प्रमुख समाचार
 
रोइदिने मान्छे त्यताबाट रमाना
 
काठमाडौं । एनबी समूहका लक्ष्मीबहादुर श्रेष्ठ र जितबहादुर श्रेष्ठलाई अब बैंक सञ्चालन गर्न कठिन हुने भएको छ । श्रेष्ठ बन्धुका लागि लबिङ गर्ने र उस्तै परे बोर्ड बैठकमै रोइदिने राष्ट्र बैंकका सञ्चालक शम्भुशरण कायस्थको अवधि सोमबारबाट सकिएको छ । ०६४ साउन ८ गते राष्ट्र बैंकको सञ्चालक बनेदेखि नै उनले श्रेष्ठ बन्धुको पक्षमा लबिङ गर्दै आएका थिए । यसैकारण राष्ट्र बैंकले श्रेष्ठ बन्धुका दुई बैंक एनबी र एनसिसीमा हात हाल्ने निर्णय गर्नासाथ उनी बैठकमै रोइदिन्थे ।

पछिल्लोपटक राष्ट्र बैंकले एकाघरका बैंकहरूलाई मर्ज गर्न दबाब दिइरहेको छ तर एनबी र एनसिसी बैंकको हकमा राष्ट्र बैंक कायस्थकै कारण कडा बन्न सकेको थिएन । एक वर्षअघि दुवै बैंकले मर्जमा जान विशेष साधारणसभा आह्वान पनि गरे तर कायस्थले खेलेपछि यी दुवै बैंकको विशेष साधारणसभा रोकियो । राष्ट्र बैंकलाई अल्मल्याउन लक्ष्मीबहादुरले एनबी बैंकमा बंगलादेशी लगानीकर्ता भिœयाउने र दुवै बैंकमा भएको एनबी समूहको ऋण सल्टाउने बचनसमेत राष्ट्र बैंकलाई दिए तर पटक–पटक दिएको वचन पूरा नभएपछि गभर्नर डा. युवराज खतिवडाले कारबाहीमा उत्रने चेतावनी दिए ।

तर, कायस्थ बोर्डमा भएकै कारण खतिवडाको चेतावनी त्यत्तिकै रह्यो । यही गुणको बदला तिर्न श्रेष्ठ बन्धुले कायस्थकी छोरीको बिहे खर्चसमेत आफ“ै उठाएका थिए । उनीहरूले कायस्थकी छोरीको बिहे सानेपास्थित आफ्नै इन्टरनेसनल क्लबमा गराइदिए । त्यसो त कायस्थ नेपाल बैंकमा हु“दासमेत बदनाम भएका हुन् ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान