काठमाडौं । आन्दोलनमा कष्ट व्यहोरेका कार्यकर्ताले पार्टीमा सुधार ल्याउन आºनै नेतामाथि प्लास्टिकका राता कुर्सी बर्साइरहेका बेला जनयुद्धकालभरि कतार बसेका मन्त्रीका एक आफन्त भने स्वकीय सचिव बन्दै अमेरिकामा व्यापार गर्ने हैसियतमा पुगेका छन् । एमाओवादीका नेताले गुट अन्त्यका लागि आ–आºना सचिवालय र गुटका मानिस साटफेर गर्ने निर्णय गर्दा आºना स्वकीय सचिवलाई अमेरिका पठाई उतै व्यापारमा लगाउने शान्ति तथा पुनर्निर्माणमन्त्री टोपबहादुर रायमाझी हुन् । रायमाझीका भाइ भीमबहादुर पार्टी कार्यकर्ता भए पनि जनयुद्धकालभरि मुलुक छाडी कतार गएर शान्तिपूर्वक बसे । पार्टी शान्तिवार्तामा आएर सरकारमा सहभागी भएपछि मात्र उनी फर्किएका हुन् । तर, ठूलोबाबुका छोरा दाजु टोपबहादुर रायमाझी बाबुराम समूहका विश्वासपात्र नेता भएकाले लगातार मन्त्री बनिरहेपछि भीम नेपाल फर्किए । भाइ आएपछि टोपबहादुरले आन्दोलनमा खारिएका थुप्रै कार्यकर्तालाई पन्छाएर भाइलाई स्वकीय सचिव बनाए । टोपबहादुर भौतिक योजना, स्थानीय विकास तथा शान्तिमन्त्री भएका बेला भीम नै स्वकीय सचिव बने ।
स्वकीय सचिव बनेपछि भीमको जीवनस्तर उचालि“दै गयो । ललितपुरको हरिसिद्धिमा घडेरी मात्र जोडेनन् बंगला नै ठड्याउन भ्याए । मन्त्रीको पिए भएर मात्र जीवनमा खासै फरकपन नआएको महसुससहित उनी अमेरिका भास्सिने योजनामा लागे । दाजु मन्त्रीकै साथ–सहयोगमा भीम अहिले अमेरिकाको न्युयोर्कमा छन् ।
रमाइलो कुरा त यो छ कि जनताका लागि जीवन अर्पिएर हि“डेका मन्त्रीले भीमलाई उतै व्यवसाय गर्नेगरी राज्यकै पैसा खर्च गरी पठाएको बुझिएको छ । उनलाई विस्तारित बैठक हुनु केहीअघि मन्त्रीले काठमाडांै महानगरपालिकाको खर्चमा अमेरिका उडाएका हुन् । उनीस“गै गएका कर्मचारी अमेरिकाबाट फर्किए पनि भीम भने न्युयोर्कमै शयर गरिरहेका छन् । मन्त्रीनिकट स्रोतले भीम न्युयोर्कमा बन्द–व्यापारमा लागेको उल्लेख गरेको छ । उनी त्यहा“ डिभी परेर पहिले नै गएका रिमबहादुर क्षेत्रीको निवासमा बसेका छन् । मन्त्रीको स्वकीय सचिव हु“दा उनले प्रयोग गर्ने गरेको मोबाइल ९८४१८५०४४९ मा डायल गर्दा स्विचअफको आवाज बज्छ । हिजो साँझ प्राप्त समाचारअनुसार उनले अमेरिकाको पिआर प्राप्त गर्नका लागि आफू नेपालमा रहँदा कांग्रेस पार्टीको कार्यकर्ता रहेकाले माओवादीबाट पीडित भएको कागजपत्र पेस गरेका छन् । उनी र श्रीमतीका नामबाट पेस गरिएको माओवादीपीडितको प्रमाणपत्र उनले नेपालबाटै मगाएका हुन् ।
यता, लगातार मन्त्री भइरहेका श्रीमान् टोपबहादुरस“गको झगडाका कारण अवध राज्यसमितिबाट कारबाहीमा परेकी श्रीमती योगमाया बन्जाडे (सीमा) पनि हालै सम्पन्न विस्तारित बैठकमा सहभागी थिइन् ।