समाचार अपडेट
 
पालमुनि बस्ने सशस्त्रको पालो
 
ललितपुर । दुईदिने ललितपुर बन्द भोग्नेहरूलाई थाहा छ सुकुम्बासीको बसाइबारे । यो पनि ज्ञात होला कि ‘बन्द दबाब’ पश्चात् बाबुराम सरकारले मलपोखरीमा सुकुम्बासी बसाउने निर्णय फिर्ता लियो ‘मौखिक’ रुपमा । निर्णय फिर्ताको खबर सुनाए उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापितले । सुकुम्बासीलाई मलपोखरी दिने निर्णयविरुद्ध ‘मौखिक’ आश्वासन पाए पनि मलपोखरीमा नीलो छानासहित प्रतिटहरा एक लाख खर्चिएर बनाइएको सुकुम्बासीको बास अझै छ ।

उता नीलो रंगको पाल टाँगेर सशस्त्र टोली ललितपुरस्थित खुमलटारमा बस्न थालेको छ । सरकारी स्वामित्वको सो जग्गाको क्षेत्रफल २५ रोपनी छ । यहा“ रेडियो नेपालको टावर छ । एकातिर दिनभर चल्ने हावाले पाललाई हुत्याउला भन्ने पिर अर्काेतिर सम्म मैदानमा पालमुनिको वास । सशस्त्रको यो अखडामा एक दर्जन पाल छन् । पालभित्र सुत्नेको संख्या १ सय २० जना । यो संख्या ७ सय ६१ जनाको डफ्फा रहेको गणको एक हो । यहा“ आउनुपूर्व ललितपुरका लागि छुट्याइएको बल दक्षिणकाली गण बलम्बुमा बस्थ्यो । सशस्त्र प्रहरीका केही डफ्फा नख्खु कारागार, मलपोखरी र राजस्व कार्यालय हरिहर भवनमा खटिएका छन् । साथै, ललितपुरका मुख्य नाका सातदोबाटो, ग्वार्काे र झम्सीखेलमा समेत तिनका गस्ती छन् ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान