समाचार अपडेट
 
कान्तिपुरबाट साहुकै नाम काटकुट
 
काठमाडौं । दिनुपर्नेले पैसा नदिएको बेला लिनुपर्नेले नै दिनुपर्नेलाई ‘मैं पैसा दिन्छु, कम्पनी छाडिदेऊ’ भन्दा कान्तिपुर दैनिकको प्रिन्टलाइन प्रभावित भएको छ । प्रसंग हो, कान्तिपुरका निर्देशक क्याप्टेन रामेश्वर थापाले पब्लिकेशन्सबाट अलग हुनुअघि भएको हिसाब–किताबअनुसार पैसा नपाएको । प्रबन्ध निर्देशक कैलाश सिरोहिया र निर्देशक थापाबीच १२ जुलाईमा वरिष्ठ अधिवक्ता सुशील पन्त र अधिवक्ता अनिल सिन्हालाई साक्षी राखेर लेनदेनको विषय टुंगो लागेको थियो ।

उनीहरुबीच कान्तिपुर पब्लिकेसन्स, कान्तिपुर एफएम, काठमाडौं मार्ट, ब्ल्यु स्काई प्रपर्टिज् र सिम्रिक एयरको सम्पत्ति मूल्यांकन भएको थियो । त्यसअनुसार, दुई अर्ब ७५ करोड भन्दा बढी (ऋण कटाएर) मूल्यांकन भएको थियो । यो हिसाबका आधारमा रामेश्वरले २४ दशमलब ५ प्रतिशत रकम पाउनुपर्ने हो । यहीबीच रामेश्वरले बरु मैं तपाईंलाई पैसा दिन्छु, कम्पनी छाडिदिनुस्’ भने । त्यसो भनेको केही दिनमै बिनापूर्वसूचना र बिनासमझदारी रामेश्वरको नाम कान्तिपुरको प्रिन्टलाइनबाट नाम हट्यो । विगत तीन सातादेखि दुई साझेदारबीच फोनमा समेत बोलचाल थिएन । सम्पादकलाई सोधनी ‘समस्या आयो, त्यसैले अब निर्देशकको नाम हटाउनुपर्ने भयो ।

यसो गर्दा के होला ?’ भनी परामर्शका लागि अध्यक्ष कैलाशले सम्पादकहरुलाई बोलाएर सोधे । ‘रामेश्वरले कान्तिपुर लिन खोज्यो, म दिन चाहन्न, यस्तो बेलामा तपाईंहरू के भन्नुहुन्छ ?’ भन्दै कैलाशले राय मागेका थिए । रामेश्वरसँग पनि बेलाबखत गोप्य रूपले भेट्ने गरेका सम्पादकहरूले कैलाशलाई कुनै स्पष्ट राय दिएनन् । र, त्यहीँबाट कैलाशले रामेश्वरको नाम हटाउन आदेश दिए । रामेश्वरले आफ्नो नाम हटेको कुरा भोलिपल्ट अर्थात् अस्ति सोमबार पत्रिका हेरेपछि मात्र थाहा पाएका हुन् । साढे ३७ करोड लगानी गरेर देशको सबैभन्दा ठूलो मिडिया हाउसमा प्रवेश गरेका रामेश्वरले आफ्नो प्राइभेट लाइफबारे पत्नी स्वस्तिकालाई कुरा लगाएको आरोप कैलाशले लगाउन थालेको बताइन्छ ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान