ललितपुर । भनिन्छ, कुनै पनि कुरा धेरै लुकाउन सकिँदैन । कुनै पनि बेला वास्तविकता ‘फुत्त’ निस्किन्छ । प्रहरी परिसर जावलाखेलको रेड लेबल काण्ड यसैगरी बाहिर आएको छ ।
बन्दका बेला बालकुमारी प्रहरी प्रभागका सई र जावलाखेल प्रहरी सञ्चारका सईबीच बाझाबाझ भएपछि रेड लेबल काण्डको रहस्य खुलेको हो । रेड लेबल प्रकरण ‘माथिबाटै’ गुपचुप राखिए पनि चार÷पाँच प्रहरी हुँदै परिसरभरि फैलिएको छ । सानोतिनो कुरा हो भनेर काण्ड मत्थर पारिए पनि परिसरमा भने चर्चा सेलाएको छैन ।
नियमित मोबाइल गस्तीमा घुमिरहँदा सई चिरञ्जीवी रेग्मीले बाटोमा मह“गो मोबाइल फेला पारे । लगभग साठी हजार मूल्य पर्ने ग्यालेक्सी सेट फेला परेपछि रेग्मीले ‘जसको हो उसैको हातमा परोस्’ भनेर मोबाइल अनमा राखे । गस्तीलाई निरन्तरता दिए । टोली फर्किंदै गर्दा भेटिएको मोबाइलमा घन्टी बज्यो । फोन गर्ने व्यक्तिको मोबाईल भएको रेग्मीले बुझेपछि ‘भोलि परिसरबाट बुझ्नू’ भन्ने जवाफ गयो । रेग्मीले मुद्दाका सई सुरेश भट्टलाई मोबाइल बुझाएर निस्किए ।
भोलिपल्ट फोनधनी परिसर आइपुगे । मुद्दाका सईले मोबाइल बुझाउँदै भने, ‘मह“गो मोबाइल प्रहरीले भेट्टाएर सुरक्षित राख्यो । चिया खुवाउने होइन ?’ मोबाइलधनी हर्षित भएर ‘हुन्छ–हुन्छ’ भन्दै बिदा भए । केही घन्टापछि परिसरमा भट्टको नाममा एउटा रेड लेबल पुग्यो ।
मोबाइलधनी धापाखेल घर फर्किए ।
उनले आºना बुबालाई यो प्रकरण सुनाएछन् । जावलाखेल प्रहरी प्रभागका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठका ‘अच्छा दोस्त’ रहेछन् उनी । घटनाबारे तत्काल उनले फोन गर्न भ्याए । त्यसपछि तात्तिएका एसएसपी श्रेष्ठले भट्टलाई उपस्थित गराउँदै खुब झपारे र कारबाही अघि बढाउनुपूर्व स्पष्टीकरण मागे । निकट प्रहरीहरूका अनुसार भट्ट ‘पिउने लत’का सई होइनन् । स्पष्टीकरण मागेपछि भट्टले ‘कस्तो कुरामा फस्न पुगेछु’ भन्दै गुनासो पोखे । भट्टले तत्कालै मोबाइलधनीलाई फोन गरेर खत्तम भयो यार, मैले मागेको हो र ? भन्दै बम्किएपछि फेरि बुबाकहाँ पुग्दै छोराले ‘मह“गो मोबाइल भेटिएकोमा खुसीले अफर गरेको हुँ, प्रहरीले मागेको होइन । बेकार एसएसपीलाई किन कान भर्नुभएको ?’ भन्दै साथी रिसाएको सुनाए । छोराले त्यसो भनेपछि फेरि एसएसपी श्रेष्ठको मोबाइल बज्यो । कहानी दोहो¥याउँदै ‘छोराले खुसीले दिएको रहेछ, सई भट्टको गल्ती छैन, छाडिदिनुस्’ भने ।
त्यसपछि एसएसपी श्रेष्ठले भट्टको स्पष्टीकरणपत्रमा चेतावनी लेख्दै ‘यस्तो कहिल्यै नगर्नू’ भनेर तोक लगाए ।
लगत्तै एसएसपी श्रेष्ठले परिसरको प्रशासन, मुद्दा, ठाडो उजुरीका सबैलाई डाकेर उर्दी गरे, ‘पीडितलाई पीडित बनाएर फाइदा लिएको र कसैलाई समस्यामा पारेर आर्थिक लाभ लिएको खबर मेरो कानमा पुग्यो भने सीधै निकाल्छु ।’ प्रहरी स्रोतले भन्यो, ‘तर कसैले खुसीले दिएछन् भने मेरो भन्नु केही छैन ।’ प्रहरी नायब उपरीक्षक पूजा सिंहले अझै पनि सई बद्री दाहाललाई ‘रेड लेबल कति पियौ ?’ भनेर सोध्ने गरेकी छन् ।