ललितपुरको झमेल (झम्सीखेल) मा युवाहरूको दुव्र्यवहार बढेपछि प्रहरी प्रभाग पुल्चोकले गस्ती बढाएको छ । झमेलमा बिहान÷साँझै विदेशी पर्यटकमाथि हातपात हुन थालेपछि सुरक्षा बढाइएको इन्स्पेक्टर नवराज अधिकारीले बताए । केही साताअघि झमेलमा हि“ड्ने पर्यटकलाई अश्लील व्यवहार गर्ने र लुट्नेसमेत गरिएको उजुरी प्रहरीकहाँ पुगेको थियो । झमेलमा सञ्चालित मोक्षका निर्देशकका अनुसार विदेशी महिलालाई केटाहरूबाट दुव्र्यवहार हुने गरेको छ । केही दिनअघि पुल्चोक चौकीको गस्तीमा रातो बंगला विद्यालयका केही विद्यार्थी विद्यालय पोशाकमै नशामा मात्तिएका भेटेका थिए । अझ करसाहेबका सुपुत्रसमेत दुव्र्यसनग्रस्त अवस्थामा फेला परे ।