काठमाडौं । स्थान– लाजिम्पाट दरबारको बैठक कोठा । सोफामा एकातिर एमाओवादी अध्यक्ष प्रचण्ड आरामदायी शैलीमा बसी रुचिपूर्वक सुनिरहेका छन् । नजिकै रहेको अर्को सोफामा बसेकी गोरी अनुहारकी युवतीले उत्साहसाथ उनलाई आफ्नो मोबाइलमा रेकर्ड गरिएको आफू र एक पुरुषबीचको वार्ता सुनाइरहेकी छन् । तर, यो कुनै विद्युतीय कारोबारवाला गुनासो र उजुरी भने होइन । मोबाइलमा कुराकानी गर्दा रेकर्ड गरिएको आवाज सुनाउने यी प्रचण्डपक्षीय माओवादी नेत्री अञ्जना बिसंखे हुन् । उनले तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री भीमप्रसाद गौतमस“गको कुराकानी प्रचण्डलाई सुनाइरहेकी थिइन् । अञ्जनाले सुनाएको वार्तामा गौतमले उनीभन्दा लगत्तै पहिलेका भूमिसुधारमन्त्री प्रभु साह र उनकै राज्यमन्त्री ज्वालाकुमारी साहबारे बोलेका भनाइ थिए । यो सुनेपछि प्रचण्डले बिसंखेलाई कारबाही प्रक्रिया अघि बढाउने वचन दिए ।
प्रसंग बाराको सयौ“ बिघा सरकारी जग्गा गैरकानुनी रूपले व्यक्तिका नाममा दर्ता गरिदिएर माओवादी नेताले दुई करोड रुपैया“ असुलेको भनिएको घटनाको हो । बाराको गढहलनिवासी गम्भीरा साहले पहिल्यै आफ्ना नाममा राखेका १५ सय बिघाभन्दा बढी जग्गामध्ये ०२१ सालमा हदबन्दी नीति लागू भएपछि केही जमिन सरकारी बन्यो । यसमध्ये उनले ०४५ सालमा सयौ“ बिघा भूमिसुधारका भ्रष्ट कर्मचारीस“ग मिली आफ्नो नाममा गराए । गत साल पनि बाबुरामपक्षीय माओवादी नेता प्रभु साह भूमिसुधारमन्त्री र ज्वालाकुमारी साह राज्यमन्त्री भएका बेला गम्भीराका सन्तानले २ सय ३५ बिघा जमिन पनि आफ्नो बनाउने प्रक्रिया सुरु गरे । वीरगन्जका हिन्दूवादी नेताको हत्यामा उनको संलग्नता रहेको बयान आरोपीले दिएपछि प्रभु मन्त्रीबाट हटाइए ।
यसपछि राज्यमन्त्री ज्वालाले सरकारी जग्गा व्यक्तिका नाममा गर्ने कामको जिम्मा लिइन् । उनकै प्रयासमा बारा भूमिसुधार कार्यालयमा उपसचिव प्रकाश श्रेष्ठलाई कार्यालय प्रमुख बनाइयो । अहिले पनि भूमिसुधार मन्त्रालयका एक सहसचिव सम्झन्छन्– तत्कालीन राज्यमन्त्री ज्वालाले प्रकाशलाई बारा पु¥याउन दिएको लगातारको दबाब । प्रकाशले २ सय ३५ बिघा जग्गा गम्भीराका नातिनातिनाको नाममा गरिदिए । यसबारे त्यतिबेला जनआस्थामा समाचार प्रकाशन भएपछि मन्त्री गौतमले २४ घन्टे पुर्जी काट्न लगाएर प्रकाशलाई मन्त्रालयमै बोलाई स्पष्टीकरण लिए । त्यतिबेला प्रकाशले आफूले गल्ती गरेको स्विकारी प्रभु साह र ज्वाला साहको योजनामा आफूले दर्ता गरिदिएको बताएको सहसचिवले नाम उल्लेख नगर्ने सर्तमा बताए । त्यसपछि सहसचिव तेजराज पाण्डेको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाइयो ।
प्रभु बाबुराम पक्षका, भीम नारायणकाजी समूहका र अञ्जना प्रचण्ड गुटकी भए पनि यी तीनैजना त्यतिबेला भोजपुरा राज्यसमितिका जिम्मेवार नेता थिए । भीम भोजपुराका इन्चार्ज, प्रभु सहइन्चार्ज र अञ्जना सचिव । तर, यी तीनको एकअर्कास“ग राम्रो सम्बन्ध थिएन । किसानले प्रयोग गरिरहेको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको थाहा पाउनासाथ बिसंखेले मन्त्रीलाई फोन गरी यस्तो कसरी भयो भनी सोधेकी थिइन् । वीरगन्जबाट अञ्जनाले फोन गरी सोध्दा गौतम भने सरकारीनिवास पुल्चोकमा थिए । उनले प्रकाशले बयानका क्रममा भनेका सबै वृत्तान्त अञ्जनालाई सुनाइरहेका बेला अञ्जनाले रेकर्ड गरिन् । मन्त्रीस“गको सोही कुराकानी प्रमाणका रूपमा प्रचण्डसमक्ष पेस गरी प्रभु खराब मानिस भएको र उसलाई जसरी पनि कारबाही गर्नुपर्ने माग अञ्जनाको थियो ।
सयौ“ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा गराउने ज्वालालाई कारबाहीको दायरामा ल्याउनुको सट्टा त्यतिबेला प्रधानमन्त्री बाबुराम भट्टराईले उनको सरुवा गरी पर्यटन मन्त्रालयमा पु¥याएका थिए ।
उनी बाबुराम पक्षकी हुन् । यता सोही जग्गा कब्जा गर्न जा“दा यसविरुद्ध प्रस्तुत भएका जग्गावालास“ग भिडन्त हु“दा माओवादी कार्यकर्ता सन्तुराम चमार मारिएका थिए । यसको दुई दिनपछि फेरि माओवादी लडाकु गई जग्गा कब्जामा लिएर गम्भीराका एक छोराको प्राणपखेरु उडाइदिएका थिए । यही जग्गाबारे जनआस्थामै लेखेबापत माओवादी नेता विरोध शर्मामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण पनि भएको थियो । माओवादीमा यो जग्गाकाण्ड भुसको आगोझै“ अहिले पनि भित्रभित्रै सल्किरहेको छ । अस्ति सोमबार पनि पेरिसडा“डामा बसेको सचिवालयको बैठकमा पूर्वमन्त्री भीमप्रसादले सो जग्गा आफू मन्त्री भएका बेला व्यक्तिका नाममा दर्ता गरिएको भए पनि आºनो कुनै संलग्नता नभएको भन्दै छानबिन समिति गठन गर्न माग गरेका छन् ।