जीवनको रंग
 
प्रेमका यस्ता–यस्ता प्रसंग
 
सूचना विभागले जारी गरेको रातो पास बोकेर कालो धन्दा गर्नेहरू पनि फाट्टफुट्ट यो क्षेत्रमा देखिएका छन् । राजधानी सहरमा बसेर यस्ता अनेक धन्दा गरी दीपक पाठक आलोचित बनेको केही समय बित्न नपाउ“दै पत्रकारिता फाँटमा तराईतिर यस्तै घटना घटेको छ । रुपन्देहीको चोक–चोकको चिया पसलदेखि भट्टी पसलसम्म चर्चा पाउनेगरी भएको यो घटनाको कारण बदनाम भएको कहानी रुपन्देही एफएम १०२ मेगाहर्ज भैरहवाको हो ।

अहिले उक्त एफएममा भएको ढिकुटी र प्रेम कहानीले रुपन्देहीमा चर्चित छ । अरूका समाचार बनाउने र लेख्ने पत्रकारबारे बजारमा चर्चा चल्न थालेपछि अरू समाचार फिक्का हुँदा रहेछन् । यसरी बजारका अरू समाचारलाई समेत माथ खुवाउनेगरी समाचार बनेकी रेडियोकर्मी हुन्, पुष्पा खनाल । उनी रेडियोमा बोलेर रुपन्देहीवासीको मन मुटुमा बसेकी थिइन् । पुष्पाले मिडियामा काम गर्न थालेपछि सम्झना भनेर चिनाउन थालेकी हुन् । रेडियोमा समाचार वाचन गर्नुका अलावा उनी अरू नै केही पेसा गर्थिन् । सहकर्मीहरू त्यतिखेर अचम्मित भए, जो दिन–रात समाचारको खोजीमा व्यस्त रहन्छन् । उनीहरूको जीवन जहाँको त्यही“ सडकमा छ तर पुष्पा उर्फ सम्झनाको जीवनमा एकाएक आएको यो परिवर्तनको रहस्य जान्न चाहनु स्वाभाविकै थियो ।

बुझ्दै जाँदा थाहा लाग्यो, उनी पत्रकारिताको आडमा अरू केही काम गर्छिन् जसकारण जीवनमा यो परिवर्तन आएको छ । यसरी ढुकुटी खेलाउन थालेपछि जीवनमा परिवर्तन पनि देखियो । संगत भैरहवाका ठुल्ठूला साहुजीस“ग भयो । भैरहवामा विभिन्न घडेरी जोडिन् । तर, पछिल्लो समय भने यो ढुकुटीकाण्डले रुपन्देहीमा हलचल ल्याएको छ । जब उनले खेलाएको ढुकुटीबाट ठगिएको भन्दै पीडितहरूले हस्तलिखित निवेदन रुपन्देहीका सञ्चारमाध्यममा पठाए, त्यसपछि काण्डको पर्दाफास भयो । यसबारे उनलाई रुपन्देहीमा कार्यरत पत्रकारले बुझ्न फोन गरे पनि फोन रिसिभ नगरेको पत्रकार बताउँछन् । एफएम स्टेसन म्यानेजर शंकर पाण्डेले यसबारे उनलाई छुट्टै बोलाएर सोधे पनि उनले पैसा कमाएको देखेर लोभले बेइज्जत गर्न खोजेको भनी उम्किन् ।

तर, वास्तविकता कहाँ लुक्थ्यो र † उनले ढुकुटीको घटना सार्वजनिक गरेको भन्दै पीडितमध्येका एक गल्लामण्डीका प्रद्युम्न प्रधानलाई पैसा फिर्ता दिन्छु भनी रेडियोमा बोलाइन् । तर, पैसा फिर्ता गर्नुको साटो एमाले कार्यकर्ता धु्रव अधिकारीलगायतलाई बोलाएर धम्क्याइन् अनि बल्ल घटनाबारे उक्त रेडियोका कर्मचारीलाई जानकारी भयो । बोरामा भएका सया“ै आलुमध्ये कुहिएको एउटा आलुले अरू सयौ“ आलु सहजै बिगारिदिन सक्छ तर उनान्सय आलुले एउटा कुहिएको आलुलाई सद्दे बनाउन सक्दैन । यही सत्य हो कि पत्रकारितामा पनि एक÷दुईजना खराब व्यक्तिका कारण सिंगो पेसाको साख गिर्न सक्छ । प्रधानले पैसा दिन्छु भन्दै बोलाएर थर्काएपछि किन पैसा दिन्छु भनेर बोलाउनुभयो, दिनेभए दिनुस् नदिने भए मलाई किन थर्काउनुहुन्छ भनी पिलपिल गर्दै बाहिरिएका थिए । अहिले ढुकुटीपीडितहरू भैरहवामा रुपन्देही एफएम र पत्रकारले ठगे भन्दै हि“डेका छन् । उनीस“ग ढुकुटी खेल्नेहरू पनि झुक्किएका छन् । पुष्पा उर्फ सम्झनाले बनाएको बिलमा रुपन्देही ढुकुटी सेवा रहेछ । ढुकुटी खेल्नेहरूले रुपन्देही एफएमले खेलाएको ढुकुटी भन्ने परेछ । जिल्लाकै विश्वसनीय रेडियोले ढुकुटी खेलाएको भन्दै उनीहरूले लगानी गरे तर हुने हार दैव नटार भनेझै“ उनीहरूको लगानी डुब्यो, अहिले एफएमले ठग्यो भन्ने गर्छन् । तर, एफएमकै बेइज्जत हुनेगरी भएको काममा भने त्यसका सञ्चालक कानमा तेल हालेर बसेका छन् ।

साथै, आफूहरूको पैसा फिर्ता माग्दा समाचारमा नाम भन्दिन्छु, म पत्रकार हुँ भन्दै उल्टै आफूहरूलाई थर्काउने गरेको उनीहरूले पठाएको ºयाक्समा उल्लेख गरेका छन् । उनी प्रेस चौतारी रुपन्देहीकी कोषाध्यक्ष हुन् । उक्त रेडियोमा हुने प्रेम कहानी पनि बजारमा चर्चाको विषय हुने गर्छ । तिनै ढुकुटी खेलाउने र रेडियोमै कार्यरत दीपेश पछाईबीचको हो यो कहानी । पछाई एबिसी टेलिभिजन र बुटवलबाट प्रकाशित मेची–काली दैनिकमा पनि कार्यरत छन् । करिब ३ वर्षअघि रेडियोको समाचारकक्षमा कार्यरत तीनजना सिनियर पत्रकारले छाडेपछि समाचार शाखामा हर्ताकर्ता बनेका यी दुई कर्मचारीको प्रेम कहानी झांगिएको रेडियोमा कार्यरत अन्य कर्मचारी बताउँछन् । कतिबेलै नछुट्टिने यो जोडीको रेडियोका अन्य कर्मचारीस“ग बोलचालसम्म हुन्न । दुईजना भएको कोठामा अरू जान लाज मान्छन् । अझ साँझको बुलेटिन सकिएपछि त माथिल्लो तलामा रहेको मूलगेटमा भित्रबाटै ताला लाग्ने रात्रिकालीन सेवामा काम गर्ने प्राविधिकले बताउने गरेका छन् । प्रेम र ढुकुटीकाण्डले रुपन्देही एफएमको बजार भने राम्रै पिटिएको छ ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान