूले नायकको सर्टको बटम मात्रै समातेको तर क्यामेराले नै बिगारेको आरोप लगाइन् ।