लेख/रचना
 
लेखनाथबारे केही लेख्दा...
– गोविन्द भट्टराई
 
उनको उमेरका दौंतरीको दिनचर्या हाई काढेर अनि तासका खालमा जमेर बित्ने गरेको छ । उनी भने बिहानदेखि बेलुकासम्म टायल उद्यममा व्यस्त छन् । राजनीतिक कुरा गरेर दिन बिताउने फुर्सद छैन । उनी हुन्– अर्घाखा“ची सिद्धारामा ०११ सालमा बुबा गजाधर बेल्वासे र आमा चन्द्रकलाको कोखबाट जन्मिएका लेखनाथ बेल्वासे । लेखनाथ अचेल कपिलवस्तु जिल्लाको बरकलपुर गाउ विकास समितिको इमिलियामा दीप सिमेन्ट टायल उद्योग सञ्चालन गरिरहेका छन् ।

आफू चौबिसै घन्टा उद्यममा समर्पित लेखनाथले सहयोगका लागि २ जनालाई स्थायी रोजगारी दिएका छन् । नपुग जनशक्ति आवश्यकताअनुसार ज्यालादारीमा (अस्थायी) परिचालन गर्ने गरेको बताए । बुबाकै पालामा कपिलवस्तु झरेका बेल्वासेले खैरेनीपुर, चनइमा आठ वर्ष उद्योग सञ्चालन गरेपछि हालको ठाउ“ रोजेका हुन् । सिमेन्टका रिङ, रेलिङ, टायल, बाउन्ड्री पोललगायत घरमा प्रयोग हुने सामग्री उत्पादन गर्ने लेखनाथ व्यस्त रहेको बताउ“छन्, ‘माग पूरा गर्न सकेको छैन ।’

कहा–कहाबाट आउछ माग ? जवाफ दिन्छन्, ‘चनई, बरकलपुर, हरिहरपुर, दुविया, महेन्द्रकोट, बुड्ढी, जयनगर, भलवाडलगायत ठाउ“बाट आउ“छ ।’ यद्यपि, सबैजसो ठाउ“मा यस्ता सामग्री उत्पादन गर्ने उद्योग छन् र पनि लेखनाथकै सामग्री खोज्दै आउनुको कारण ? रहस्य यस्तो रहेछ, ‘मेरो उत्पादन २० वर्ष ढुक्कै टिक्छ, किनकि पोखरीमा करिब १५ दिन डुबाएर मात्र बिक्री गर्छु । यसो गर्दा टुटफुट हुदैन ।’

पानीका लागि २५० फिट गहिरो नलकुप जोडेका छन् । २ वटा पोखरी छन् । बोरिङमा जस्तै १ इन्च पानी निरन्तर आइरहन्छ । बटुवासमेत चिसोपानी खान धुइरिन्छन् गर्मीमा । नजिककाले खडेरीमा धानको बीउ राख्न र तरकारीका लागि सि“चाइमा प्रयोग गरे । कति लाग्छ यस्तो उद्योग चलाउन ? बेल्वासे भन्छन्, ‘विदेश जान गरिने लगानीभन्दा बढी लाग्दैन । मैले एक लाख ४० हजार लगानी गरेको थिए“ । ऋण तिरिसके“ ।’ टायल उद्योगअघि ०५० सालबाट कर्महनामा होटल गरेका उनले त्यसअघि चनईमा १० वर्ष होटल व्यवसाय गरेका थिए । होटल व्यवसाय र अहिलेको उद्योगमा के फरक छ ? उनी भन्छन्, ‘सिमेन्ट उद्योगमा आफू खट्नुपरेन तर होटलमा नखटे लगानी डुब्छ ।’

हालको व्यवसायको फाइदाबारे उनको अनुभव छ, ‘गर्न सके टायल उद्योगबाट निराश हुनुपर्दैन । दुःख गरेर डेढ लाख हाराहारीमा जोगाउन सकेको छु । मेरो कमाइ त्यही हो । २ छोरा, ३ छोरीका पीता लेखनाथ उद्योगमा एक्लै रहनुपर्दा कहिलेकाही“ दिक्क लाग्ने गरेको सुनाउ“दै कर्महनामा रहेका परिवारलाई अब सबै स“गै बस्ने प्रस्ताव राखेको सुनाउ“छन् । कुनै बेला भारत आसाम गुहावटीमा भारतीय सेनामा भर्ती हुन गएका बेला राति सोच आएछ उनलाई– योभन्दा घरमै फर्कन्छु । त्यसपछि फर्केर पेसा समाएको सुनाउ“छन् ।

घरबारी साहुको बन्धकी राखेर वा चर्को ब्याजमा ऋण लिएर विदेश जान हतारिएका युवायुवतीलाई लेखनाथको सुझाव छ, ‘अर्काको मुलुकमा गएर पुर्परो समाती फर्कनुभन्दा देशमै उद्यम सुरु गरे राम्रो हुन्छ । धैर्यता र लगनशीलता भने चाहिन्छ ।’ कुन पार्टीमा सक्रिय हुनुहुन्छ भन्दा लेखनाथ भन्छन्, ‘उद्यमीको ठूलो पार्टी भनेको आफ्नै व्यवसाय हो ।’ वैचारिक आस्था जुनकुनै पार्टीमा राखे पनि मिहिनेत गर्न छाडेर भाषणको भर पर्नु आफ“ैलाई धोका दिनु हो भन्ने बुझाइ रहेको छ उनको । तपाईंलाई पनि केही गरेर धन आर्जन गर्ने मन छ कि वा विदेशै लाग्ने विचार गर्नुभयो, उद्यम गर्ने मन भए एकपटक लेखनाथको पौरख अवलोकन गर्न जाने कि ?

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान