साप्ताहिक समाचार
 
अठ्ठाइस तलामा को–को आतुर ?
 
काठमाडौं । प्रधानमन्त्रीपत्नी हिसिला यमी र प्रधानमन्त्रीको सबैभन्दा नजिकका मन्त्री टोपबहादुर रायमाझी यतिबेला एउटा २८ तले भवनको चक्करमा छन् । ठेकेदारबीच हुने प्रतिस्पर्धामा उनीहरु अहिले एउटाको पक्षमा धुँवादार लागेको स्रोतले जनाएको छ । काठमाडौं महानगरपालिकाले हाल सञ्चालनमा रहेको पुरानो बसपार्क हातामा २८ तले भवन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । महानगरपालिकाले सो भवन निर्माणका क्रममा गरेको बोलपत्र आह्वानमा ६ वटा विभिन्न कम्पनी प्रतिस्पर्धामा छन् ।

तर, महानगरपालिकाकै वरिष्ठ अधिकारीसहित प्रमपत्नी यमी र मन्त्री रायमाझी एउटाका पक्षमा निक्कै जोडसँग लागि परेका हुन् । त्यसरी शक्तिकेन्द्रको साथ पाएको कम्पनी हो, तेह्रथुमका मनोजकुमार भेटवाल सञ्चालक रहेको इनोभेटिभ कन्सेप्ट प्रालि । महानगरपालिकाको योजनाअनुसार कम्प्लेक्सको तल्लो दुई तलामा अत्याधुनिक टर्मिनल रहने छ, जहाँ राजधानीका सार्वजनिक सवारी साधनहरुले यात्रु चढाउने र ओराल्नेमात्र सुविधा पाउने छन् । त्यसमाथिका तला बैंक, बित्तीय संस्थासहित विभिन्न किसिमका व्यापारिक कारोबारका लागि भाडामा लगाइने छ र सबैभन्दा माथिल्लो तलामा रुफ टप रेस्टुरेन्ट र हेल्थ क्लब चलाइने छ । यस्तो आकर्षक र ऐतिहासिक परियोजनाका लागि इनोभेटिभसँगै विश्वका विभिन्न मुलुक भ्याइसकेको जापानिज कम्पनी मारुसिन सिताका पेराले पनि बोलपत्र पेस गरेको छ ।

त्यसबाहेक जलेश्वर बि. फोर्ड, स्वच्छन्द निर्माण सेवा, कालिका निर्माण कम्पनी, रसुवालगायत छन् । तर, यी तीन कम्पनी इनोभेटिभकै योजनाअनुसार बढाबढमा सहभागी भएको स्रोतले जनाएको छ । काठमाडौं सहरका विभिन्न भागमा निर्मित आकाशे पुल निर्माणका क्रममा महानगरपालिकाका अधिकारीहरुलाई रिझाएकै कारण इनोभेटिभका पक्षमा अहिले त्यहाँका वरिष्ठ अधिकारीहरु दौडधुपमा लगेका छन् । यसअघि कलंकीमा आकाशे पुल निर्माणको विवाद चल्दा उनीहरुकै दौडधुप र प्रमपत्नी यमीको सहयोगमा पुल निर्माण भएको थियो । अहिले इनोभेटिभका पक्षमा दौडने महानगरपालिकाका अधिकारीमा प्रशासन प्रमुख ज्ञानेन्द्रबहादुर कार्की, प्रशासनकै महेश काºले, इन्जिनियरिङ प्रमुख शान्तराम पोखरेल, रामहरि फुयाँल मुख्य हुन् । इनोभेटिभले उनीहरुलाई मोबिलाइजेसन फन्डबाटै प्रतिव्यक्ति ५० देखि ६० लाखका दरले रकम दिने वाचा गरिसकेको महानगरपालिका स्रोतले जनाएको छ ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान