नेपाली कांग्रेस लामो समयदेखि लोकतन्त्रका लागि लडेको लड्यै छ । हामी लोकतान्त्रिक मूल्य–मान्यता स्थापना गराउन चाहन्छौ“ । पार्टी पनि लोकतान्त्रिक मूल्य–मान्यताबाट चलोस् भन्ने चाहन्छौ“ । अहिलेको यो अनुकूल अवस्थामा हामीले खोजेजस्तो सबै सम्भव भएन ।
पार्टीलाई आधुनिक, वैज्ञानिक व्यवस्थाअनुसार चलाउन चाहन्छा“ै । तर, हामीले जे चाहिरहेका थिया“ै, त्यो हुन सकेन । हामी एकजुट नभई यो चुनौतीको समाधान गर्न सक्दैना“ै भनेर बारम्बार पार्टीमा कुरा उठाएका पनि हौ“ । तर, नेतृत्वले सुनेन । नेतृत्व देशकै अगाडि उदाहरणीय बनोस् भन्ने हामी चाहन्छौ“ । पार्टीमा हिजोको दिनमा केही विवाद थियो । भ्रातृसंगठन भंग हुनुहदैन भनेर आवाज उठायौ“ । भ्रातृसंगठनको स्वतःस्फूर्त अधिवेशन गर्नुपर्ने कुरा राख्या“ । अहिले पनि विधानअनुरूप नै पार्टी सञ्चालन नभएकाले फरक मत राखिरहेका छौ“ ।
बिपी कोइराला, कृष्णप्रसाद भट्टराई हुँदै गिरिजाबाबु हुँदासम्म कांग्रेसले विधि–विधानलाई निरन्तरता दिएको थियो । एउटा पार्टीमा नेता–कार्यकर्ताबीच स्वच्छ संवाद र छलफलको वातावरण सुनिश्चित भयो भने मात्रै पार्टी स्वच्छ ढंगले अगाडि बढ्न सक्छ । यो कुरा पार्टी सञ्चालन गर्ने नेतृत्वले बुझ्नुपर्छ । हामीले बारम्बार लोकतान्त्रिक मूल्य–मान्यता बोकेको देशकै पुरानो पार्टीलाई विधिसम्मत ढंगले चलाऔ“ भनेका हौ“ । सहमतिका साथ पार्टीलाई अगाडि बढाऔ“ भन्ने आमकार्यकर्ता पंक्तिको चाहना त्यही हो ।
अहिले देश संसद्विहीन छ, राज्यका हरेक संवैधानिक निकाय विस्तारै नेतृत्वविहीन र निष्क्रिय हु“दै छन् । माओवादी संविधानवादमा विश्वास गर्दैनन्, उनीहरू भरसक यो सत्तालाई लम्ब्याएर सत्ता कब्जा गर्न चाहन्छन् ।
प्रचण्ड हरेक दिन केही न केही बोलेर समाचारको मुखपृष्ठमा आउन चाहन्छन् । पछिल्लो अभिव्यक्तिले यो प्रस्टै गरेको छ । सहमति भएन भने २५ वर्षसम्म यही सरकार रहन्छ भन्नुको आशय के हो ? उहाँहरू त्यही चाहनुहुन्छ । संविधानविहीन अवस्थामा २५ वर्षसम्म मुलुक चल्छ भन्नुको आशय के हो ? विधि–विधान र संविधानको खिल्ली उहाँहरू नै उडाउनुहुन्छ । अर्कातिर मुलुकको कार्यकारी अधिकार सम्हालेको प्रधानमन्त्री बाबुरामको नक्कली राष्ट्रवादको मुखुन्डो राम्रैसँग उघारिएको छ । प्रधानमन्त्री भट्टराईले अदालत हाम्रो छैन, प्रशासन हाम्रो छैन भन्नुको आशय के हो ? चाबी अन्तै रहेछ भन्नुको आशयबाटै यो कुरा प्रस्ट हुन्छ ।
माधव नेपाल प्रधानमन्त्री हँुदा बोर्डरमा झन्डा लिएर उनै बाबुराम गएका थिए । ४० बुँदे सम्झौतादेखि, सुरुङ युद्ध लडेका बाबुराम आज जनताको दिमाग भुट्ने काम गर्दै छन् । अहिले नया“ अधिनायकवाद स्थापित हुन थालेको छ, त्यसलाई पराजय गर्न र यो सरकारलाई आन्दोलनको उभारबाट हटाउन लोकतान्त्रिक शक्ति एकै ठाउ“मा हुनुपर्छ त्यसका लागि त पहिले कांग्रेस आफ“ै सशक्त हुनु आवश्यक छ । यो सरकार जति लामो समयसम्म रहन्छ मुलुकका लागि उति नै खतरा छ ।
पार्टीको आन्तरिक जीवनमा पूर्ण सहमतिका साथ चल्नुपर्छ, कांग्रेसमा अहिले कुनै त्यस्तो नेता छैन जो एक्लैले पार्टीलाई उचाइमा पु¥याउन सकोस् । हामी कांग्रेसलाई आधुनिक र ठूलो पार्टी बनाएर स्थापित गर्न चाहन्छौ“ । नेपाली जनता कांग्रेसप्रति आशा गरिरहेका छन्, त्यसलाई विश्वासमा परिणत गर्न पहिले कांग्रेसभित्रकै विवाद समाधान हुनुपर्छ । अहिले जे–जति निर्णय भइरहेका छन्, ती सहमतिका आधारमा भइरहेका छैनन् । माओवादीको एकदलीय सर्वसत्तावादलाई रोक्नसमेत कांग्रेस विधानमा चल्नुको विकल्प छैन ।
जहा“सम्म प्रचण्डले सुशीललाई प्रधानमन्त्री हुन्न भनेको प्रसंग छ, प्रचण्ड उहिलेदेखि नै यस्तो भन्दै आएका छन् । प्रचण्डले वा कुनै अमुक नेताले प्रस्ताव गर्दैमा प्रशन्न हुने र नबन भन्दैमा निरुत्साहित हुनुपर्ने अवस्था पनि छैन । उहाँले आºनो विपक्षी दलमा विभाजन ल्याउन बारम्बार यस्तो अभिव्यक्ति दि“दै आउनुभएको छ । हामी नेतृत्व सहमतिबाटै छान्न सक्छौ“ । प्रचण्डले जसलाई प्रस्ताव गरेका छन् उसैलाई बेफाइदा हुन्छ भन्ने पनि हामीलाई थाहा छ ।
अदालत स्वतन्त्र न्यायालय हो, जसको हामीले सम्मान गर्दै आएका छौ“ र गर्छाैं पनि । कानुनी शासनमा हामी विश्वास गर्छांै, त्यसैले पूर्वगृहमन्त्री खुमबहादुर खड्का प्रकरणमा हामीले वकिलसँग परामर्श गर्दा अन्याय नै भएको निष्कर्षमा पुग्या“ै । तल्लो अदालतको निर्णय चित्त नबुझेका खण्डमा माथिल्लो अदालतमा कोही किन जान्छ ? चित्त नबुझेको खण्डमा अगाडि जाने ठाउ“ रहेसम्म अगाडि जान पाइन्छ । यसो गर्दैमा अदालतको अपमान गरेको होइन न त न्यायालयको कानुनी सर्वाेच्चतालाई नै चुनौती दिएको ठहर्छ ।
(हरि गजुरेलसँगको कुराकानी)