भतर्हरलि आनो काव्यकृतिमा वैराग्य व्यक्त गर्दै लेखेका छन्- म जसलाई
चाहन्छु, ऊ अरु नै दोस्रो पुरुषलाई चाहन्छे, ऊ जुन पुरुषलाई चाहन्छे,
त्यो पुरुष अर्कै तेस्रो स्त्रीप्रति आशक्त छ, यो त्रिकोणात्मक प्रेमकथा
अहिले पनि गाउँ-सहरमा व्याप्त छ । कलेज जीवनको ऊर्जामय समयमा प्रेमको
खोजी गर्नु कुनै आश्चर्य होइन तर भतर्ृहरकिो काव्यमा भनिएझैँ यो प्रसंग-
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहजिल्लाका दुई युवा र एक युवतीको
हो । सरस्वती कलेजमा व्यवस्थापन संकायमा स्नातक अध्ययन गर्दै गरेकी बबिता
भट्टको मूल घर गोरखाको ताकु हो । उनै भट्टलाई आˆनी बनाउन चाहने गोरखा
आँपपीपल निवासी राजन कोइराला हुन् । कोइराला नयाँबजारतिर बस्छन् र पिपल्स
कलेजमा स्नातक तह पढ्दै छन् । यी दुवै अर्थशास्त्रका विद्यार्थी ।
अर्थशास्त्रका आश्चर्यलाग्दा र अनौठा सूत्र पाठ्यपुस्तकमा घोके पनि
प्रेमबारे कतै पढेनन्, प्रेमको बारेमा माक्र्सझैँ अर्थशास्त्री पनि मौन
छन् ।
एउटै जिल्लाबासी, फरक-फरक कलेजका विद्यार्थी तर अध्ययनको विषय एउटै । यी
दुवै साहित्यमा धेरथोर रुचि राख्ने । रत्नराज्यलक्ष्मी कलेजमा हरेक
हप्ताको शनिबार कविता, गीत, गजल सुन्ने र सुनाउने कार्यक्रम हुन्छ ।
मधुवन साहित्य प्रतिष्ठानले आयोजना गर्ने उक्त कार्यक्रमम यी दुई
गोरखालीको दुई आँखा चार भए । एउटाले अर्कोको रचनामाथि वाहवाह र ताली
बजाउन सुरु भयो । नम्बर आदान-प्रदान भयो, एसएमएससँगै मन साटियो, मुटु
साटियो । बबिता दाजुभाउजूसँगै नयाँबजारमै बस्थिन्, उनको प्रेमसम्बन्ध
यसअघि गोरखाकै अर्का युवकसँग थियो । ऊ धन कमाएर ल्याउने, आˆनी
प्रेमिकालाई खुसी दिने वाचासहित विदेशी भूमिमा श्रम, सीप बेचिरहेथ्यो ।
हरेकपटक अनलाइन र अफलाइनमा मेसेज छाड्थ्यो- प्यारी ! के छ तिम्रो खबर ?
उसलाई के थाहा, होस् ! प्यारीको मन अन्तै छ भन्ने । विदेशी भूमिमा ऊ
कसैको माया र यादमा छट्पटिन्थ्यो र सुन्दर सपनामा कल्पिएर बाँचिरहेको
थियो । सबैलाई छुट छ सपना देख्न, पैसा पनि त लाग्दैन सपना देख्दा ।
अगुल्टो पनि नठोसी बल्दैन भन्छन् ।
सँगै एउटै सिरानी गरेर सुतेपछि गोडा त
लाग्दछ नै, सानो कुरामा भाउजूसँग बहस हुँदा बबिताले भाउजूको कपाल
लुछिदिइन् र कोठा छाडिन् । अफिसबाट बेलुका घर आएका दाइले उल्टो आˆनै
श्रीमती चुटे र बहिनीलाई निर्दोष देखे । कोठाबाट हिँडेकी बहिनी माइलो
दाइको कोठा छाडेर जेठा दाइकोमा पुगिन्, त्यतै बस्न थालिन् । नयाँबजार
छाडेर बबिता बानेश्वर सरनि् । त्यही घरमा डेरा गरी बस्ने अर्को केटा थिए-
गोरखातिरकै आचार्य थरका । सधैँ हँसिमजाक गररिहनुपर्ने स्वभावका उनी
रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारतिाको सिद्धान्त घोक्दै थिए । चुलो,
चौका, पानी, पँधेरो एउटै । त्यसमाथि प्रेममा डुबेपछि दुवै कवि भएका । यो
उही ठाउँ हो, जहाँ कविता पढ्नेभन्दा कविता लेख्नेको बाहुल्यता छ । दुवै
गजल र कवितामा दोहोरी खेल्न थाले ।
आचार्य थरका ती केटा बिहीबार निस्कने
एउटा साप्ताहिक पत्रिकामा काम गर्थे । उनले प्रस्ताव गरे- तिम्रो कविता म
छापिदिन्छु, देऊ । एउटा स्रस्टा, सर्जकलाई रचना छापिनुजस्तो गर्व अरू
केमा होला ? पत्रिकामा फोटोसहित छापियो । उनै बबिताकै रचना प्रत्येक अंक
छापिँदै गर्दा एक अंक नामै चलेका एक साहित्यकारको रचना हुबहु परेछ ।
साहित्यकारले सम्पादकलाई पत्र लेखे र रचना चोरएिर छापिएको पुष्टि भएपछि
उनको रचनाले कहिल्यै स्थान पाएन- उक्त पत्रिकामा ।
प्रमाणपत्र तह पढ्दै गर्दा प्रेम गरेका युवक कतारतिर पुगेको थियो ।
स्नातक तह पढ्दै गर्दा प्रेम गरेको भनिएको युवकसँग मन रम्न सकेन र अर्कै
केटासँग रम्न पुगिन् । उसैसँग विवाह भयो । यो जोडी हनिमुन मनाउन व्यस्त
रहँदा विदेशबाट फर्किएको प्रेमीले खोजी गर्यो- विचरा उसलाई के थाहा Û
चाणक्यले भनेका छन्- ँस्त्री एक युवकसँग बोलिरहँदा दोस्रोलाई हेररिहेकी
हुन्छे र तेस्रो पुरुषका बारेमा सोचिरहेकी हुन्छे ।'
अहिले बबिता
त्रिविको ँबुहारी डिपार्टमेन्ट'तिर धाउने भइसकेकी छन् । बबिताको अर्का
पूर्वप्रेमी उनको यादलाई मेट्न उनैको नाममा साहित्यिक पत्रिका दर्ता
गर्ने सुरमा छन् । उनी अहिले एक गैससमा कार्यरत छन् भने आचार्य थरका
पत्रकार अनामनगरतिर कार्यालय भएको रेडियोमा कार्यरत छन् ।
- अञ्जना पुडासैनी, सरस्वती कलेज