प्रमुख समाचार
 
दिल्लीका प्यारालाई ‘गेटआउट’
 
काठमाडौं । नेपालीका नाममा दिल्लीका दूतको हैसियतले क्रियाशील अमरेशकुमार सिंह र कृष्णप्रसाद सिटौलाको प्रसंग हो यो । यी दुईबीच कसले बढी दिल्लीलाई सेवा पु¥याउने भन्ने होडबाजी निकै अगाडिदेखि चलिरहेको छ । प्रतिस्पर्धा को बढी दिल्ली पुगेर रिपोर्टिङ गर्नेसम्ममा पुगेको छ, लैनचौर धाउने कुराको त गन्ती नै छैन न त त्यो गणनाको औचित्य नै छ । बरु लैनचौरमा हाजिर हुनु त यी दुईको कर्तव्य नै भने पनि हुन्छ । रिपोर्टिङ गर्ने क्रममा दिल्ली पुगेका अमरेश अस्ति आइतबार मात्र फर्किए । सिटौला यतैबाट जाहेरी गर्दै छन् ।

दिल्लीका निम्ति दिल दिएर सेवा गर्ने र नेपाली कांग्रेसलाई दक्षिणको नजिकै राखिराख्ने क्रममा अघिल्लो महाधिवेशनमा यी दुवैले सुशील कोइरालालाई दिलोज्यानले सघाए । त्यसका निम्ति कृष्ण सिटौलालाई महामन्त्री र अमरेशलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने सहमति बन्यो । जतिसुकै बढी विरोध भए पनि त्यसको पर्वाह गरेनन् सुशीलले र सिटौलालाई दिएको वचन पूरा गरे । तर, अमरेशलाई भने केन्द्रीय सदस्यसमेत बनाइएन । गिरिजाकै पालादेखि झिसमिसे बिहानी ५ बजे नै सिटौला कोइरालानिवास पुग्ने गरेका छन् । धर्मात्माहरूले मन्दिर धाएझै“ उनको नित्यकर्म अहिलेसम्म जारी छ । कोइराला परिवारस“गको निकटताको फाइदा सिटौलाले राम्रैस“ग उठाएका छन्, त्यसैले आज–भोलि उनका प्रतिस्पर्धी अमरेशको नाम सुन्नासाथ सुशील जंगिने गर्छन् ।

यसरी कृष्णप्रसाद सिटौलाले बीचमै छिर्के हालेपछि अमरेश कांग्रेसको केन्द्रीय सदस्य हुनबाट मात्र वञ्चित भएनन्, कोइरालानिवासको ढोका पनि उनका लागि पा“च महिनादेखि बन्द छ । रमाइलो कुरा के छ भने सिटौलाको उक्साहट र भए÷नभएका पोल सुनेका सुशीलले एकदिन अमरेशलाई आफ्नै निवासबाट ‘गेटआउट’ को आदेश दिए । त्यसपछि कुन मुख लिएर फेरि त्यहा“ खुट्टा हाल्नु ! अमरेश महाराजगन्जतिर फर्किएका पनि छैनन् । आफूलाई सभापति बनाउन मरिहत्ते हाल्ने अमरेशप्रति सुशीलको कुनै प्रकारको आग्रह–पूर्वाग्रह भने रहेको देखि“दैन । जे–जति काम भएको छ अमरेशविरुद्ध, त्यो सबैका लागि सिटौला नै जिम्मेवार रहेको देखिएको छ । आखिर आफ्नो प्रतिस्पर्धीलाई बाटोबाट हटाउनु त राजनीतिक धर्म नै हो । त्यसैले सिटौलाले पन्छाए अमरेशलाई केन्द्रीय समितिबाट ।

सिटौलाले त्यसरी आफ्ना अनन्य मित्रलाई घात गर्नु पनि उनको बाध्यता भएको बुझिएको छ । त्यो हो एउटै समितिमा रह“दा दुईजनामध्ये कसले भारतलाई रिपोर्टिङ गर्ने भन्ने समस्या । त्यसैले सिटौलाले पहिल्यै बुद्धि पु¥याएर कम्तीमा पनि पार्टी कमिटीको रिपोर्टिङ भने एक्लै गर्न पाउने व्यवस्था मिलाए । यिनीहरूबीचको प्रतिस्पर्धाका कारण अरूलाई भने फाइदा नै भएको छ किनकि आज–भोलि शीर्ष बैठकमा यी दुवै सगै हु“दैनन् । या त अमरेश वा सिटौला मात्र उपस्थित हुन्छन् ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान