काठमाडौं । आँसुका अगाडि अख्तियारको केही नचल्दो रहेछ † २९ करोडको सुडान घोटाला प्रकरणदेखि प्रहरी कल्याणकारी पेट्रोल पम्पको दुई करोड ३९ लाखसम्मको घोटाला मुद्दा हेरेको अख्तियारलाई साढे दुई करोडको घोटाला भारी परेको छ ।
विशेष अदालतमा मुद्दा पेश भएपछि सुडान घोटाला प्रकरणका २९ आरोपीमध्ये अधिकांशले दुई–चार करोडका धरौटी चुड्कीका भरमा ºयाँकिदिए । आममान्छेले बुझे, पुलिसका लागि दुई÷चार करोड केही होइन रहेछ । यस्तै बुझाइमा अख्तियारका अधिकारी पनि थिए । तर, त्यो बुझाइ भ्रमपूर्ण रहेछ । पेट्रोल पम्पको घोटाला मुद्दा विशेष अदालतमा पेस भएलगत्तै त्यो मुद्दालाई अझ बलशाली बनाउन के–के गर्नुपर्ला भनी अघिल्लो साता अख्तियारमा बैठक चल्दै थियो । मूलद्वारदेखि उच्चाधिकारीको कार्यकक्षसम्म पुग्नलाई दुई–तीन ठाउँको सोधपुछ र चेकजाँच पूरा गर्नुपर्छ । त्यस्तोमा कार्यालय बाहिरको कोही मान्छे अकस्मात बैठक कक्षमा छिर्ला र आºनो कुरा राख्ला भन्ने सामान्य अनुमान पनि कसैले गर्न सक्दैन । तर, त्यो बैठकमा कसैले अनुमान गर्न नसक्ने घटना भयो ।
सचिव भगवतीप्रसाद काºलेको कार्यकक्षमा मुद्दाका अनुसन्धान अधिकृत, महान्यायाधिवक्ताको कार्यालयबाट खटिएका अधिकारीसहितको बैठक चल्दै थियो । पूर्वसूचनाबिना नै एकजना ३६–३७ वर्षका व्यक्ति प्रवेश गरी डाँको छाडेर रोए । अनि भने, ‘म बर्बाद भए“ हजुर । मेरा बालबच्चाको चिहिलबिहिल भयो । दुईटा गाँस खान पाए पुग्ने म बबुरोलाई यो के गरिबक्स्या हजुर ? म सकिएँ हजुर, बर्बाद भएँ...† खानेले खाइसके, नखाने बबुरोलाई यो के गरिबक्स्या हजुर...†’
‘मर्ता क्या नहीँ करता’ भनेजस्तो भनसुन गर्ने ठाउँ र जोगाइदिने मान्छे नभएपछि तल्लो तहका प्रहरी कुन हालतमा पुग्छन् भन्ने एउटा प्रमाण पनि हो यो । ती प्रहरीको आँशुले बैठकमात्र अबरुद्ध पारेन, अख्तियार अधिकारीहरु आºनै आँसु पुछ्दै बाहिरिए । उनी थिए, प्रहरी कल्याणकारी पेट्रोल पम्प घोटाला प्रकरणको मुद्दा विशेष अदालतमा बुझाएसँगै निलम्बनमा परेका नायब निरीक्षक (सई) पुष्प वली । वलीसँगै इन्स्पेक्टर जोगलाल डंगोल, सईहरु आनन्द रोका, डोरबहादुर राई र नयनबहादुर बोहरा पनि निलम्बनमा परेका छन् । वलीले भक्कानिँदै सुनाए, ‘हामीले केही पाएनौं, केही खाएनौं । खाने–पाउने अरु नै छन् हजुर † हामी साना दर्जालाई झोसेर हजुरहरुको के कल्याण भयो र ?’ वली यसरी रोइरहँदा उनलाई त्यहाँ भएका कसैले पनि सहानुभूति दिएनन् । बरु, अनुसन्धान क्रममा उनीसँग बयान लिएका एकजना अधिकारीले भने, ‘मुद्दा गइसक्यो । हामीले गर्ने अब केही छैन । त्यही पनि हेरौंला, तपाईंको बारेमा केही सोचौंला...†’
वलीका कारण बैठक अवरुद्ध भएपछि अख्तियार प्रशासनले त्यहीँभित्रको प्रहरी युनिटलाई सोध्यो, ‘वली कसरी भित्र छिरे ? किन त्यसरी बैठकमा सरासर जान दिइयो ?’ प्रहरीसँग जवाफ सजिलो थियो, कि वली आफैं बहालवाला प्रहरी हुन् । उनले आºनो नाम र परिचयपत्र देखाउँदा कहीँ चेकजाँच हुँदैन, कसैले रोक्दैन पनि । एकजना प्रहरी अधिकृतले अख्तियार अधिकृतलाई भने, ‘त्यसरी आउँछ भन्ने जानेको भए हामी उसलाई हाम्रै कोठातिर ल्याएर सम्झाउँथ्यौं, तर छापामारजसरी छि¥यो †’