काठमाडौं । बिपी स्मृति दिवसको दिन सुन्दरीजलको बिपी संग्रहालयमा आयोजित कार्यक्रममा संस्कृतिमन्त्री पोष्टबहादुर बोगटी अतिथिका रूपमा आमन्त्रित हुँदा सरकार सामेल कार्यक्रममा कांग्रेसले सहभागिता नजनाउने भन्दै कांग्रेसका कुनै पनि नेता गएनन् । यो देख्दा कार्यकर्ताले गहभरि आँसु पार्नुप¥यो । गत जेठ २६ गते २२ दलको बृहत् शक्ति प्रदर्शनी भन्दै आयोजित कार्यक्रममा बाग्मती अञ्चलका ७ वटा जिल्लामा नेपाली कांग्रेसले मान्छे उतार्ने नाममा १÷१ लाख बाँडिएको थाहा भएको छ । राष्ट्रिय आन्दोलन समितिको संयोजक प्रकाशमान सिंहले नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीको तर्फबाट क्षेत्र नं. १ का सभापति गोविन्द थपलियालाई बाँडिएको एक लाख पारदर्शी नभएपछि महत पक्षधर नेता प्रकाशमानको ढोका ढकढक्याउन पुगेका छन् । बाँडिएको रकम कहाँ खर्च भयो, के भयो केही थाहा भएन तर त्यो रकम सदुपयोग भएन । हामीले क्षेत्र नं. २ र ३ बाट १ लाख १७ हजार उठाएर आफ्नै खर्चले १३ वटा गाडीमा कार्यकर्ता काठमाडौं ल्यायौ“ तर पार्टीले दिएको रकम कहा“ पुग्यो ? महत पक्षधर नेताले भने । पार्टीले पैसा बाँडेको थाहा पाएपछि प्रकाशमानको ढोकामा पुग्दा त्यसको २ सातामै पार्टीले जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको नाममा दिइएको पैसा के–केमा खर्च भयो, विवरण पेस गर्नू भनी पत्र पठाइएको बुझिएको छ । केसीले भने उक्त रकम जिल्लामा पार्टीको भवन बनाउन खर्च गर्ने बताउने गरेका छन् । यस विषयमा बुझ्न पटक–पटक सम्पर्क गर्दा उनले मोबाइल उठेन भने घरको नम्बरमा फोन गर्दा श्रीमतीले भनिन्– ‘खै ! बैठककोठामा पनि होइसिन्न, लुगा लाइसिएको रै’छ, बाहिर गइसियो होला ।’