अन्तर्वार्ता
 
हामी पति–पत्नी अलग भइसक्यौ“
लेखनाथ न्यौपाने, ड्यास माओवादी नेता
 
एकीकृत माओवादीको विभाजनपछि नेकपा–माओवादीले महाधिवेशन तय ग¥यो, तर केन्द्रीय समिति विस्तार गरेन । शायद यही कारण एकबेलाका चर्चित विद्यार्थी नेता लेखनाथ न्यौपाने केन्द्रीय नेतृत्वको घोषित जिम्मेवारीमा छैनन् । तर, ड्यास माओवादीले उनलाई युवा र विद्यार्थी फा“ट हेर्ने गरी इन्चार्ज तोकेको छ । एकीकृत माओवादीमा रह“दा नेतृत्वको उपेक्षाका कारण केही समय ओझेल परे ।

त्यसमाथि दोस्रो वैवाहिक जीवन पनि असफल हु“दा उनीबारे केही समय बजार गर्मायो । दोस्री पूर्वपत्नी आस्था ड्यास माओवादीसम्बद्ध अखिल (क्रान्तिकारी) की केन्द्रीय सदस्य हुन् । यो कुराकानीका लागि न्यौपानेले बागबजारस्थित अखिल (क्रान्तिकारी) को कार्यालयमा डाके । अन्तर्वार्ता दिए । र, सकिएर फर्किने बेला उनै पूर्वपत्नी सोही कार्यालयमा उक्लि“दै थिइन् । –यादव देवकोटा

० ड्यास माओवादीको के जिम्मेवारीमा हुनुहुन्छ ? – अनौपचारिक हिसाबले विद्यार्थी संगठनलाई सहयोग गर्ने भनेर नेताहरूले भन्नुभएको छ । शायद, त्यसैलाई मैले ‘जिम्मेवारी’ भनेर बुझ्नुपर्ला ।

० तपाईंका असन्तुष्टि कायमै छन् ? – अलिक मूर्त रूपको जिम्मेवारी छैन । शायद, महाधिवेशन आउ“दैछ, त्यसपछि दिने भनेर पो हो कि †

० ‘पार्टी र क्रान्ति’ भनेर त्यत्रो खट्ने मान्छेहरू नया“ पार्टीमा आउनुभयो । तर, कार्यविभाजन हुन सकेको छैन । कतै तपाईंहरू पनि गोलचक्करमा त पर्नुभएन ? – पुरानो पार्टीको कुरा गर्नुहुन्छ भने, त्यहा“को खटाई कसका निम्ति थियो भन्ने कुरा समग्र समाज र कार्यकर्ताले बुझेकै छन् । त्यो खटाई समग्र वर्ग, जनता र मुलुकको मुक्ति एवं समृद्धिका लागि भन्ने प्रमाणित भएन । यद्यपि, उनीहरूले समय खर्चिएका थिए । विहान उठेदेखि राति नसुतेसम्म कुदेको कुद्यै गर्थे ।

० कसका लागि खटेका रहेछन् त ? – बाबुरामलाई इमान्दार भन्ने कि बेइमान, थाहा भएन । उहा“ले ‘चाबी अन्तै रहेछ’ भन्नुभयो । शायद उहा“ ‘चाबी’ भएतिरै खट्नुभयो होला । ‘देशका निम्ति जुवा खेले“’ भन्नुभयो । शायद, देशलाई दाऊमा राखेर जृुवाकै खालतिर खट्नुभयो होला । जुवा खेल्दा हारिन्छ कि भन्ने डरले बिप्पा सम्झौता गर्नुभयो । हाम्रो राष्ट्रियता विदेशी बदमास भएर खतरामा परेको हो कि हाम्रा नेताहरू नै बद्मास भएर हो, हेर्नुपर्ने भएको छ । त्यसमा हाम्रो सिस्टमको कति बदमासी छ, त्यो पनि हेर्नुपर्छ ।

० गोलचक्करमा परेको कुराचाहि“...? – हिजो सेकेन्डम्यान भएको मान्छे फस्र्टम्यान भएर काम गर्दा केही तलमाथि हुन्छ नै । यही कारण एउटा गति पक्डिन नसकेको हो । महाधिवेशन गर्ने भनिएको हु“दा त्यसबाट ‘क्लियरकट’ नभएसम्म नेतृत्व, पहलकदमी देख्न गाह्रो हुन्छ । त्यतिबेलासम्म धैर्यता कायम राख्नुपर्छ । भएन भने त्यसपछि टीका–टिप्पणी गर्नुपर्ला ।

० कार्यकर्ताले त महाधिवेशनसम्म कुर्लान्, तर जनताले ‘यो सा“च्चैको अलग शक्ति हो’ भनेर बुझ्नका लागि कहिलेसम्म कुर्ने ? – दुःखको कुरा के हो भने, माओवादी पार्टी जे उद्देश्यका निम्ति गठन भएको थियो, जेका लागि लड्यौं र जनताको तहबाट बलिदान भयो, त्यसमा चिप्लियौं । मुख्य नेतृत्वमा उनीहरू थिए, उनीहरूका खराबीले यस्तो भयो भनेर मात्र उम्कन सक्दैनौं । हाम्रा दोष के हुन् ? जनतालाई भन्नुपर्छ । त्यो मात्रामा बद्मासी हु“दा नजिकै बसेर पनि थाहा नपाउने हाम्रो काम गर्ने तरिका, सोच्ने र कमिटी चलाउने शैली अनि जनतालाई डेलिभरी गर्ने तरिकाबारे त प्रश्न उठ्यो नि † राजनीतिक पार्टीले जनतालाई दिने पहिलो सेवा भनेको आफू इमानदार भएर हो । नेकपा–माओवादी र यसका शीर्ष नेता इमान्दार हुन्छ कि हु“दैनन्, यसको भविष्य त्यसैमा निहित छ ।

० त्यो सम्भव छ ? – मैले २०६० सालमा दिल्लीमा जे देखे“, त्यही“बाट बुझेको हु“ कि यो नेतृत्वले नेपालको वर्गीय मुक्तिको आन्दोलनलाई नेतृत्व गर्न सक्दैन ।

० के देख्नुभयो त्यहा“ ? – हाम्रा नेताहरू दिल्लीमा बसेर नेपाली जनयुद्धको नेतृत्व गर्नुहुन्थ्यो । दिल्लीका ठूल्ठूला आवासगृहमा मैले हाम्रा नेतृत्व र तिनका परिवारलाई देखे“ । तिनीहरूको घेरा, प्रतिघेरा, दैनिकी, जीवनशैली आदि कुरा देखेपछि नै बुझे“ कि यिनले भन्ने गरेको ‘वर्गीय मुक्ति आन्दोलन’ बेकारको रहेछ । मैले यो कुरा आºनो पुस्तकमा पनि लेखे“ । त्यही कारण, झन्डै म कारबाहीमा परे“ । कारबाहीमा नपरे पनि मैले पाउनुपर्ने उचित भूमिका र जिम्मेवारीबाट मलाई बञ्चित गरियो । विधान र तरिका मिलाएर मेरो भूमिकामा कटौती गरियो ।

० किन त्यसो गरे त ? – मलाई ‘यो रवीन्द्र श्रेष्ठको मान्छे हो, ऊबाटै परिचालित छ, उसकै विचार बोल्छ’ भन्थे ।

० नजिक हुनुहुन्थ्यो त ? –पछिल्लो समय पारिवारिक जीवनमा त ती कुरा विघटन हु“दैछन् भने राजनीतिमा त झन् व्यक्तिगत सम्बन्ध र गुनासोको ठाउ“ हुनै सक्दैन । हामीलाई कसैले ललाई–फकाई गरेर हामी आन्दोलनमा लागेका हैनौं । जे देख्यौं, त्यो उद्देश्यप्राप्तिका लागि लागिएको हो ।

० आरोप लाग्ने तहमा रवीन्द्रस“ग जोडिएको सम्बन्धबारे बताउनुस् न † – उनी ०५३–५४ सालमा पार्टीको काठमाडौं सचिव छ“दा म त्यही कमिटीमा सदस्य थिए“ । पछि उनी विद्यार्थी संगठनको फ्रयाक्सन इञ्चार्ज भए, म विद्यार्थी संगठनको उपाध्यक्ष थिए“ । युद्धकालमा पार्टीका नेताहरू प्रवासमा पनि खुला रूपमा बोल्न पाउ“दैनथे । म विद्यार्थीको अध्यक्ष भएको र विद्यार्थी हुनुकै सहुलियतस्वरूप खुला रूपमा बोल्न पाउ“थ“े । भारतको चाहे जन्तरमन्तर होस् वा रामलीला मैदानमा ठूला ठूला जनयुद्ध दिवसका कार्यक्रममा पार्टीले मलाई वक्ता बनाएर पठाउ“थ्यो । म त्यहा“ जाने सन्दर्भमा रवीन्द्र प्रवास इञ्चार्ज थिए (उनलाई इञ्चार्ज बनाएको त मैले होइन) । उनी रेल स्टेसनमा ओर्लिनेबित्तिकै लिन आइपुग्थे । त्यही हिसाबले छलफल हुन्थ्यो ।

० पछिल्लो भेट कहिले भयो ? – उनी उताको (एमाले) विद्यार्थी इञ्चार्ज हु“दा हामी स्ववियु निर्वाचनको माहौलमा थियौं । म अखिल (क्रान्तिकारी) को अध्यक्ष । त्यसबेला उनले भने, ‘तपाईंहरू शहर पस्नुभयो, हामी गाउ“ पस्यौं । शहरका ठूला क्याम्पस तपाईंहरूले जित्नुभयो, गाउ“का साना क्याम्पस हामीले जित्यौं ।’

० एकीकृत माओवादीमा छ“दा तपाईंलाई खर्च चलाउन पनि नदिइएकोजस्ता कुरा बाहिर आए । बेखर्ची भएरै पनि असन्तुष्ट बन्नुभयो कि ? – हाम्रा पूर्वअध्यक्ष प्रचण्डले गिरिजाप्रसाद कोइरालाबाट सिकेको कुरा के हो भने, मन परेको कार्यकर्तालाई सिरानीबाट झिकेर पैसा दिने । मन नपरेका कार्यकर्तालाई पैसाको त कुरै छाड्नु्स्, जिम्मा पनि नदिने † उहा“ले गिरिजाबाट त्यो कुरा सिक्नुभयो र त्यही कुराले उहा“हरूलाई सिध्याउ“दैछ । अब मैले खान पाए“ कि पाइन“ भन्ने कुरा प्रधान विषय भएन ।

०५४ सालमा गिरºतार हु“दा मेरो गोजीमा पा“च रूपैया“ थियो । त्यसपछि लगातार साढे चार वर्ष जेल बसे“ । मस“ग पैसा छैन, खान पाइन, डेराभाडा तिर्न पुगेन भन्ने हीनताबोध कहिल्यै पाल्नुपरेन । किनभने, म जस्तो थिए“, नेताहरू त्यस्तै थिए । मेरा कार्यकर्ता त्यस्तै थिए । हामीलाई माया गर्ने, समर्थन गर्ने वर्ग पनि हामीजस्तै थियो । शान्तिप्रक्रियामा आयौं । संसदमा गयौं । सरकारमा गयौं । र, वर्गविभाजन हामीभित्रै भयो । कोहीले अकूत सम्पत्ति कमाए, लुकाए । कोही ठूला ठूला घरानाका मालिक भए । कोहीले ठूला ठूला मिडिया हाउस खोले । लगानी, गति, आदर्श र चरित्र उस्तै भएका अरु सहयोद्धा अहिले पनि खान नपाएर हि“डेका छन् । विद्यार्थीको अध्यक्ष छोडिसकेपछि साढे एक वर्ष जिम्मेवारीविहीन थिए“ । कोहीस“ग भेट भएन । त्यो बेला दराजका किताब बेचेर पेट पाल्ने, डेरा भाडा तिर्ने र दैनिक खर्च चलाउने स्थिति भयो । अहिले पार्टी नया“ भएपछि मौखिक आदेशमै भए पनि जिम्मेवारी पाएको छु । त्यो जिम्मेवारीबाट बा“च्नसम्म मुस्किल छैन ।

० कोही खान नपाउने, कोही उद्योगधन्दा चलाउने । यो स्थिति कहा“बाट आयो ? – मानौं कि, मस“ग गोरखामा थोरै पैत्रिक सम्पत्ति छ । त्यो सम्पत्ति पार्टीलाई बुझाउने भनियो । (बुझाइयो–बुझाइएन त्यो अर्कै कुरा भयो ।) त्यो भन्दा कयौं गुना धेरै सम्पत्ति पार्टीस“ग छ । जसमा, जनताका पसिना, सहिदका रगत मिसिएका छन् । त्यो सम्पत्ति निजी प्रयोजनमा लगाइयो । गोरखाको मेरो पैत्रिक सम्पत्ति बेच्दा मुस्किलले एक लाख पनि आउ“दैन होला । म काठमाडौंमा पार्टी अध्यक्ष भएकै नाताले एक करोडको त गाडीमात्रै चढ्छु । महिनामा सवा एक लाखको घर भाडा तिर्छु । गोरखाको मेरो घरमा निहुरिएर जानुपर्छ, दलिनमा टाउको ठोकिएर कतिपल्ट त टुटुल्को नै बसेको छ । गोरखाको एक लाख पर्ने सम्पत्ति पार्टीलाई बुझाएर करोडको गाडी, ठुल्ठूला कम्पाउन्डका घर पाइने भएपछि के चाहियो ? आखिर जे कुराको चाहना पनि बा“चुञ्जेललाई न हो † कम्युनिस्टले सम्पत्तिमाथि व्यक्तिको स्वामित्व हु“दैन भने । यो निरश नारामा परिणत भयो । बुर्जुवाहरूले सम्पत्तिमाथि व्यक्तिको स्वतन्त्रता हुन्छ भने । र, त्यो सम्पत्तिमाथि दुईतिहाइ ट्याक्स लगाएर व्यक्तिको सम्पत्ति राज्यकरण गरे । युरोपको अर्थतन्त्र त्यही भएर टिकेको हो । शिक्षा, स्वास्थ्य, रोजगार र वृद्धको जिम्मा राज्यको छ । कम्युनिस्टले नजान्दा बुर्जुवाहरू फस्टाए । नेपालका कम्युनिस्टहरू सर्वहारा वर्गको अग्रदस्ता बने । स्वयं ती कम्युनिस्टका नेताचाहि“ मध्यमवर्गीय र उच्चमध्यम वर्गीय बने । प्रचण्ड र बाबुरामहरू उच्चमध्यम वर्गका भएपछि तिनले व्यवहारिक नेतृत्व गर्न सक्दैनन् । सैद्धान्तिक नेतृत्वले मात्रै पुग्दैन । हाम्रो देशमा गणतन्त्र आयो । देश धर्मनिरपेक्ष बन्यो । तर, देश धर्मनिरपेक्ष हु“दा चितवन, मकवानपुर र धादिङका चेपाङहरूले के परिवर्तन पाए ?

० तपाईंहरू शिक्षा क्षेत्रमा पाठ्यक्रम वैज्ञानिक हुनुपर्छ, आधुनिक हुनुपर्छ भन्ने धारको अगुवा । तर, अहिले स्कुलका साइनबोर्डमा विदेशी नाम फेर्दै हुनुहुन्छ । यसलाई स्खलन भएको मान्ने कि नमान्ने ? – विद्धान प्रधानमन्त्री बाबुरामले स्वीकार्नुभयो कि, ‘केही गर्न सकिएन’ भनेर । सत्ता बदल्छु भनेर हि“डेको मान्छे, सत्ता नबदलिकन त्यही सत्तामा गएपछि सत्ताले मान्छेलाई बदल्दोरहेछ । सत्ताको माथि बसेर तलको क्रान्ति गर्छु भन्दा त्यो सत्ताले कम्युनिस्ट नेतालाई अभिजात वर्गमा रूपान्तरित ग¥यो । हाम्रो कुराचाहि“ राम्रोस“ग बुझिएन । हामीले सबैभन्दा पहिले शिक्षाका ऐन र नियमावलीको कुरा उठायौं । जिरोप्लस टुका नाम नेपाली मौलिकता, नेपाली प्रकृतिक र सांस्कृतिक सन्दर्भमा आधारित हुनुपर्छ भन्यौं । संशोधित नियमावलीले नाम देवनागरीमा राख्नुपर्छ भनियो । विदेशी गल्लीका नाम, विदेशी राज्यका नाम र विदेशका कौडीभरका मान्छेका नाममा हाम्रा शिक्षण संस्थाको नाम किन राखियो ? किनभने, नेपाली विद्यार्थी जो, बेरोजगारीको समस्यामा छन्, विदेश जाने इच्छाका छन्, उनीहरूलाई लोभ्याउन । अमेरिकी राज्यको नाम राखेपछि विद्यार्थीलाई भिसा लाग्छ भनेर लोभ्याइन्छ । विदेशी महाजनले पालेका कुकुरका नाममा कलेजको नाम राखेर यसरी विद्यार्थी लोभ्याउन पाइन्न भनेका हौं ।

० जनवादी शिक्षा प्रणाली भनेर तपाईं नै पनि २० वर्षदेखि विद्यार्थी आन्दोलनमा हुनुहुन्छ । तर, खोइ त त्यो जनवादी शिक्षा ? – हामी त निश्चित राजनीतिक दलको विचार बोक्ने विद्यार्थी संगठन न हौं । स्टेक होल्डर त हौं । तर, पार्टीको जनवर्गीय संगठनले समग्र शिक्षाको खाका कोर्ने, कार्यक्रम र कार्यान्वयन गर्ने कुरा हु“दैन । विद्यार्थीको प्रतिनिधित्व नीति निर्माणको तहमा हुनुहुपर्छ । हामीले कोरेकै खाकालाई सदर गरिदेऊ भन्न पनि मिल्दैन । १२ कक्षासम्मको शिक्षा सबैलाई समान रूपमा देऊ भन्यौं । उच्चशिक्षामा कुन कुन सेक्टरका लागि कति कति जनशक्ति चाहिन्छ भन्ने क्याल्कुलेसन गरेर शिक्षा दिनुपर्छ ।

० आºना छोराछोरीलाई विदेशमा हैन, देशमै पढाउनुपर्छ भनेर तपाईंहरूको पुरानो पार्टीका विद्यार्थी अध्यक्ष हिमाल शर्माले आºना छोरालाई चीनबाट ल्याए । तर, अरुले फर्काएनन् नि † –फर्काएको भनी जुन हल्लाबाजी भयो, त्यो उत्तिकै ठूलो नाटक हो । विदेशबाट छोराछोरी फर्काउने विद्यार्थी संगठनको योजना थिएन । फर्काएको भनेर देखाइयो, फेरि उतै पठाइयो ।

० प्रचण्डको पार्टीलाई त ‘क्यास माओवादी’ भन्छन् । पैसाको पिरलो नहोला, तर यो ड्यास माओवादीको खर्चचाहि“ कसरी चल्छ ? – योचाहि“ बैद्य बालाई एकपल्ट सोध्नुपर्ला । उहा“ बसेको गोंगबुको निवासमा म जम्मा एकचोटि गएको छु । त्यसबेला पार्टी नया“ बनेको थिएन । त्यसैले समग्र पार्टीको स्थिति के हो भन्ने म जान्दिन“ । तर, हिजो पार्टी एकीकृत हु“दा सादा जीवन बिताउने र समर्पित साथीहरूको पंक्ति नया“तिर देखिएको छ । नालीमा मुख हाल्ने कि नहाल्ने कुरा भौतिक रूपमा सम्भव छ कि छैन, विवेकले दिन्छ कि दि“दैन भन्ने कुरा महŒवपूर्ण हुन्छ । म ठान्छु कि नालीमा मुख हाल्ने कुरा भौतिक शक्तिले हैन, विवेकले निर्धारण गर्ने हो । हिजोको जस्तो पार्टी बन्यो र त्यसलाई पारदर्शी बनाउन सकिएन भने यो नया“ पार्टी पनि टिक्दैन ।

० दोस्रो विवाह गर्नुभयो । त्यसमा पनि असफल हुनुभयो नि † – हाम्रा बाबाहेक परिवारमा सबैले दुई–दुईवटा विवाह गरे । म पनि एउटाभन्दा अर्को विवाह चाहन्नथे“ । मैले सामान्यभन्दा नेपाली ढिलो (३० वर्ष) विवाह गरे“, समीक्षाजीस“ग । युद्धकालमा उहा“ले सहादत पाउनुभयो । पछि, पार्टीकै सल्लाहमा अर्को विवाह गरे“ । तर, त्यो सुखद हुन सकेन । हाम्रो पारिवारिक जीवन अघि जान नसक्ने भएपछि छलफल गरेर सम्बन्धविच्छेद ग¥यौं । मैले जे चाहेको थिइन“, जीवनले त्यही भोग्यो ।

० भेटघाट त हुन्छ रे नि † – छोरो हिजो मंगलबारबाट चार वर्ष लाग्यो, ऊ मस“गै छ । उसलाई आमाको माया नघटोस् भन्नका लागि कुनै पोइन्टसम्म छाड्न जान्छु । फेरि उहा“ (पूर्वपत्नी) हाम्रै विद्यार्थी संगठनको नेतृत्वमा हुनुहुन्छ । यसरी पनि भेट हुने भयो । तर, पतिपत्नीका रूपमा कानुनी रूपमै अलग भइसक्यौ“ ।

० भर्खर पार्टी फुटेको बेला प्रकाशले केटी लिएर भागेको कुरा सुन्दा रमाइलो लाग्यो होला हैन ? – त्यहा“ मौलाएको विसंगतिको एउटा प्रकट रूप हो त्यो । प्रकाश जनताको छोरो हुन्थ्यो भने त्यो कुरा ठूलो थिएन । ऊ हेडक्वार्टरको स्टाफ हो । ऊ जन्मिएदेखि केटी लिएर भाग्नुअघिसम्म पनि हेडक्वार्टरकै स्टाफ थियो । हेडक्वार्टरको स्टाफ हु“दाहु“दै केटी लिएर भाग्नु भनेको घराना राजनीतिभित्रको एउटा विकृति हो । गल्ती प्रकाशले ग¥यो, त्यसमा पूर्वअध्यक्ष र सीता म्याडमलाई नमुछौं । तर, प्रकाशले जे ग¥यो त्यसमा नियन्त्रण नगर्ने कमजोरी हेडक्वार्टरकै हो ।

० तपाईं फेरि विवाह गर्नुहुन्छ त ? – म निष्कर्षमा पुगेको छैन ।

० लेखनाथ न्यौपानेको जुन चार्मिङ हो, त्यो घटेको छ । मान्नुहुन्छ ? – विद्यार्थीको अध्यक्ष हु“दा जे थिए“, जति चर्चामा थिए“, त्यो अहिले नहुनु स्वभाविक हो । अर्को कुरा, म चाकडी नगर्ने, तर जमाना चाकडीको छ । हाम्रो पार्टीका उपाध्यक्ष गौरव कहा“ बस्छन्, मलाई थाहा छैन । महासचिव बादललाई कहा“ भेटिन्छ, थाहा छैन । अध्यक्ष बस्ने घर ६ महिनाअघि पुगेको हो, थाहा छैन सर्नुभयो कि त्यही“ हुनुहुन्छ †

० पहिला त राम्रो ‘मिडियाफ्रेन्ड’ हुनुहुन्थ्यो । आजकल किन मिडियास“ग भाग्नुभएको ? – पदीय जिम्मेवारीले पनि होला, अलिक टाढाजस्तो देखिएकोमात्र हो । तर, म मिडियास“ग ‘बायस’ छैन ।

० पार्टीका नेताहरूले त मिडियामा लगानी नै गरेका छन् रे नि † – नेताका सम्पत्तिको भौतिक खोज्नुभयो भने प्रमाण कही“ पनि भेटि“दैन । तर, एबिसी टेलिभिजनले एकीकृत माओवादीका नेताले पाधेको कुरालाई पनि ‘आहा, क्या राम्रो बासना आयो’ भनेर प्रशारण गर्छ । म त्यो टेलिभिजनको दर्शक हुनुका नाताले त्यो निष्कर्षमा पुग्छु । ‘नया“ पत्रिका’ मा नेतृत्वको धेरै ठूलो लगानी भएको छ, त्यो कुरा खुद मैले देखेको छु । नया“ पत्रिकाले पार्टीभित्रकै टिमले पार्टीभित्रको दुई लाइन संघर्षलाई जब्बर ढंगले गाली गर्न सकेन रे भन्छन् । त्यही भएर अहिले गाली गर्ने नया“ टिम पठाएको हल्ला सुनिन्छ ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान