Current Info
 
सिंहदरबारमा त्यसो भन्दा सनसनी
 
काठमाडौं । आइतबार मुख्यसचिव छान्दा प्रचण्ड र बाबुरामलाई महाभारतको युद्ध जितेजस्तो भयो भने मधेसी मोर्चालाई चाहिँ जनयुद्धको दौरान माओवादीले खारा, चैनपुर, भोजपुरमा भोगेजस्तै पराजयको पीडाबोध भयो । यही हारको मनस्थितिमा अब उनीहरू बाबुरामसँग लामो सहकार्य नहुने ठहरमा पुगेका छन् । अबको एक महिनाभित्र यसैको उपजका रूपमा सत्ता समीकरण फेरिने दिशातिर गयो भने कुनै आश्चर्य नमाने हुन्छ ।

बिहान ८ बजेदेखि क्याबिनेट बैठक रोकेर कहिले सामूहिक त कहिले छुट्टाछुट्टै बसेका सत्ता साझेदारहरूको मुड हेर्दा लाग्थ्यो– अब यिनीहरूको सहकार्य धेरै दिनको हुने छैन । हामीले एउटा मुख्यसचिवसमेत आफूले भनेअनुसारको छान्न (नियुक्त गर्न) नपाउने भए यस्तो समीकरणको के काम भनी नारायणकाजीले उरालेपछि प्रचण्ड ‘लौ लडियो त नि अब उसोभए’ भन्दै कस्सिएका थिए । स्रोतका अनुसार त्यसपछि उनी मधेसीसँगको वार्तामा सोहीअनुरूप प्रस्तुत भए, ‘तपाईंहरूले दिनुहुन्न भने अर्को कदम चाल्नुपर्ने हुन सक्छ ।’ यस्तो कुरा सुनेपछि मधेसीहरू चिच्याए, ‘तपाईंहरूले हामीलाई प्रयोग गरेर कुनै पनि बेला खाल्डोमा हाल्नुहुने रहेछ ।’ त्यसपछि उनीहरूले पनि आफ्नै पाराले चेतावनी दिए, ‘यस्तो कदम चाल्ने भए अर्को समीकरणमा जान बाध्य हुनेछौ“ ।’ यसप्रकारको विवाद र चर्काचर्कीपछि माओवादी नेताहरूले छुट्टै बसेर हिसाब–किताब निकाले । मधेसीले बढीमा गर्न सक्ने भनेको समर्थन फिर्ता हो तर संविधानसभा नभएको अवस्थामा त्यसको केही अर्थ छैन, न त यसो गर्दा सरकार नै ढल्छ । यस्तो निष्कर्षमा पुगेपछि संयुक्त बैठकमा झुल्किएका प्रचण्डले आफ्नो बटमलाइन सुनाए र गाडी चढेर हिँडे ।

मधेसी नेताहरूले पनि एकछिन अलग्गै खासखुस गरे अनि प्रधानमन्त्रीलाई भने, ‘लौ अब कुरा वार कि पार हुन्छ, प्रचण्डजीलाई फिर्ता बोलाउनुहोस् ।’ त्यसपछि बल्ल फरक मतसहित लीलामणि पौडेललाई मुख्यसचिवमा स्विकार्ने कुरा भयो । क्याबिनेटको उक्त बैठक पनि निकै रोचक भएको स्रोतले जनाएको छ । लगभग सबैजसो मन्त्रीले सक्रियतापूर्वक भाग लिएको बैठकमा सबैले आ–आफ्नोतर्फबाट फरक–फरक व्यक्तिको नाम प्रस्ताव गरेपछि लगभग त्यहाँ निर्वाचन पो भइरहेछ कि जस्तो वातावरण बनेको थियो । बैठकमा मुख्यसचिवका १३ जना उम्मेदवारमध्ये लीलामणि, ब्रिन्दा र उमाकान्तको नाम धेरैको मुखबाट उच्चारण भयो । विज्ञानमन्त्री केशवमान शाक्यले त ब्रिन्दाबाहेक अरूलाई हुँदै हुँदैन भनेर निकैबेर अड्डी नै कसेका थिए ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान