छोराहरूलाई एक्लाएक्लै छाड्दा...
काठमाडौं । तपार्इं आºना बालबच्चालाई छुट्टीका दिन कतै घुमाउन लैजादै हुनुहुन्छ वा राजधानीको भृकुटीमण्डपभित्र रोटेपिङ खेलाउने उद्देश्यले लिएर जा“दै हुनुहुन्छ वा एक्लै पठाउदै हुनुहुन्छ भने होसियार ! किनभने, कांग्रेस नेताका भाइभारदारले वर्षाैंदेखि ठेक्कामा घुमाइरहेको सो रोटेपिङ यसै साता प्रहरीले बन्द गर्नुका साथै ६ जनालाई पक्राउ गरेको छ ।
यसै साता एकातिर माओवादीको विस्तारित बैठक चलिरहेको थियो, अर्कातिर छेवैमा रहेको चिल्ड्रेन पार्कमा रोटेपिङ घुमिरहेको थियो । प्रहरीले विस्तारित बैठककै बेला रोटेपिङको ढोकामा ताल्चा लगाएर आधा दर्जन कांग्रेसी ठेकेदारलाई पक्रेको हो । तर, सरकारमा माओवादी रहेको र रोटेपिङ कांग्रेसले घुमाएका कारण उनीहरू समातिएका चाहि“ होइनन्, बरु यसका पछाडि एउटा भयंकर दुर्घटनाले काम गरेको छ, जसलाई थाहा पाएपछि सबै बुबाआमाले सोचे हुन्छ, विभिन्न ठाउ“मा सञ्चालन गरि“दै आएको रोटेपिङमा बच्चालाई घुमाउनु भनेको फोकटमा खतरा निम्त्याउनु हो ।
गत शुक्रबार चर्चित कलाकार कृष्णमुरारी ढुंगेलका छोरा र त्रिवि शिक्षण अस्पताल, इमर्जेन्सी विभागका डा. रमेश आचार्यका छोरा दुईभाइ मिलेर भृकुटीमण्डपमा रोटेपिङ खेल्न गए । खेलिसकेर ओर्लिने क्रममा दुवै खुट्टा भुइमा झारिनसक्दै पिङले डा. आचार्यका १९ वर्षे छोरालाई माथि लग्यो र हुत्याइदियो । करिब ८० किलो तौल भएका किशोर पिङको तीन–चार ठाउ“मा बजारि“दै भुइ“मा खस्दा कम्मरदेखि तिघ्रासम्मको भाग च्यातिनुका साथै फियो फुटेर शरीरभरि रगतको पिच्कारी छुट्यो । संयोगवश माओवादी बैठकको निगरानीका लागि छेवैमा राखिएको प्रहरी भ्यानमा रहेका प्रहरीले थाहा पाई तत्कालै पर्खाल नाघेर उनलाई १० मिनेटमै छेवैको मोडल अस्पताल पु¥याए । तत्काल अप्रेसन नगरे बा“च्न नसक्ने स्थिति थियो, डा. रमेश आफै“ भनिरहेका थिए– आशा गर्ने ठाउ“ छैन । उनलाई करिब २० जना सर्जन मिलेर तत्कालै अप्रेसन गरे । बिहीबारदेखि भेन्टिलेटरविनै आफै“ सास फेर्न थालेका उनले जीवनदान पाएका छन् र हिजोदेखि खतरामुक्त अवस्थामा आएको डाक्टरहरूले बताएका छन् । स्रोत भन्छ, डाक्टरकै छोरो भएकाले मात्रै, सर्वसाधारणका छोराछोरी यस्तोमा परेको भए बा“च्ने आशै थिएन ।
स्रोतका अनुसार यो घटनापछि पीडितको जाहेरीका आधारमा पिङ सञ्चालकमध्येका ६ जनालाई प्रहरीले पक्रेर पिङ बन्द गराएको छ । यो रोटेपिङ कांग्रेस नेता पाल्तेन गुरुङका भाइ टेकबहादुरले ठेक्कामा लिएका हुन् । पछि उनीहरूबाट कमिसन खा“दै छैटौ“ तहलाई बेचिएको रहस्य प्रहरीले पत्ता लगाएको छ ।
बालबच्चा र किशोर÷किशोरीका लागि खेल्ने स्थानको अभाव रहेको राजधानीमा रमाइलो मेलाका रूपमा पैसा कमाउने उद्देश्यले सञ्चालित यस्ता पिङ बालबालिकाका लागि जोखिमपूर्ण छन् भन्ने शिक्षा यो डरलाग्दो दुर्घटनाले दिएको छ ।