लेख/रचना
 
प्रचण्ड–बाबुरामको व्यथा
– सुदर्शन मंगोल
 
०४८ देखि ०५०÷०५१ तिर रोल्पामा तत्कालीन रोल्पामा जनमोर्चाका सयौ“ युवालाई अपराधीका नाममा कांगे्रसी सरकारले झुटा–मुद्दा लगाई जेल–नेल हाल्ने गरिरहेको थियो । वर्गसंघर्ष निकै घनीभूत बनिरहेको थियो । कांग्रेसका सुरेन्द्र हमाललगायत थुप्रैले प्रशासनका बलमा जनमोर्चाका दर्जना मान्छेलाई गोली हान्नेसमेत काम गरे ।

तैपनि क्रान्तिकारी योद्धाहरू सतिसाल झै“ अडिग बनेर रोल्पालाई क्रान्तिको वास्तविक आधार किल्ला बनाउन सफल भए । ०५२ फागुन १ मा नेकपा (माओवादी)को नेतृत्वमा महान् जनयुद्ध आरम्भ भयो । रोल्पाबाट हजारा“ै मान्छे जनयुद्धमा होमिए । करिब एक हजार रोल्पाली योद्धाले मात्र जनयुद्धमा कुर्वानी गरे । अनि रोल्पा क्रान्तिकारी रोल्पा बनेर स्थापित भयो । जनयुद्धको उद्गमस्थल रोल्पा अचेल कस्तो होला ? के भइरहेको होला ? मान्छेहरू कसरी बसिरहेका होलान् ? नयाँ माओवादीहरू के गर्दै होलान् ? प्रचण्डपक्षधर माओवादी कस्तो स्थितिमा होला ? यही जिज्ञासासहित यो पंक्तिकार फरक काम विशेषले हालै आºनो गृहजिल्ला रोल्पाको आºनै खुंग्री हरिगाउँँ पुग्यो । त्यही क्रममा सदरमुकाम लिवाङसम्म पुगेर दुवै माओवादीका नेता–कार्यकर्तासँग साक्षात्कार गरेरसमेत फर्कियो ।

जनयुद्धमा रोल्पाले स्थापित माओवादी नेताहरू जन्मायो । कृष्णबहादुर महरा, नेत्रविक्रम चन्द ‘विप्लव’, वर्षमान पुन, कुलबहादुर केसी ‘सोनाम’, सन्तोष बुढा र जयपुरी घर्तीलगायत थुप्रै स्थापित नेता–कार्यकर्ता उत्पादन ग¥यो । यी सबै नेता जनयुद्धका कारण स्थापित भएका हुन् । नेताहरूमा केन्द्रीय सदस्य किमबहादुर थापा ‘सुनील’, नेपबहादुर केसी ‘परिवर्तन’, तेजबहादुर घर्ती ‘दीर्घ’लगायतले जनयुद्धमा बलिदान गर्नुप¥यो । यसकारण पनि रोल्पामा जनयुद्धले तीव्र छलाङ हान्न सकेको हो । तर, आज आएर केही रोल्पाली माओवादी नेताहरू आºनो बाटोबाट विचलित हुँदा रोल्पाली जनता र कार्यकर्ताको मन कुँडिएको छ । जनयुद्धमा आफूहरूलाई ‘युज एन्ड थ्रो’ गरेकोमा रोल्पाली जनताको प्रचण्ड–बाबुरामप्रति तीव्र आक्रोश र घृणा पैदा भएको छ । रोल्पा सुलिचौरमा भेट भएका सेरम–७ का लालबहादुर विकले यस पंक्तिकारसँग यसरी गुनासो पोखे, ‘हिजो जनयुद्धमा जस्तो अहिले हाम्रो गाउँ छैन । पुरानो सत्ता फर्किएको छ । पुरानो संस्कार÷संस्कृति फर्किएको छ । हामीलाई दलित भनेर फेरि हेप्न थालिएको छ । हिजो घरभित्र छिर्न दिने उपल्लो जातका मान्छेले आज घरभित्र छिर्न दि“दैनन् ।’

उनले थपे, ‘हामीलाई जनयुद्धमा प्रयोग मात्र गरियो । केही पाइएन,’ लालबहादुर विकजस्ता रोल्पाली दलितहरूको यो प्रतिनिधिमूलक पीडा र आक्रोश हो । प्रचण्ड–बाबुरामबाट जनयुद्धमा ठूलो धोका र गद्दारी भए पनि रोल्पाली क्रान्तिकारी नेता÷कार्यकर्ता थाकेका छैनन् । गलेका पनि छैनन् । पीडा छ र आक्रोश पनि । तैपनि, क्रान्तिकारी रोल्पालीहरूले हार खाएका छैनन् । घात÷प्रतिघातलाई रोल्पालीले निरन्तर क्रान्तिको यात्रामा हुने सहज प्रक्रियाका रूपमा लिएका छन् । ‘जनयुद्धमा प्रचण्डहरूले गद्दारी त गरे तर क्रान्तिको प्रक्रिया त रोकि“दैन नि !’ नवगठित नेकपा–माओवादी जिल्ला इन्चार्ज सञ्जीवकुमारले उत्साहित मुद्रामा पंक्तिकारसँग भने, ‘हामी जनयुद्ध र क्रान्तिबाट थाकेका छैनौ“ र रोल्पाली जनता पनि थाकेका छैनन् । मुक्ति र परिवर्तनका निम्ति हामी सयौ“ वर्ष लड्न पनि तयार छौ“ ।’ सञ्जीवकुमारले यसो भनिरहँदा प्रचण्डपक्षधर जिल्ला नेताहरू केही समयअघि भन्दै थिए रे † ‘अब ५० वर्षभित्र पनि देशमा क्रान्ति हुँदैन ।’ यही त भिन्नता छ । प्रचण्ड–बाबुरामहरू केन्द्रमा जे बोल्छन् तल उनका कार्यकर्ता पनि त्यही बोल्दारहेछन् । ‘जस्ता गुरु, उस्तै चेला’ भनेको त्यही होला । गरिब, भोका÷नांगाहरूको सत्ता कब्जा गर्न सकिएन । अब यही प्रतिक्रियावादी सत्ताभित्र रुमल्लिएर २५÷३० वर्ष रजाइँ चलाउने प्रचण्ड–बाबुरामको मनोकांक्षा अभिव्यक्त भइछाड्यो ।

यसपालि रोल्पाको बसाइ अलि रमाइलो भयो । आमाको निधनपछि रोल्पाको यात्रा तय भएको थियो । रोल्पामा नेकपा–माओवादी जिल्ला इन्चार्ज सञ्जीवकुमार, १ नं. निर्वाचन क्षेत्र इन्चार्ज रक्तिम र २ नं. निर्वाचन क्षेत्र इन्चार्ज सुन्दर वलीलगायत थुप्रै नेता÷कार्यकर्तासँग भेटघाट भयो । साथै, एमाओवादी जिल्ला संयोजक अविनाशसँग पनि भेटघाट भयो । ‘पार्टी विभाजनपछि रोल्पामा नेकपा–माओवादीको स्थिति के छ ?’ यो मेरो काठमाडौंदेखिको जिज्ञासा रोल्पामा पुग्दा जिल्ला इन्चार्ज सञ्जीवकुमारलाई राखे“ । ‘नयाँ पार्टी निर्माणपछि हामी जिल्लाव्यापी सांगठनिक पुनर्गठनतिर लागेका छौ“ । अहिले हामी जिल्लामा वैचारिक र राजनीतिक रूपमा मात्र होइन सांगठनिक रूपले पनि श्रेष्ठ पार्टीका रूपमा छौ“ ।’ असाध्यै उत्साहित हुँदै उनले भने, ‘यो हाम्रो दाबी मात्र होइन, हामीले जिल्लाका ९० प्रतिशत गाविसमा संगठन निर्माण गरेर तथ्यगत आधारमा पुष्टि गरेका छौ“ ।’ हुन पनि यो पंक्तिकार सदरमुकाम लिवाङ पुग्दा माओवादी जिल्ला इन्चार्ज सञ्जीवकुमार, १ नं. क्षेत्रका इन्चार्ज आशबहादुर पुन ‘रक्तिम’ र सहइन्चार्ज शान्तराम मल्ल ‘चिन्तन’ र २ नं. क्षेत्रका इन्चार्ज सुन्दर वली र सहइन्चार्ज दर्शनसँग भेट भयो । भेट हुँदा यी नेता जिल्लाव्यापी कार्यक्रमपछि समीक्षाका लागि कार्यालय बैठकमा व्यस्त थिए ।

धेरैलाई लाग्दो हो रोल्पामा एमाओवादीको प्रभाव बलियो होला । मैले नयाँ माओवादीका नेताहरूलाई यही जिज्ञासा राखेको थिए“, ‘प्रचण्ड पक्षधर कृष्णबहादुर महरा, वर्षमान पुन, नन्दकिशोर पुनजस्ता नेताको प्रभावले जिल्लामा एमाओवादीको बलियो प्रभाव होला नि !’ जिज्ञासामा जिल्ला इन्चार्ज सञ्जीवकुमारले भने, ‘छैन, विल्कुल छैन । जो थिए, माथि केही नेताहरू थिए, जा“दा आफूहरूसँग दुई÷चारजना मान्छे लिएर गए, बाँकी अत्यधिक क्रान्तिकारी नेता– कार्यकर्ता क्रान्तिकारी माओवादीमा गोलबन्द भएका छन् ।’ उनको थप भनाइ थियो, ‘रोल्पामा महराजीले ठूलो संख्यामा मान्छे लिएर जालान् कि भन्ने केही भ्रम थियो, अब कुनै भ्रम रहेन । ठूलो संख्यामा रहेका जिल्ला नेता–कार्यकर्ता र जनताले नेकपा–माओवादी नै रोजेका छन् । भ्रम साफ भएको छ ।’

‘पार्टी विभाजनले जिल्लामा कस्तो असर पारेको छ ?’ मेरो थप जिज्ञासा इन्चार्ज सञ्जीवकुमारलाई नै थियो, ‘केही सानो तप्कामा रहेका मान्छेले पार्टी फुट्नुहुँदैन भनेका थिए । हामीले छलफलबाट ती मान्छेमा रहेका भ्रमलाई पनि क्रस गरेका छौ“ ।’ उनले हौसि“दै भने, ‘इतिहासका निर्माता जनता हुन् । जनतामा गएर हामीले प्रस्ट कुरा राख्दा त्यो भ्रम हटेको छ । जनताले नयाँ माओवादी नै चाहेका छन् ।’ त्यसो त रोल्पा निर्वाचन क्षेत्र नं. १ का इन्चार्ज रक्तिमको भनाइ पनि त्यस्तै थियो, ‘हामी संगठन पुनर्गठनतिर लाग्दै गर्दा जनतामा निकै उत्साह पैदा भएको छ । जमेको पोखरी फुटेको छ ।’ उनको थप भनाइ थियो, ‘हामी नैतिक रूपले दृढतापूर्वक जनतामा जान सकेका छौ“ । जनता महान् छन् । जनताका बीचमा जाँदा जनताले हामीलाई असाध्यै माया गरेका छन् ।’ त्यस्तै कुरा पश्चिम कमान्डको नेतृत्व गरिरहेका २ नं. निर्वाचन क्षेत्रका इन्चार्ज सुन्दर वलीले आºनो उपलब्धिबारे भन्दै थिए, ‘पश्चिममा पनि हामी अगाडि छौ“ । किनकि हामी पश्चिमका २६ गाविसमध्ये केही गाउँबाहेक सबैतिर संगठन निर्माणमा तीव्र रूपले लागेका छौ“ ।’ निकै उत्साहित मुद्रामा वलीको भनाइ थियोे, ‘हामी केही ठाउँमा जान फुर्सद मिलेको छैन, बरु जनताले नै हामीलाई बोलाएर संगठन निर्माण गर्नुप¥यो भनिरहेका छन् । बाँकी रहेका ती गाविसमा अब छिट्टै गएर संगठन निर्माण गर्दै छौ“ ।’

औपचारिक पार्टी विभाजनपछि प्रचण्ड पक्षधर माओवादीको गतिविधि कस्तो छ त ? के गर्दै होलान् उनीहरू ? यो पनि सबैको जिज्ञासा र कुतूहलताको विषय हो । ‘उनीहरूको गतिविधि पूर्णतः शून्यप्रायः नै छ । जनतामा जाने प्रचण्डवाला मान्छेहरूको कुनै एजेन्डा छैन ।’ जिल्ला इन्चार्ज सञ्जीवकुमारको दाबी थियो, ‘प्रचण्डपक्षधर मान्छे कि त क्यासको खेलोमा छन् वा कथित विकास निर्माणका नाममा पैसो हुत्याउने मेलोमा । उनीहरूलाई पार्टी काममा भेट्न मुस्किल छ ।’ हुन पनि उनीहरूका अधिकांश जिल्लाका चर्चित नेता ठेक्कापट्टा, व्यापार र स्थानीय विकासका काममा मात्र लागेको देखिन्थे । भेटमा उनीहरू भन्ने गर्थे, ‘केही त गर्नुप¥यो नि † चोर्नु पो भएन, केही गरेर जीविका त चलाउनै प¥यो नि †’ ठिकै त हो नि † क्रान्ति गर्नु पनि नपर्ने, त्यसको तयारीमा लाग्नु नपर्ने भएपछि उनीहरूको कर्म यसैगरी बित्ने नै भयो ।

तर, कस्तो फरक † प्रचण्डवाला माओवादीहरू पैसो कमाएर निजी जिन्दगीको भविष्यमा लागिरहेका बेला रोल्पामा नेकपा–माओवादीका सबै तहका नेता पार्टी काममा खटिरहेका थिए । ‘कसरी पार्टी काममा लागिरहनुभएको छ ?’ यो जिज्ञासा मैले लिवाङमा भर्खरै जिल्लाव्यापी अभियान सकेर जिल्ला कार्यालयको बैठक बसिरहेका इन्चार्ज सञ्जीवकुमारलाई सोधको थिए“ । ‘संगठन पुनर्गठन अभियानमा दौडधुप गर्दा बिरामीले झन्डै थला परिएन ।’ अभियानमा खटनपटन गर्दाको अनुभूति सुनाउँदै उनले थपे, ‘ब्लड प्रेसर लो अर्थात् रक्तचाप कम भएर जिल्ला समीक्षामा झन्डै आउन सकिएन । सुलिचौरमा सलाइन पानी चढाएर बल्ल सदरमुकाम आइयो ।’ उसो त रोल्पा पूर्वी कमान्डको नेतृत्व गरिरहेका पूर्व जिल्ला सेक्रेटरीसमेत रहेका ‘रक्तिम’को पीडा पनि उस्तै थियो । ‘हामी जनताका बीचमा जा“दै गर्दा हाम्रा थुप्रै जुत्ता–चप्पल फाटेका छन् ।’ हामी नांगै खाली खुट्टासहित हारजंङको लेकसम्म पुग्यौ“ । जनताले हामीलाई माया र विश्वास गरेका छन् ।’ यही त छ, आकाश–जमिनको भिन्नता, क्रान्तिकारी र संशोधनवादीबीच । प्रचण्डवाला माओवादी क्रान्तिबाट निराश र पलायनको बाटो रोजिरहँदा क्रान्तिकारी माओवादीले भने अझै पनि क्रान्तिको सपना देख्न छाडेको छैन । माओले चीनमा प्रतिक्रान्तिले टाउको उठाउ“दै गर्दा अर्थात् संशोधनवादीले पार्टी कब्जा गरिरहँदा भन्ने गर्नुहुन्थ्यो, ‘म फेरि चिङकाङसान फर्कन चाहन्छु । फेरि म अर्को जनयुद्ध लड्न तयार छु ।

अनि फेरि म लालसेनाहरू निर्माण गरेर अर्को क्रान्ति गर्न तयार छु ।’ माओले यो भनाइ भनिरहँदा उहाँ करिब ८५ वर्षको हाराहारीमा हुनुहुन्थ्यो । तर, आज नेपालमा प्रचण्ड र बाबुरामहरू क्रान्तिबाट विचलित हुनु र धेरै युवा साथीहरू थाकेको देख्दा मलाई माओ जिउँदै भएको भए, ती साथीलाई के भन्दा हुन् भन्ने लाग्यो । लेनिनले रुसमा क्रान्तिबाट थाकेका मान्छेलाई बारम्बार भन्ने गर्नुहुन्थ्यो, ‘साथीहरू, क्रान्तिको सपना देख्नुहोस् ।’ हो, आज नेपालमा पनि धेरै साथी जनयुद्धबाट थाकेका छन् । क्रान्तिबाट विचलित बनेका छन् । क्रान्तिको सपना देख्न छाडेका छन् । यस्तो बेला रोल्पाली कमरेडहरूले देखाएको तत्परता सबै क्रान्तिकारी माओवादीका लागि निकै प्रेरणादायक छ । रोल्पा हिजो पनि क्रान्तिको पक्षमा थियो, आज पनि छ ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान