लेख/रचना
 
पारसले उठाए र अर्काकी पत्नी ?
–उदय भट्ट
 
जनयुद्धबाट शान्तिप्रक्रिया हु“दै संविधानसभाको चुनाव सम्पन्न हु“दासम्म मान्छेहरू अनुमान गर्थे –अव माओवादीले २० वर्ष देश चलाउ“छ । पुष्पकमल दाहालले सरकार चलाएको दुई महिना नपुग्दै पार्टीभित्र र बाहिरको जनआक्रोशले सीमा नाघ्यो । खरिपाटी भेलामा त्यसको प्रस्फुटन भयो । रक्मांगद कटवाल प्रकरण त संकटमोचन (सेफल्यान्डिङ)का लागि दाहालद्वारा रचित एउटा फूलबुट्टे पटकथा मात्र थियो । त्यसयता तत्कालीन माओवादी देखिनेगरी ३ टुक्रामा विभाजित छ र अन्य दर्जनौ“ गुट–उपगुट, समूह–उप समूहमा विभाजित छ ।

कुनै पनि संगठन होस् वा व्यक्ति, उसले अंगीकार गरेको क्रियाकलाप र व्यवहार, विचार र तय गरेका बाटाले गन्तव्यसम्म पुग्छ कि खाल्डामा जाकिन्छ भन्ने कुराको फैसला गर्छ । मोहन वैद्यले नेतृत्व गरेको समूहले गत असारअगाडि त्यो खाल्डो देखेको थियो भने मातृका यादव र नेकपा (माओवादी)ले साढे तीन वर्षअघि । ‘केहीलाई धेरै समय–धेरैलाई केही समय बेवकुफ बनाउन सकिन्छ तर सबैलाई सधै“का लागि सम्भव छैन’ भन्ने सत्यकै आधारमा गुटको अवसान भएको छ । भृकुटीमण्डप कुम्भमेलामा राज्यका सुरक्षाकर्मीका खानतलासी पार गरेर खाली हात भित्रिएका कार्यकर्ताले दाहाल–बाबुरामका टाउकामा कुर्सी बजार्ने, गर्धन समात्ने र छाला काढ्नेसम्मको काम गरे ।

पुराना कार्यकर्ता हु“दाह“ुदै पनि हेडक्वार्टर सम्हालेका नेताहरूका हर्कत ६ वर्षअघि जिल्ला पार्टी सम्पर्क मञ्चको अध्यक्षका रूपमा कार्यरत रह“दा अनुभूत भएको हो । फरक के थियो भने त्यतिखेर हामी ‘थाहा’ पाउनेहरू थोरै थियौ“ । ‘नेता कहा“ बास बसेको छ’, ‘के खाएको÷लाएको छ’, ‘कस्तो चाल–चलन, बानी–व्यवहार देखाउ“छ’, ‘कस्ताको संगत गर्छ’, ‘कस्तो विचार बोकेको छ’ आदि कुरा विनाखोजीनीति जानकारी हुने ठाउ“ परेछ त्यो सम्पर्क मञ्च । आफै“ले देखेका बाहेक ‘...आज फलानो तस्कर व्यापारीको घरमा, आज फलानो नवधनाढ्यकामा, आज म्यानपावरको बोसको घरमा, आज जग्गा दलाल साहुकामा, आज बोर्डिङ÷प्लसटुको डाइरेक्टरकामा, आज एनजिओ÷आइएनजिओका निर्देशककामा, आज फलानो भ्रष्ट ब्युरोक्र्याटकामा....’ जस्ता जानकारी कसै न कसैले सुनाइहाल्ने । गोरखाका आदरणीय सहिद तथा बेपत्ताका परिवारको भेलामा आइदिनुप¥यो भनेर हामीले पटक–पटक आग्रह ग¥यौ“ ‘समयाभाव’ भन्दै टार्ने काम भयो ।

सायद क्रान्ति सम्पन्न हुन नसकेको त्यतिबेलादेखि अहिलेसम्म यी नेताको व्यस्तताले नभ्याएको एउटै संगठन ‘वेश्या (यौनकर्मी) तथा वेश्या दलाल मुक्तिमोर्चा’ मात्रै बन्न बा“की भएकाले होला, अरू सबै खुले । त्यतिखेर तिनका कुकर्म मुस्किलले थाहा पाइन्थ्यो, अपराध कमै सार्वजनिक हुन्थे । अहिलेजस्तो शृंखलामा कैया“ै विषय सेलाउन नपाउ“दै अन्य कैयौ“ प्रकट हु“दैनथे । दाहालको अर्थवाद र जा“ड–पानीे नलगाई निद्रा नपर्ने बानीजस्ता भ्रष्ट, पतित र विसर्जनमुखी व्यवहार, छोरा प्रकाशको पारस शाहको भन्दा निकृष्ट शैली, उद्दण्डता र यौन अराजकता, बाबुरामको राजनीतिक पाखण्ड र राष्ट्रघात, अन्य नेता तथा नेत्रीको सांस्कृतिक र आर्थिक विचलन÷अपचलन र बिरप्पनपथीय व्यवहार र संस्कार आदि क्रियाकलापबाट वाक्क–दिक्क हु“दासमेत हामी ‘थाहा’ पाएका कार्यकर्ताले तोकिएको मापदण्डभित्रबाट तौलिएर मात्रै बोल्न पाउ“थ्यौ“ । जब बैठक वा कुराकानीका क्रममा यी विषयवस्तु कुनै कार्यकर्ताले उठाउ“थे– ‘झक्कु’अवतारका नया“ आलोकहरूको निशानामा ती पर्थे । दाहाल–बाबुरामका यस्ता हर्कत र व्यवहारको विरोध गर्दा राजनीतिक जीवनमा त्यसअघि कहिल्यै नपरेको निलम्बन हामीले पनि भोग्यौ“ । अपराध गर्दै हि“ड्ने पार्टीभित्रका रातो फेटा गुथेका ‘डा“का’हरू – राणाकालमा सोझो रूखलाई ‘सोझो छ’ भन्दा दण्डित र कुण्ठित हुने प्रजाको नियति भोग्ने हामी कार्यकर्ता ! बडो गज्जबको थियो तत्कालीन माओवादी पार्टीको संगठन सञ्चालन विधि र जनवादको अभ्यास । अहिले भृकुटीमण्डपको मोर्चाबाट कमरेडहरूले तिनै हिसाब–किताब फस्र्याेट गरेझै“ अनुभूत हुन्छ ।

कानुनी र व्यावहारिक मान्यताको त कुरै छाडिदिऊ“; पहु“चमा भएका र सत्तासीनहरूलाई पटक्कै नछुने अवस्थामा पनि कम्तीमा पारस शाहले अर्काकी श्रीमती उठाउने हिम्मत गरेका थिएनन् । अनैतिक र पतित घटना शृंखलाको पछिल्लो कडी दाहाल परिवारभित्रैबाट सार्वजनिक भयो । जनयुद्धका क्रममा बहुविवाह गरेकै कारण ज्यान गुमाएका उज्जनकुमार श्रेष्ठहरू मरेर गए पनि मार्न आदेश दिने बालकृष्ण ढुंगेलहरू, अन्य हजारौ“ देख्ने, सुन्नेहरू र गोबर, गलामा डोरीले सुशोभित भई पशुले झैं बा“धिएर घास खादै जनकारबाहीमा परेका बहुविवाहकर्ता भुक्तभोगीकै सामुन्ने प्रकाश दाहालले अरूकी कसैकी श्रीमतीलाई तेस्री पत्नी तथा कमरेड पुष्पकमल तथा कमरेड सीता दाहालले तेस्री बुहारी बनाएर भिœयाए । केही वर्षअघि मात्रै पार्टीकी कामरेड प्रभा बोगटीको पारिवारिक जीवन समाप्त पार्दै दाहालले तमुवान राज्यकी एक कन्यास“ग पुत्र प्रकाशको दोस्रो बिहे गराएका थिए । त्यतिखेर तमुवान राज्यकै राजधानी पोखराको एक पा“चतारे होटलमा पञ्चेबाजाको तालमा छमछमी नाच्दै दाहालले दोस्री बुहारी भिœयाए । सिंगो संगठन र हामी स्वयं निरीह साक्षी बन्यौ“, कसैले मुख खोल्ने आ“ट गरेनौ“ । ४ वर्ष पनि नबित्दै सिर्जना त्रिपाठीको वैवाहिक जीवन चकनाचुर हुनेगरी प्रकाश दाहालले भर्खरै सम्पन्न गरेको तेस्रो विवाह पिता पुष्पकमलको स्वीकृतिबेगर सम्भव देखि“दैन । पुष्पकमल आºनो छोरा प्रकाशको तेस्रो विवाहका एकजना प्रमुख हस्ती हुन् । त्यसलाई पुष्टि गर्ने पहिलो आधार हो– पिता पुष्पकमल, आमा सीता, काका नारायण, दाइ समीर र अन्य नजिकका कोही–कसैको सहयोगविना त्यो स्तरको अपराध गर्नै नसक्ने प्रकाशको हैसियत । दोस्रो, पुष्पकमलहरूकै राज रहेको देशमा राष्ट्रपति जत्तिकै पावरफुल व्यक्तिको बुहारी बनेकी नवदुलही बीना मगरसहित अकुत सम्पत्तिको भारी लिएर छोरा प्रकाश दाहाल भाग्ने बाटो खुला पारिदिनु वा हरियो झन्डा देखाइदिनु ।

तेस्रो, भृकुटीमण्डपको मेलामा समूह बनाएर लुट्दै हि“ड्ने लुटेरा सावित भई दनक खाएको अवस्थामा देखाएकै जस्तो व्यवहार दोस्री बुहारी (सिर्जना) र सारा जगत्सामु देखाउ“दै छन् । दाहालको यो मलिन अनुहार केही दिनभित्रै छोराको नया“घरजमबाट हौसिएर प्रफुल्ल अनुहार र पुलकित व्यवहारमा बदलिएपछि तथ्य आफै“ खुल्दै जानेछ । तर, तर्कशास्त्री र अनुमानकर्ताहरू मौन छन् । अपराधविद्ले ‘थाहा’पाइसकेका र सजिलै सावित गर्ने पुष्पकमलका ढोंगी र प्रायोजित आ“सु (गोहीको आ“सु) र मलिन अनुहारको रहस्यप्रति बेसरोकार रहनु डेढ करोड महिलामाथि अन्याय हो । मदन–आश्रित र राजा वीरेन्द्रको वंश विनाश– दुवै नरसंहारका योजनाकर्ताको अभीष्ट र उद्देश्य समान थिए । तिनीहरूको पहिलो प्रमुख उद्देश्य नेपालको राष्ट्रिय स्वाधीनताका पहरेदारहरूलाई छानी–छानी सिध्याउनु र दोस्रो यी दुवैको ठाउ“मा आफै“ वा आºना कठपुतलीलाई पु¥याउनु ।

तर, गोत्रहत्या र मित्रहत्याका मतियारलाई ती ठाउ“मा त पु¥याइयो तर टिक्न सफल भएनन्, सारा विश्वले अनुभूत गरेको सत्य हो यो । नेपाली समाजका स्वनामधन्यहरू अनौठा र अप्रासंगिक तर्क, अभिव्यक्ति, अवधारणा, अनुमान र निष्कर्ष निकाल्न अभ्यस्त छन् । १९ वर्षअघि मदन भण्डारीको रहस्यात्मक हत्या कसले ? किन ? र कुन उद्देश्यका लागि ग¥यो ? यसबीच अनुमान र व्यक्तिपिच्छेका निष्कर्षको बाढी नै चल्यो । त्यो जघन्य हत्याको एक मात्र जिउ“दो साक्षी अमर लामालाई पनि मारियो । लामामार्फत कुन प्रयोजन हासिल गरेर कसले कहा“ बसी सिध्याउने निर्देशन दियो ? अनुमान र निष्कर्षका खेतीपाती गर्नेहरू यता मौन छन् । लामालाई सिध्याउ“दासम्मका तथ्य आफै“ बोल्छन् – जसलाई मदनको उचाइ र क्षमताप्रति ईष्र्या थियो, कुनै पनि नाम वा आवरणमा वर्गसंघर्षको लाइनबाट पलायन भएर जनताको बहुदलीय जनवादको बाटो हि“ड्नु थियो र भण्डारीको त्यो स्थान ग्रहण गर्नु थियो उसैले हत्या गराएको कुरा सुस्पष्ट छ । भण्डारीलाई सधै“का लागि पन्छाएर अन्ततः कसले त्यो बाटो समात्यो र स्थान ग्रहण गर्न तम्सि“दै छ ? सबैका अगाडि दिनको घामझै“ छर्लंग छ । तर, त्यतातिर पीठ फर्काउने तर्कशास्त्री र निष्कर्षकर्ताहरूका लागि सत्य उद्घाटित भएको दिन पश्चात्ताप गर्ने समय बा“की नरहन पनि सक्छ ।

अध्यात्मवाद भन्छ ः कुकर्मको फल भोग्नैपर्छ; व्यवहारवाद भन्छ ः पाप धुरीबाट कराउ“छ; माथि उल्लेख भएझै“ माक्र्सवाद भन्छ ः हरेक वस्तुको विकास वा विनाश त्यसको आºनै आन्तरिक अन्तरविरोधबाटै हुन्छ । यी सार्वभौम सत्य दाहाल–बाबुरामको हकमा चाहि“ लागू नहुने कुरै थिएन, अहिले त्यही भएको छ । यिनका चिन्तन प्रणाली, कुकर्म र व्यवहारले पतनशीलताको उत्कर्ष रूप देखिएको देखिएकै छ, पुष्टि भएको भयै छ र अहिले त्यो एकप्रकारले पराकाष्ठातिर पुगेको छ । भृकुटीमण्डप मेलाले लाहाछाप लाएर डामिसकेपछि– दाहाल बेइमान हुन्, भ्रष्ट हुन्, अनैतिक हुन्, धोकेबाज हुन्, आडम्बरी–ढोंगी–पाखण्डी हुन् आदि भनेर अब हामी कसैले उनको भण्डाफोर गरिरहनुपर्दैन ।

त्यसैगरी, विस्तारवादको असली कठपुतलीको भूमिकामा रहेका बाबुराम– जनविरोधी हुन्, परिवर्तनविरोधी हुन्, माक्र्सवादविरोधी हुन्, राष्ट्रघाती हुन् र सामान्य सुधारविरोधी पनि हुन् भन्ने कुरा उनको सरकारले ८ पटकसम्म बढाएको पेट्रोलियम पदार्थ र अन्य उपभोग्यवस्तुमा गराएको चौतर्फी मूल्यवृद्धि, किसानको मल र बीउ नपाउ“दाको क्रन्दन, चित्कार तथा हाहाकार, सकुम्बासीको बिचल्ली, बाबुरामपत्नी हिसिला यमीमार्फत सञ्चालित भ्रष्टाचार, कमिसनतन्त्र र दलालीको साम्राज्य र पछिल्लोपटक राष्ट्रिय अस्मितालाई ठाडै विस्तारवादको जिम्मा लगाइदिने गरी भएको विमानस्थल हस्तान्तरण प्रकरण मात्रै पनि काफी छन् । त्यसैले, हामीले ६ वर्षअघि देखेको सत्य पतन र बदनामको सीमासम्म पुग्न दाहाल–बाबुराम स्वयंका चिन्तन, व्यवहार र नियतका शृंखला जिम्मेवार छन् । पछिल्ला घटनाक्रमले रहस्यात्मक र दक्षिणपन्थी भासमा पुगेको कथित ठूला मान्छेका कुकर्म, धोखाधडी र पतन कुन हदसम्म हुन सक्नेरहेछ भनेर समाजशास्त्रीको दिमागमा तरंग ल्याइदिएको छ । ६ वर्षअघि आमजनताबाट फूल–माला र अबिर ग्रहण गरी जयजयकार खा“दै हि“डेकाहरू आज अपमान, तिरस्कार, आक्रोश, भत्र्सना र निशानाको वर्षे भेलमा पौडि“दै छन्, भविष्यमा पनि तिनीहरू पार लाग्ने कुनै गुञ्जायस छैन ।

जनयुद्धकालमा यस्ता दिन पनि आए, जतिबेला दाहाल–बाबुरामका हली, हुलाकीदेखि भरियासम्मको जिम्मेवारी यो पंक्तिकार र लाखौ“ जनसमुदाय तथा युवाले निर्वाह गरेका थियौ“ । यदि दाहाल–बाबुरामका विचार, व्यवहार र नियत ठीक हुन्थ्यो भने हामीले आजसम्म एक नया“, समृद्ध र स्वाधीन मुलुक पाइसकेका हुने थिया“ै । अत्यन्त दुःख, क्षोभ र पश्चात्तापसाथ भन्नुपर्छ– ठूलो बलिदान संघर्षपछि यस्तो मुलुकको नागरिक बन्ने अवसरबाट हामी र सम्पूर्ण नेपालीलाई विमुख पारियो । त्यसो नगरिएको भए आज आफूलाई ‘दाहाल–बाबुरामका हली–हुलाकी र भरिया पो बनिएछ’ भनेर ग्लानि गर्दै ‘सुसाइड क्याडर बनेर तिनका अगाडि पड्किऊ“’झै“ लाग्ने थिएन, मुक्तियोद्धा थियौ“÷हौ“ भनेर गर्वानुभूति हुने थियो । त्यसैले परिणाम दाहाल–बाबुरामले मात्रै होइन, जनयुद्धका क्रममा बलिदान गरेका हजारौ“का परिवारजन र हामी सबैले भोगिरहेका छौ“ । भृकुटीमण्डपको निशाना त्यही चोट र पीडाबाट रन्थनिएकाहरूको स्वाभाविक अभिव्यक्ति हो, नेपाली जनताले लामो समयसम्म हिसाब–किताबको खोजी जारी राख्नेछन् । (लेखक अखिल नेपाल ट्रेड युनियन महासंघका संयोजक हुन्)

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान