काठमाडौं । के यो माओवादी पार्टीको मात्र सरकार हो ? यदि, उसको पेवा हो भने नेपाल सरकार भन्ने साइनबोर्ड फ्या“किदिए भो । बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक पद्धतिमा सरकार एउटा साधनमात्र हुन्छ जनकल्याणका काम गर्ने । त्यहा“ जो पनि पुग्न सक्छ र त्यसले कसैलाई काखा, कसैलाई पाखा गर्दैन । तर, यो लोकतन्त्रमा राजतन्त्रात्मक व्यवस्थाको गन्ध किन आइरहेको छ र ऊ कुनै व्यक्ति विशेषप्रति किन पूर्वाग्रही बनेर प्रस्तुत भइरहेको छ ? के निर्वाचन प्रतिनिधिका रूपमा लोकतान्त्रिक पद्धतिबाट गठन भएको सरकार यसरी व्यक्तिमाथि खनिन मिल्छ ?
गाडी पखाल्दा पखाल्दै घरमै गोली लागेर किरण बस्नेत मारिए । त्यही दिन घरबाट अफिस आउने क्रममा कम्पाउन्डबाट बाहिर निस्कन नभ्याउ“दै हमला भयो रमीन्द्र क्षत्रीमाथि । अहिले पनि उनी ह्विलचेयरको जिन्दगी बिताइरहेका छन् । के यी दुई त्यतिबेला रणमैदानमा थिए ? ब्रिगेडियर सागर पाण्डे पनि लडाकु फौजको कमान्डर थिएनन् । भीमफेदीस्थित एउटा कारखाना उनको जिम्मामा थियो । ट्रक चढेर श्रीमती पुष्पास“गै हेटौंडाबाट कार्यक्षेत्रमा फर्कंदै थिए, बाटैमा दुवैलाई ठहरै पारियो । सशस्त्रका आइजिपी कृष्णमोहन श्रेष्ठ र श्रीमती नुुडुपलाई पनि मर्निङवाकमा हि“ड्दा निहत्था अवस्थामै मारियो । सुदूरपश्चिममा बाटो खुलाउने क्रममा प्रमोद पाण्डेको हत्या भयो । बर्दियामा राकेश श्रेष्ठ ढालिए । नीलकण्ठ खड्कालाई आत्मसमर्पण गर्दासमेत छाडिएन, गामबाट लगेर उनको पनि सफाया गरियो । रवि बर्तौला, नरेश उप्रेती, भन्दै गन्दै जाने हो भने कति छन् कति । तर, यी सबै प्रकरणमा संलग्न कुनचाहि“ माओवादी छापामारलाई कारबाही गरियो ?
पानीमिल सञ्चालक उज्जनकुमार श्रेष्ठ, ज्ञानप्रकाश माविका शिक्षक गुरूप्रसाद लुइ“टेलको ओखलढुंगामा हत्या गरियो । सर्वोच्च अदालतले दोषी किटान गर्दै सर्वश्वसहित कैद सजाय सुनाएका बालकृष्ण ढुंगेल र केशव राई सबैलाई उन्मुक्ति मिलेको छ । लमजुङ दुराडा“डाका शिक्षक मुक्तिनाथ अधिकारीलाई मार्नेमाथि के कारबाही भयो ? तर, द्वन्द्वकालमा राज्यको आदेश पालना गर्नेहरूलाई भने धमाधम सिकार बनाइ“दै छ । माधव नेपालको सरकारले ०६६ सालमै महासेनानीमा बढुवा दिएका राजु बस्नेतलाई अहिले पदोन्नति रोक्काको सिकार बनाइ“दै छ । सैन्य सेवामा रहने म्याद अब कात्तिक २ गतेसम्म मात्र बा“की रहेका राजुलाई ब्रिगेडियरमा बढुवा गर्दा उनले थप सात वर्ष सेवा गर्ने अवसर पाउ“थे । यिनी घरमै मारिएका किरण बस्नेतका भाइ हुन् । के कुरामा शंका छैन भने जसरी बालुवाटारमा बाबुराम भएकै कारण मुख्यसचिवमा लीलामणि पुगे, त्यसैगरी त्यहा“ बाबुराम नहु“दा हुन् त राजुले बढुवा पाउ“थे । उनी दोषी हुन् भने कोर्टमार्सल गरे हुन्छ । अपराधी ठहरिए सजायको भागीदार बनाइनैपर्छ । निर्दोष भए सफाइ दिएर उन्मुक्ति दिनुपर्छ तर यसरी सम्पूर्ण सेनाको मनोबल घट्नेगरी अनाहकमा पाखा लगाइनु कानुनी राजमा उचित हु“दैन ।
सेनामा मनोबलको त विषय नै फिक्का भएको छ । कसरी बढोस्, मनोबल सेनाको जब कि सेनापतिलाई ज्वाइ“बाहेक अरू कसैको चिन्ता छैन । त्यसैले ज्वाइ“को उपकार नहुने पक्का भएपछि उनले हातखुट्टा छाडिदिएका छन् । स्टाफ कलेज गरेका एक सय ५० जना कर्नेल एकैचोटि घर जा“दै छन् बढुवाको ठाउ“ नभएर । त्यसबारे सेनापतिलाई कुनै पिर छैन । छत्रमान गुरुङ छानी–छानी गुरुङ पत्रकारहरूलाई भोज ख्वाउनमै व्यस्त छन् । अस्ति आइतबार सा“झ पनि उपत्यकामा उपलब्ध ८० जना एकतारेलाई बिदाइ भोज ख्वाउ“दै तिनका सामु आफ्नो तीनवर्षे कार्यकालको उच्चतम उपलब्धिका रूपमा चितवनबाट ल्याइएका चोकमान चेपाङलाई सलाम गर्न सिकाउ“दै हि“डाए । उनी यस्तै काममा व्यस्त छन् ।