काठमाडौं । आर्थिक अनियमितताको आरोप लागेर बिहीबार सामूहिक राजीनामा दिएका तेस्रो डिभिजन चितवनका माओवादी कमान्डर धनबहादुर मास्की (राजेश) ले लडाकुको रकमले दाङमा जग्गा किनेको खुलासा भएको छ । साथै उनले लडाकुहरुको असन्तुष्टि साम्य पार्न शक्तिखोर शिविरका केहीलाई नगद, मोटरसाइकल र ल्यापटप बा“डेका छन् । लडाकुको पैसाले जग्गा किनेको मास्कीले पार्टी अध्यक्ष प्रचण्डसमक्ष साविती वयान दिएका हुन् ।
मास्कीले गरेको अनियमितताबारे तेस्रो डिभिजनमा विवाद बढेपछि यसलाई साम्य पार्न पैसा बा“डेर टालटुल गर्ने प्रयास गरेका थिए, तर विस्तारित बैठकमा यो विषय चर्किएपछि अन्य कमान्डरस“गै उनी पनि कारवाहीको दायरामा परेका हुन् । स्रोतका अनुसार कारवाहीबाट जोगिन उनले शिविरमा नगद र जिन्सी बा“डेका छन् ।
यसअन्तर्गत प्लाटुन कमान्डरलाई सात हजार, प्लाटुन भाइस कमान्डरलाई ६ हजार र अरुलाई पा“च हजारका दरले शक्तिखोर शिविरमा रकम बा“डिएको छ । अबकाश रोजेर बाहिर गइसकेकालाई भने केही दिइएको छैन ।
मास्कीको नेतत्वमा असन्तुष्टलाई दर्जा र आक्रोश दुबै हेरेर कम्प्युटर, मोटरसाइकल र नगद बा“डिएको हो । जसअनुसार कम्पनी भाइस कमान्डरहरुलाई दश हजार रुपैया“, कम्पनी कमान्डरलाई पन्ध्र हजार, बटालियन भिसीलाई २५ हजार र बटालियन कमान्डरलाई असन्तुष्टिको मात्रा हेरी चालीस हजार रुपैया“, एउटा ल्यापटप र एउटा मोटरसाइकल बा“डिएको छ । त्यसैगरी बिग्रेड भिसीहरुलाई २ लाख रुपैया“, एउटा ल्यापटप र एउटा मोटरसाइकल दिइएको छ भने बिग्रेड कमान्डरलाई ३ लाख नगद, एउटा ल्यापटप र मोटरसाइकल दिइएको छ । साथै, मास्कीले केही डेपुटी कमान्डरलाई गाडी खरिदका लागिसमेत आर्थिक सहायता गरेको स्रोतको दाबी छ । डेपुटी कमान्डर जनार्दन शर्माले जनमैत्री अस्पताल चलाउन लगेको पा“च करोड रुपैया“ पनि तेस्रो डिभिजनकै रहेको बताइन्छ ।
त्यसो त शिविरमा भएको भ्रष्टाचारविरुद्ध आवाज उठाउनेमा तेस्रो डिभिजन चितवनका लडाकुहरुले निकै बहादुरीपूर्वक संघर्ष गरेका छन् । भ्रष्टाचारको विरोध गर्दा मास्कीको नेतृत्वमा केही लडाकुले पिटाइ खानुपरेको थियो । तर, विस्तारै चितवनका लडाकुले गरेको विद्रोहले सबै शिविरलाई ततायो र अन्ततः कमान्डरहरुले राजीनामा नै दिन बाध्य हुनुप¥यो ।
मास्कीको मन
तेस्रो डिभिजनका लडाकुहरुले पटक–पटक हिसाब मागेपछि गत वर्ष धनबहादुर मास्कीले रोलकल बोलाएर लडाकुबाट उठाइएको १७ करोड रुपैया“ बैंकमा सञ्चित रहेको बताएका थिए । उनले सो रकम सबै लडाकुको भएकाले सामूहिक उत्पादनको काममा लगाउने र यसलाई सबै जनसेनाको सेयरमा प्रयोग गरिने आश्वासन दिएपछि बल्ल लडाकुहरु साम्य भए । तर, केही समयपछि नै मास्कीले आफूस“ग १३ करोड मात्रै छ, त्यसमध्ये ३ करोड हामी राखौं र १० करोड हेडक्वार्टरलाई बुझाऔं भनेपछि तेस्रो डिभिजनमा खैलाबैला मच्चियो । मास्की लगत्तै काठमाडौं आए र प्रचण्ड निवासमा आफूसित ५ करोड छ भन्ने रिपोर्टिङ गरे । मास्की चितवन नपुग्दै उनले हेडक्वार्टरलाई ढा“टेको खबर शिविरमा पुगिसकेको थियो । त्यसपछि लडाकुले सोधे, हिजोसम्म हामीलाई १७ करोड छ भन्नुभो, फेरि १३ करोड भन्नुभो, अनि काठमाडौंं गएर ५ करोडमात्रै छ भन्नुभो, यथार्थ के हो ? मास्कीले उल्टै कार्यकर्तालाई हप्काउ“दै भने– ‘तपाईहरुको बुझाइमा फरक प¥यो । मैले १३ करोड, १७ करोड भनेकै छैन ।’ लडाकुको गा“स काटेर जम्मा पारेको पैसाले पोलेपछि मास्की पुनः काठमाडौं दौडिए । त्यसपटक चाहि“ उनले आफूसित ८ करोड रहेको बताए । तैपनि, चितवनका लडाकुहरु अझै मास्कीको हरकतबाट सन्तुष्ट नभएपछि उनले सबैलाई करिब ३ करोडजति खर्च गरेर नगद, ल्यापटप र मोटरसाइकल किनिदिने नीति लिएका हुन् । स्रोत भन्छ, यसमा पनि उनले घोटाला गर्छन्, बढ्ता बा“डेको देखाउ“छन् र कमिसन खान्छन् । स्रोतका अनुसार मास्कीले यही पैसाले पोखरातिर ‘मास्की ट्राभल्स’ चलाएको चर्चा तेस्रो डिभिजनमा छ । मास्कीले तेस्रो डिभिजनमा सोझा लडाकुलाई प्रयोग गरेर काठ तस्करीमार्फत पनि धेरै पैसा कमाएको बताइन्छ ।
चितवनको तेस्रो डिभिजन त्यही हो, जहा“बाट अर्का डिभिजन कमान्डर कालीबहादुर खाम उत्पादन भएका थिए । खामले आर्थिक कारणले नै कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठलाई शिविरमा पु¥याएर यातना दि“दा श्रेष्ठको निधन भएको थियो ।