समाचार अपडेट
 
एक रात आएर करोडौं भुक्तानी
 
काठमाडौं । गैरआवासीय नेपाली उपेन्द्र महतोले स्पाइस नेपाल(एनसेल) बिक्री गर्दा प्राप्त आम्दानीबापतको सम्पत्ति कर चार वर्षपछि बुझाएका छन् । महतोले सन् २००८ मा स्पाइस नेपाल (अहिलेको एनसेल)को केही हिस्सा नर्वेको कम्पनी टेलियोसोनेरा होल्डिङलाई बिक्री गरेका थिए ।

कर कार्यालयले महतोका लागि त्यतिबेला ६० करोड रूपैया“ हाराहारीको कर निर्धारण गरेको थियो । तर, उनले कर बुझाउन ढिला गर्दै आए । कर कार्यालयले ताकेता गरेपछि डा. बाबुराम भट्टराई अर्थमन्त्री हुदा महतोले २४ करोडको हाराहारीमा कर तिरे । बा“की कर भुक्तानीमा विवाद हु“दै आएको थियो । यसपटक उपेन्द्रको कम्पनी सिनर्जी नेपालले एनसेलको २० प्रतिशत सेयर हिस्सा अर्का गैरआवासीय नेपाली निरजगोविन्द श्रेष्ठलाई हस्तान्तरण गरेपछि बा“की रकम भुक्तानीका लागि उनीमाथि दबाब परेको थियो । उनले असार अन्तिम साता ठूला करदाता कार्यालयमा पुरानो बक्यौता कर तिरेको स्रोतले जानकारी दियो ।

करसम्बन्धी हिसाब मिलानका लागि महतो एक रात काठमाडौंमा आएको स्रोतले जानकारी दियो । ‘तीन साताअघि चीनबाट एक दिनका लागि नेपाल आउनुभएको थियो, नेपालमा एक रात एक बिहान बसेपछि नेपालबाट बाहिरिनुभएको हो,’ स्रोतले जानकारी दियो । नेपालपछि महतो क्यानाडा र अमेरिका गएका थिए । उता, नेपालमा निजी क्षेत्रको पहिलो ठूलो दूरसञ्चार कम्पनीका रूपमा स्पाइस नेपाल स्थापित गरेका महतो नेपालको दूरसञ्चार क्षेत्रबाट बाहिरिएका छन् । महतोले स्पाइस नेपालमा लगानी गर्नुका साथै कजाकस्तानी कम्पनी भाइजर समूहको लगानी पनि भिœयाएका थिए । अब स्पाइस नेपालमा टेलियासोनेरा र भाइजर कम्पनी साझेदार भएको टेलियासोनेरा एसिया होल्डिङ ए बीको ८० प्रतिशत र निरजगोविन्दको २० प्रतिशत सेयर छ । टेलियासोनेरा एसिया होल्डिङमा भाइजर कम्पनीको २५ दशमलव ४ प्रतिशत र टेलियासोनेराको ७४ दशमलव ६ प्रतिशत सेयर लगानी छ । उता, उपेन्द्र महतोले नेपाल स्याटेलाइट कम्पनीमा भएको लगानी पनि टेलियासोनेरालाई बिक्री गरेका छन् । मध्यपश्चिममा मोबाइल सेवा सञ्चालन गर्नेगरी हेलो नेपालको सञ्चालन गर्न नेपाल स्याटेलाइटका लागि अजय सुमार्गीले लाइसेन्स लिएका थिए ।

लाइसेन्स लिएपछि नेपाल स्याटेलाइटमा महतोको साइप्रसी कम्पनी एअरवेलले ५० प्रतिशत लगानी गरेको थियो । त्यही एअरवेलले पछि सुमार्गीको थप २५ प्रतिशत सेयर किनेर नेपाल स्याटेलाइटमा एअरवेलको ७५ प्रतिशत हिस्सा पु¥याएको थियो । यो कम्पनीको ५१ प्रतिशत सेयर महतोले अघिल्लो वर्ष बिक्री गरेका थिए भने उनले तीन महिनाअघि थप ४९ प्रतिशत सेयर बिक्री गरेका छन् । साइप्रसको एअरवेल कम्पनी बिक्री गरेपछि उपेन्द्रको नाममा अब नेपालमा कुनै पनि टेलिकमको सेयर छैन । तर, उनका बहिनी–ज्वाइ“ रघुवीर महासेठका नाममा भारतीय संयुक्त लगानीमा स्थापित युनाइटेड टेलिकम लिमिटेड (युटिएल)मा १५ प्रतिशत सेयर छ । युटिएल स्थापना गर्दा २० प्रतिशत सेयर भएको विशाल समूहले महासेठलाई १५ प्रतिशत सेयर दुई वर्षअघि बिक्री गरेको थियो ।

उता, एनसेलले अब हेलो नेपाल पनि सञ्चालन गर्ने घोषणा गरेको छ तर नेपालको कानुनले टेलिकम कम्पनीमा क्रसहोल्डिङ हुन नहुने नीति तय गरे पनि कानुन भने बनाएको छैन । दूरसञ्चार प्राधिकरणले छलफलमा ल्याएको नया“ नीतिका कारण ठूला टेलिकम कम्पनी मर्ज हुन नसक्ने र क्रस होल्डिङ पनि गर्न नहुने व्यवस्था छ । यो व्यवस्थाका विषयमा सञ्चार मन्त्रालय, प्रधानमन्त्री कार्यालय, दूरसञ्चार प्राधिकरणमा छलफल चलिरह“दा एनसेलको सञ्चालक टेलियासोनेराले हेलो नेपाल किनिसकेको र अब ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्ने घोषणा गरेको छ ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान