विश्वको सेरोफेरो
 
लेखिका, जसले बदनामी खेपिन्
– राजेन्द्र स्थापित
 
‘म मेरो आमाबाबुको दशौ“ सन्तान थिएँ । मेरो जन्मपछि किन हो, कुन्नि, आमालाई अर्को सन्तान जन्माउने चाहना नै भएन । ‘हाम्रो घरमा एउटा घोडी थियो । मेरा सबै दाजु त्यसमाथि पालैपालो चढ्थे । म ईष्र्यालु आँखाले हेर्थें र पालो दिन बिन्ती गर्थें । तर, आमा मेरो कुरा सुन्नै चाहन्नथिन् ।

उल्टो चेतावनी दिन्थिन्–‘घोडा चढेको देखे“ भने खुट्टै भाँच्दिन्छु ।’ जब दाइहरू त्यो सेतो घोडी चढ्थे, मेरो आँखाबाट अश्रुधारा बग्थ्यो । एकदिन मैले रुँदै घोडी चढ्ने जिद्दी गरिरहे“ । त्यसबेला घोडीमाथि एकजना दाइ थिए । ठीक त्यसैबेला मेरा बुबा घर आइपुगे । ‘किन रोइरहेकी ऊ ?’ बुबाले घरको नोकरसँग सोधे । घोडी चढ्ने भनिरहेको कुरा उनले सुनाए । ‘चढ्न नदिएको किन नि ?’ बुबाले फेरि सोधे । ‘मालिक, मालिक्नीको स्वीकृति छैन ।’ नोकर ले जवाफ फर्काए । ‘उसलाई पनि चढ्न दिनू’ बुबाले आदेश दिए । यसपछि भने मैले पनि दिनहँु घोडा चढ्न थाले“ । विजयी भएको अनुभव गरे“ । बुबाकै आदेशमा बन्दुक चलाउन पनि सिके“ । मेरो हेरचाह धाईले गर्थिन् । मलाई उसको पाश्र्वचित्र मात्र सम्झना छ । फुपूले मलाई निकै माया गर्थिन् ।

उनको काखमा सुरक्षित महसुस गर्थें । मेरी आमा हरेक २ वर्षमा गर्भवती बन्थिन् । धन्न, माइती जाने क्रममा एउटा रूखमुनि सुस्ताइरहेका बेला एउटा मोटो बाँदर रूखबाट खस्यो र आमाको पेटैमा प¥यो । जसकारण गर्भ मात्र तुहिएको होइन भविष्यमा सन्तान जन्माउनै नहुने भयो । फुपूको बिहेको समय म ४ वर्षकी थिएँ । उनको बिदाइमा निकै रोएकी थिएँ । १२ वर्षको हुँदा, आमाले मलाई भान्छाको काम सिकाउन चाहिन् । तर, म ती काम सिक्न चाहन्नथे“ । आमाले सोधिन् ‘किन ?’ मैले उल्टै प्रश्न गरे“– किन सहनाज (दाइ)सिक्न चाहन्नन् त ?’ आमाले भनिन् ‘बिहे गरेपछि उसकी स्वास्नीले उसका लागि खाना पकाइदिन्छे त्यसैले ।’ मैले फेरि सोधे“– तिनको मृत्युपछि वा भागेर हि“डिन् भने कसले पकाएर ख्वाउँछ नि ? मेरो कुरा सुनेर दाइ सहनाज रोए । उनलाई स्वास्नीले छाडेर जान्छिन् भन्ने पीर परिसकेको रहेछ । यसबीच घरमा बुबाको प्रवेश भयो । उनले मिजासपूर्वक सोधे, ‘खाना त महिलाले नै पकाउँछन्, इस्मत ।

तिमी जब बिहे गरेर लोग्नेको घर जान्छ्यौ, त्यहाँ कसले पकाएर ख्वाउँछ नि ?’ मैले भन“े, ‘यदि मेरो लोग्ने गरिब छन् भने, मिलेर खिचडी बनाएर खाउँला, होइन यदि धनी छन् भने, पकाउने मान्छे राखौ“ला ।’ मलाई थाहा छ, मेरो आवेशलाई बुबाले महसुस गरिसकेका थिए । उनले फेरि सोधे, ‘ल भन, तिमी के चाहन्छ्यौ ?’ मैले जवाफ दिएँ, ‘सबै दाइ पढ्दै छन्, म पनि पढ्छु ।’ लगत्तै बुबाले पढ्ने व्यवस्था मिलाइदिए । काकाले पढाउन थाले । दिन–रात मिहिनेत गरेर पढेपछि स्कुलले एकैचोटि चौथो कक्षामा लियो । एक वर्षपछि ६ कक्षामा पु¥यायो । म सोच्थे“, शिक्षाविना महिलाले स्वतन्त्रता प्राप्त गर्नै सक्दैनन् । म चाहन्नथे“, बिहेपछि लोग्नेले कुनै महिलालाई ‘मूर्ख’ र ‘अशिक्षित’ भनेर गाली गर्न नपाओस् ।’

उर्दू साहित्यका प्रसिद्ध लेखिका इस्मत चुगताई बाल्यकालदेखि नै विद्रोही स्वभावकी थिइन् । जे चाहन्थिन्, गरेरै देखाउँथिन् । उनको बोली र कलम निकै तिखो थियो । निर्भिकता उनको लेखनको विशेषता हो । उर्दू साहित्यमा सआदत हसन मन्टो, कृष्ण चन्दर, राजेन्द्रसिंह बेदी र उनलाई कथा विधाको खम्बा मानिन्छ । इस्मत दक्षिण एसियाली क्षेत्रकै पहिलो साहित्यकार हुन्, जसले महिला लेखनको पारम्परिक यात्रालाई ‘ब्रेक’ लगाइदिएकी छन् । १९४०÷५० को दशकका उर्दूका मूर्धन्य साहित्यकार मुमताज अली, रसिदुल खैरी, शेख अब्दुल्लाह, इम्तियाज अली र डाक्टर रसिदको लेखनबाट प्रभावित उनले मुस्लिम समाजमा व्याप्त ‘बुर्का’ लगाउनै पर्ने चलनविरुद्ध कथा ‘निकाब’ लेखेकी थिइन् । ४० को दशकमा लेखेको यो कथामा उक्त चलन दमन र सामन्ती व्यवस्थाको प्रतिरूप भएको खुलासा गरेकी थिइन् । ‘इस्मत आपा’ को नाउँले पनि चिनिएकी उनले आºना प्रायः सबै कथामा महिलासम्बन्धी सवाललाई नयाँ दृष्टिकोण दिएकी छन्, निम्न मध्यम वर्गीय मुस्लिम महिलाको दबिएको चाहना र किशोरीहरूको मनोदशालाई उजागर गरिदिएकी छन् । तीमध्ये सन् १९४१ मा लेखिएको कथा ‘लिहाफ’ अर्थात् ‘सिरक’ र ‘अंगारे’ उर्फ ‘अ“गार’ माथि त प्रतिबन्ध नै लाग्यो र लाहोरको उच्च अदालतमा मुद्दासमेत चल्यो ।

लिहाफ सर्वप्रथम ‘अदब–ए–लतिफ’ साहित्यिक पत्रिकामा सन् १९४२ मा प्रकाशन भएको हो । कथा प्रकाशन भएपछि पत्रिकाको कार्यालयमा पाठक पत्रको ओइरो लाग्यो । महिलाबीचको समलिंगी सम्बन्धबारे लेखिएको हुनाले कथामाथि प्रतिबिन्ध लगाउनुपर्ने माग बढ्यो । अश्लीलताले भरिएको भन्दै सन् १९४४ मा कथामाथि प्रतिबन्ध लाग्यो । कथाकारमाथि मुद्दा चल्यो । भरिभराउ अदालतमा २७ वर्षीया इस्मत आफै“ उपस्थित भइन् । सबैले ठानेका थिए– न्यायाधीशसमक्ष उनले माफी माग्नेछिन् । तर, उनको दलिल सुनेर सबै हैरान भए, मुद्दा उनैले जितिन् । मुद्दा जिते पनि दुस्साहसपूर्वक कथामार्फत यौनसम्बन्धलाई प्रस्तुत गरेको आरोप उनले खेप्नुप¥यो । तर, पछि साहसी लेखिकाका रूपमा सबैले स्विकारे । जसकारण ‘टेढी लकिर’ नाटकबाट गालिब पुरस्कार, चलचित्र ‘गरम हवा’ को पटकथा लेखेबापत फिल्म फेयर अवार्ड र उर्दू साहित्यको ‘सम्मान अवार्ड’ प्राप्त गरिन् । ‘गरम हवा’ मा भारत– पाकिस्तानको विभाजनपछि उत्तरी भारतको मुस्लिम परिवारले भोग्नुपरेको दुर्दशा देखाइएको थियो ।

उनीद्वारा लिखित बदनाम कथा ‘लिहाफ’ को सारांश यस्तो छ– अम्मा(आमा) आगरा गएपछि एक हप्ताका लागि सानिमा नाता पर्ने बेगमजानकोमा गएर बस्न थाले“ । उनका पति हाजी (हज भ्याइसकेका बूढा) थिए । नवाबको गजबको सोख थियो–पातलो कम्मर भएका र गोरो रंगका युवकहरूलाई घरमा भेला गरेर मनोरञ्जन लिने । उता, बेगमजान ‘तमासा’ हेरेर बस्न बाध्य थिइन् । ४०÷४२ वर्षकी बेगमजानलाई लागेको मानसिक रोग केही हदसम्म रब्बु (नोकर्नी)ले निको पारिदिएकी थिइन् । पछि त हेर्दा–हेर्दै उनमा परिवर्तन आयो । गाला रातो भयो । यो सबै कमाल रब्बुको तेल मालिसको थियो । रब्बु बेगमजानसँग टाँसिएर बसेकी हुन्थिन् । चिलाउने रोग लागेकी बेगमजानको अचम्मको एउटा बानी थियो–पिठ्युँमा कन्याउन दिने । रब्बु दुई÷चार मिनेट होइन घन्टौं कन्याइदिन्थिन् । रब्बुको अर्को कुनै काम थिएन । दिनभरि पलङमाथि बसेर कहिले बेगमजानको निधार त कहिले खुट्टो त कहिले शरीरको अन्य अंग मालिस गरिरहन्थिन् । रब्बुदेखि अरू नोकर्नी ईष्र्या गर्थे । उनीहरू भन्थे, ‘बोक्सी, बेगमजानसँग खान्छ, बस्छ,–उठ्छ, अझ कहिले त सँगै सुत्छ ।’ म त्यसबेला निकै सानी थिएँ । मलाई बेगमजान साह्रै मन पथ्र्यो । उनी पनि मलाई निकै माया गर्थिन् । त्यसैले मेरा लागि उनकै कोठामा सुत्ने व्यवस्था मिल्यो । कोठाको अर्को कुनोमा मेरा लागि सानो पलङ राखिदियो । पहिलो दिन भएकाले १०÷ ११ बजेसम्म हामी गफ गरेर बस्यौ“ । तास खेलिरह्यौ“ ।

त्यसपछि म सुत्न आºनो पलङमा गएँ । निदाउनुअघिसम्म रब्बु बेगमजानको पिठ्युँ कन्याइरहेकी थिइन् । राति अचानक निद्रा खुल्यो । मलाई डर लाग्यो । कोठा निस्तब्ध अँध्यारो थियो । त्यस्तो अँध्यारोमा पनि बेगमजानको सिरक यताउता हल्लिरहेको थियो, मानौ“ त्यहाँभित्र हात्ती छ । ‘बेगमजान †’ डराइ–डराईकन बोलाएँ । हात्ती चल्न बन्द भयो । सिरक तल दबियो । ‘के भो, सुत’ बेगमजानको आवाज उतैबाट आयो । ‘डर लागिरहेको छ , मुसाको जस्तो सानो आवाज निकालेर भने“ । ‘सुत, किन डराउनुप¥यो ? आयतुलकर्सी (डर हटाउने जप) पढ,’ उनले भनिन् । ‘हुन्छ’ भन्दै मैले जप गरेँ तर पनि डर भागेन । ‘तपाईंकामा आऊँ ?’ मैले सोधेँ । ‘होइन, छोरी त्यहीँ सुत’ अलि कडा स्वर सुनियो । यसपछि दुईजना खासखुस गरिरहेको आवाज सुनेँ । ओहो ! यो दोस्रो मान्छे को नि ? मलाई झन् डर लाग्यो । ‘बेगमजान † चोर पसेको त छैन ?’ मैले सोधेँ । ‘सुत छोरी, कहाँको चोर पस्नु ?’ रब्बुको आवाज सुनेपछि हत्तपत्त सिरकले मुख छोपेर सुतेँ । बिहानसम्म पनि सिरक ठूलै देखिएको थियो । निद्रा खुल्दा अलि ढिलो भइसकेको थियो । उनीहरू दुवैजना झगडा गरिरहेका थिए । झगडालाई शान्तिपूर्ण तवरबाट सुल्झाउन व्यस्त थिए । मलाई थाहा छैन, उनीहरूले के फैसला गरे ? तर एकछिनपछि रब्बु रुन थालिन् । तर, फेरि एकैछिनमा बिरालोले प्लेट चाटेको जस्तो आवाज सुनियो । ‘ओहो !’ डराएर म फेरि सुतेँ । त्यो दिनभरि बेगमजान उदास थिइन् । उनको पूरा शरीर दुखिरहेको थियो ।

कथामा, बेगमजानले सानो बच्ची (कथाकार ?) लाई पनि शरीर कन्याउन दिएर, शरीरमा चलेर र निकैबेर अँगालोमा बेरेर मज्जा लुटेको वर्णन गरिएको छ । बेगमजान र रब्बुबीचको यौनजन्य सम्बन्धलाई राति–राति फुलेर ठूलो हुने र विभिन्न आकार लिने ‘सिरक’ मार्फत दर्शाइएको छ । गेन्दा, चोटेँ, छुइमुइ, एक बात, कलियाँ, जिद्दी (उपन्यास), जंगली कबुतर लगायत दर्जनौ“ कथासंग्रह र उपन्यास रचयिता उनीद्वारा लिखित पहिलो चलचित्र ‘छेडछाड’ १९४३ मा रिलिज भएको हो । लेखन र निर्देशनमार्फत १३ वटा चलचित्रसित उनको सम्बन्ध रह्यो । शशि कपुर र नफिसा अलि अभिनीत ‘जुगनू’ मा अभिनयसमेत गरिन् । अन्तिम चलचित्र ‘गरम हवा’ले राष्ट्रिय पुरस्कार जित्यो ।

चर्चित लेखक साहिद लतिफसँग बिहे गरेकी उनी र उर्दू साहित्यका अर्का चर्चित साहित्यकार सआदत हसन मन्टो मिल्ने साथी थिए । इस्मत सन् १९३३ मा प्रगतिशील साहित्यकारहरूको लिगका रूपमा गठन भई १९३५ मा भारतीय प्रगतिशील लेखक संगठनमा रूपान्तरित संगठनमा पनि लागिन् । आन्दोलनका रूपमा विकसित यसले स्वाधीनताको आन्दोलनमा महŒवपूर्ण भूमिका खेलेको थियो । वाम झुकाव भएका र साम्राज्यवादविरोधी लेखकहरूको यो संगठनले समानता, सामाजिक न्याय र पिछडिएको वर्गको पक्षमा आवाज बुलन्द गरेको थियो । इस्मतको निधन ७६ वर्षको उमेरमा सन् १९९१ को अक्टोबर २४ मा मुम्बईमा भयो । जन्म उत्तरप्रदेशको बदायुँमा सन् १९१५ को अगस्त १५ मा भएको थियो । उनी उर्दू साहित्यका सर्वाधिक विवादास्पद लेखिका थिइन् । साहिदको निधन ५४ वर्षको उमेरमा सन् १९६७ मै भइसकेको छ । साहिदले ‘अन्जान’लगायत दर्जनौं चलचित्र निर्देशन गरेका छन् ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान