काठमाडौं । सुदूरपश्चिममा झाडापखालाबाट बिरामीको अकाल मृत्यु भएको छ । गोरखामा आउमासी व्याप्त छ । मन्त्री र सचिव निर्देशक परिवर्तनबाट लाखौ“ असुल गरिरहेका छन् । मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय हेटांैडाका डा.राजेन्द्र पन्त नगद बुझाएर राष्ट्रिय क्षयरोग केन्द्रमा आएका छन् । कान्ति बाल अस्पतालमा दरबन्दी राखेर जिम्मेवारविहीन बनाइएका डा.तारा पोखरेलले किस्तामा बुझाउने सहमतिपछि बालस्वास्थ्य महाशाखा निर्देशकको जिम्मेवारी पाएका छन् । स्वास्थ्य सेवा विभागमा आपूर्ति व्यवस्था विभागपछिको आकर्षक अफिस बालस्वास्थ्य महाशाखा हो । जहा“ विश्व स्वास्थ्य संगठन, युनिसेफ, युएसएआइडी, विश्व बैंकको पैसा परिचालन गर्न पाइन्छ । बाल स्वास्थ्यमा नया“ निर्देशक आउ“दा राष्ट्रिय मिजल्स रुवेला अभियान प्रभावित हुने भएको छ । पुराना अनुभवी श्यामराज उप्रेतीलाई जिम्मेवारीविहीन बनाएपछि नेपालभर सञ्चालन हुने अभियान प्रभावित हुने भएको छ ।
स्वास्थ्य सेवा विभागमा आइरन केसले निकै चर्चा पाएको छ । अख्तियार स्रोतका अनुसार सम्पूर्ण विस्तृत अनुसन्धान सकिएको छ । मिनी सुडान घोटालाको नामले चिनिने यस आइरनकाण्डमा पूर्वमहानिर्देशक डा. यशोवर्धन प्रधान, वर्तमान महानिर्देशक मिङमार ग्याल्जेन शेर्पा, प्रोक्योरमेन्ट टिमलिडर पवन कोइराला, रामसुन्दर यादव, योगेन्द्र न्यौपाने, तत्कालीन प्रमुख लेखा नियन्त्रक कृष्णप्रसाद पौडेल, कानुन अधिकृत र क्षेत्रीय मेडिकलका स्टोरकिपर तानिने भएका छन् ।
नेपाली कांग्रेसस“ग आबद्ध नेपाल निजामती कर्मचारी युनियन फुटको रोग स्वास्थ्य सेवा विभागमा पनि देखा परेको छ । संघले स्वास्थ्य सेवा विभागको तालिमहलमा भव्यतापूर्वक विभागीय समिति गठन ग¥यो । सूर्यबहादुर खड्काको अध्यक्षतामा १३ सदस्यीय शोभाकर रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य क्षेत्रका तह मिलान, पदस्थापना, स्तरवृद्धिका समस्या हल हुनुपर्ने आवाज उठेका थिए ।
संघले कार्यक्रम सम्पन्न गरेको भोलिपल्ट बालस्वास्थ्य महाशाखाको हलमा सुबोध देवकोटा प्रमुख अतिथि, राजकुमार पोखरेल विशेष अतिथि रहेर कार्यक्रम भयो । उक्त हल पूरा नभएपछि सुवोध देवकोटा रिसाएर वक्तव्यका क्रममा विभागीय अध्यक्ष दीपक दाहाल र केन्द्रीय सदस्य शंकर पाण्डेमाथि खनिए । स्वास्थ्य सेवा विभागमा युनियनप्रति प्रतिबद्ध राजकुमार पोखरेल, दीपक दाहाल र शंकर पाण्डे हाल निष्क्रिय रहेको स्रोत बताउछ ।