प्रमुख समाचार
 
मन्त्रीज्यूको सपना भताभुंग
 
काठमाडौं । स्वास्थ्य सेवा विभागमा स्तरवृद्धि, पदस्थापना गरेर सिअहेवबाट लाखौ“ रूपैया“ कमाउने राजेन्द्र महतोको सपना बालुवामा मिसिएको छ । उपस्वास्थ्यचौकीबाट स्वास्थ्यचौकीमा स्तरोन्नति गरिएको स्वास्थ्यचौकीमा सिअहेवलाई पदस्थापन गर्ने कार्यविधि स्वीकृत मन्त्रीस्तरीय निर्णयबाट गरे पनि सर्वोच्च अदालतको माननीय कमलनारायण दासको एकल इजलासबाट हाललाई के नगर्नू÷नगराउनू भन्ने विपक्षीका नाममा अन्तरिम आदेश जारी भएपछि सिअहेव पदस्थापनाबाट कुम्ल्याउन सपना बोकेकाहरू रनभुल्ल परेका छन् ।

कार्यविधि निर्माणकै क्रममा हेअ समूह गठन गर्न लगाएर सर्वोच्चमा मुद्दा गर्न उपाय सिकाउने पनि स्वास्थ्य सेवाका ट्रेड युनियनभित्रका महŒवपूर्ण पदाधिकारीहरू नै छन् । यसमा अप्रत्यक्ष सहयोग पु¥याउनेमा रामजी घिमिरे, भक्तिमान सुब्बा, सलाउद्दिन मिया र हरि कु“वर रहेका छन् । तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलका पालामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्माणबाट मन्त्रालय, स्वास्थ्य सेवा विभाग र मातहतका क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट तालिम नलिएर अदालतबाट पदनाम लिएका आधारमा पदस्थापना गरिएका सिअहेवहरूको पदस्थापना खारेज गरी साविककै पदमा कामकाजमा लगाउनू भनी आख्तियारले स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएबमोजिम स्वास्थ्य सेवा विभागले पदस्थापना पाएको सिअहेवहरूको पदस्थापना खारेज गर्ने निर्णय गरिसकेको छ । डोडीमा खोप लगाएर चारजना बालबालिकाको मृत्युपश्चात् खोप कार्यक्रममा संलग्न पदाधिकारीको मुटु हल्लिएको छ ।

विश्वस्त सूत्रका अनुसार सम्पूर्ण दोष खोप लगाउने अनमीमाथि थुपारेर बालस्वास्थ्य, युनिसेफ, आपूर्ति, आइपिडी, क्षेत्रीय स्वास्थ्य दिपायल, जिल्ला स्वास्थ्य डोटीलाई चोख्याइएको छ । नेपालमा खोप कार्यक्रम ०३५ सालदेखि लागू भएको हो । त्यसबेला राखिएका फ्रिज–डिफ्रिज परिवर्तन गर्नुपर्ने गरिएको छैन चार वर्षपहिले १७ करोडमा किनिएका जिरो फ्रिज कुनैले पनि काम गरेका छैनन् । जुन कमिसन खरिदको विषयमा त्यही समयमा अख्तियारमा उजुरी परेर जाइका वियोगसमेत विवादमा आएको थियो । जिल्लामा मट्टीतेल फ्रिज सञ्चालन गर्न मट्टीतेलको बजेट जेनेरेटर सञ्चालन गर्न इन्धनमा बजेट जान्छ । बजेट सबै हाकिम खोसु र कोचेअको भान्सामा जान्छ । खोप क्लिनिक सञ्चालन हु“दा जिल्ला खोप सुपरभाइजर स्थानीय हेल्थपोस्ट इन्चार्ज अनिवार्य रूपमा खोप क्लिनिकमा सुपरिवेक्षण गर्न जानुपर्ने हो ।

तर, जिल्लामा सुपरिवेक्षणमा गएको बजेट हाकिमले आफूले गरेको भ्रष्टाचार ढाकछोप गर्न जिल्ला प्रशासन कार्यालय कोष तथा लेखा नियन्त्रक कार्यालयका कर्मचारीलाई दैनिक भ्रमणभत्ता खुवाउ“छन् । जिल्लामा भ्याक्सिन वितरण भण्डारण गर्ने काम कोल्डचेन सहायकका अधिकृतको हो । तर, सबै काम कार्यालय सहयोगबाट गराइन्छ । भ्याक्सिनजस्तो संवेदनशील विषयमा जति सम्बन्धित कार्यकर्ता, व्यवस्थापक जिम्मेवार हुनुपर्ने हो त्यति जिम्मेवार नभएकाले अनाहकमा बालबालिकाको मृत्यु हुन्छ, दोषीले सजाय पाउ“दैन । मणिराम शर्मा

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान