समाचार अपडेट
 
सुमार्गी र प्रचण्डको जोडी नै सुटुक्क
 
काठमाडौं । रोल्पाको सोझो मगर भन्दा सर्वहारा वर्गको नेता कमरेड प्रचण्डलाई बद्नाम व्यापारीहरुलको उठबस नै प्यारो लाग्छ । यो कुनै आरोप होइन । कस्ता कस्ता महत्वपूर्ण काम छाडेर प्रचण्ड कामरेड बिहीबार दिउँसोदेखि सुटुक्क राजधानीबाट हराएको र कुनै एउटा डाँडाको टुप्पोमा लगानी कर्ता मानिएका व्यापारीहरुसँग दुई दिन भुलिएको किस्सा सुन्नुभयो भने क्रान्ति र परिवर्तनको सपना देख्दै दश वर्ष जनयुद्धमा होमिएका भुईतहका कार्यकर्ताको मन धुरुधुरु रुनेछ ।

साँझ पाँच बजे एमाओवादी अध्यक्ष पत्नी सीतासहित गाडीमा ३ घण्टा टाढाको दामनस्थित महंगो पानोरम रिसोर्ट पुगेको र एकै छिनअघि हेलिकोप्टर चढेर त्यहाा उत्रिएका अजय सुमार्गीले उनलाई स्वागत गरेको दृश्य साँच्चै चाखलाग्दो थियो । त्यो दिन सुमार्गीका पतिपत्नीलाई दामनमा छाडेर हेलिकोप्टर फर्कियो । ती दुई जोडी शुक्रबार पनि त्यहीं बसे र शनिबार दिउँसो १ बजे मात्र गाडीमा फर्किए । दायाँबायाँ कतै नगई दुईदिनसम्म ढुकै उनीहरुबीच डाँडाको चिसोमा पार्टी निर्माण या राष्ट्रिय सहमतिको उपाय, के बारे छलफल भयो होला ? यी दुईको भेट त्यस्तो अवस्थाम भएको छ, जुनबेला स्वदेशी विदेशी दबाव खप्न नसकेर दूर सञ्चार प्राधिकरणका अध्यक्ष भेषराज कँडेलले राजीनामा दिएका छन् । सबैलाई थाहा छ, सुमार्गी राजनीतिक पहुँच प्रयोग गरेर हुने नहुने सबैकाम गराउँछन् । उनको नाममा हेलो नेपाल कम्पनी छ जसले मध्य पश्चिममा ग्रामीण दूरसञ्चारको लागि अनुमति लिएको छ ।

यिनले एक पटक कँडेललाई माओवानी नेताहरुकै सामू थर्काएका थिए– ‘फ्रिक्वेन्सी थपिदिनुप¥यो र मोबइलमा अपग्रेड गरिदिनुप¥यो,’ जवाफमा कँडेलले भने– पहाडमा हिँड्दा हिँड्दै लाइन काटिन्छ भनेर इमोसनल ब्ल्याकमेल गर्ने ? दूर दराजका कतिजनाले फोन बोक्छन् र खोला तर्दा तर्दै कुरा गर्छन् ? दश महिनासम्म सिन्को नभाँची लाइसेन्स ओगट्ने र अहिले नेताहरुको आडमा म्याद थपाउन खोज्ने ? तपाईंले अहिलेसम्म मध्यपश्चिमको काम सकेर सुदूरपश्चिम र पश्चिमाञ्चलको काम थाल्नु पर्ने होइन ? तोकेको काम नगर्ने अनि काठमाडौंका निमितसमेत इजाजत चाहियो रे ? लाईसेन्समा पनि नयाँ बुँदा थप्नुपर्ने रे । अझ त्यसमाथि एनसेलकै फ्रिक्वेन्सी र पूर्वाधार बाँडेर चलाउने (सेयर गर्ने) अनुमति दिनुपर्ने ? त्यसपछि प्राधिकरणले उनको कमपनीको नाममा टावर, पावर र भवन मात्र सेयर गर्न पाउने तर रेडियो, एन्टेना, बिलिङ र एक्सचेन्जको चाहिँ सुविधा नपाउने गरी पत्र काटिदियो । यस्तो पत्र पाएपछि सुमार्गी पागल हुने नै भए । लगत्तै फोन गरेर कँडेललाई फेरि थर्काए– ‘ए तपाईं मलाई सहयोग नगर्ने ? कुरा बुँझे ल भै गो ।×’ यति भनेर सुमार्गीले फोन राखे र कँडेलको काल निम्त्याउने. खेलमा लागे ।

यसअघि जाने र आउने गरी १८.४२ मेगाहर्जको इजाजत दिइएको थियो हेला नेपाललाई । तर पछि उसले त्यो गेटवे प्रयोग नै नगरेको भनेर २.५ मेगाहर्ज प्राधिकरणले खोसिदियो । त्यतिमात्र होइन, फ्रिक्वेन्सी प्रयोग नगरेको खण्डमा जतिबेला पनि यस्तो सुविधा खोस्न पाउने बुँदा थपेर नियमावली समेत पास ग¥यो । यसैबीच, प्राधिकरणसँग आगो बनेका सुमार्गीले एनसेललाई आफ्नो सेयरको पचहत्तर प्रतिशत हिस्सा बेच्ने खेल प्रारम्भ गरे । त्यसरी बेच्न नमिल्ने गरी प्राधिकरणमा टिप्पणी समेत उठ्दै आइरहेको थियो र त्यो निर्णइको नजिकै थियो । पूर्वप्रधानमन्त्रीहरु देउवा, माधव र प्रचण्डलाई जुनसुकै बेला घरमा बोलाएर डिनर ख्वाउन सक्ने सुमार्गीले यो पचाउने कुरै थिएन ।

उनी त बरु आफूले अन्तर्राष्ट्रिय गेटवे पाउनुपर्छ भन्दै लबिङ पो गरिरहेका थिए । त्यसो त भेषराज पनि माओवादी निकटनै हुन् । इञ्जिनियरिङ एसोसिएसनमा माओवादीका तर्फबाट महासचिव पदमा उम्मेदवार समेत भइसकेका कँडेल भन्दा पैसाको बिटोवाला सुमार्गी नै प्यारो र हितैषी हुने भए । हो, आफ्नो बाटाको कँडो झैं बनेर दुःख दिने भेषराज कँडेललाई प्राधिकरणबाट बिदावारी हुन बाधय पारेबापतको उपहार नै हो प्रचण्ड दम्पत्तीले सुमार्गीको पाहुना बनेर दुई दिन नामनको डाँडामा रम्ने मौका पाएको ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान