मेरो कथा, मेरो व्यथा
 
बाबुरामको जिल्लामा, मायाको किल्लामा
 
भतर्हरलि आनो काव्यकृतिमा वैराग्य व्यक्त गर्दै लेखेका छन्- म जसलाई चाहन्छु, ऊ अरु नै दोस्रो पुरुषलाई चाहन्छे, ऊ जुन पुरुषलाई चाहन्छे, त्यो पुरुष अर्कै तेस्रो स्त्रीप्रति आशक्त छ, यो त्रिकोणात्मक प्रेमकथा अहिले पनि गाउँ-सहरमा व्याप्त छ । कलेज जीवनको ऊर्जामय समयमा प्रेमको खोजी गर्नु कुनै आश्चर्य होइन तर भतर्ृहरकिो काव्यमा भनिएझैँ यो प्रसंग- प्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहजिल्लाका दुई युवा र एक युवतीको हो । सरस्वती कलेजमा व्यवस्थापन संकायमा स्नातक अध्ययन गर्दै गरेकी बबिता भट्टको मूल घर गोरखाको ताकु हो । उनै भट्टलाई आˆनी बनाउन चाहने गोरखा आँपपीपल निवासी राजन कोइराला हुन् । कोइराला नयाँबजारतिर बस्छन् र पिपल्स कलेजमा स्नातक तह पढ्दै छन् । यी दुवै अर्थशास्त्रका विद्यार्थी । अर्थशास्त्रका आश्चर्यलाग्दा र अनौठा सूत्र पाठ्यपुस्तकमा घोके पनि प्रेमबारे कतै पढेनन्, प्रेमको बारेमा माक्र्सझैँ अर्थशास्त्री पनि मौन छन् ।

एउटै जिल्लाबासी, फरक-फरक कलेजका विद्यार्थी तर अध्ययनको विषय एउटै । यी दुवै साहित्यमा धेरथोर रुचि राख्ने । रत्नराज्यलक्ष्मी कलेजमा हरेक हप्ताको शनिबार कविता, गीत, गजल सुन्ने र सुनाउने कार्यक्रम हुन्छ । मधुवन साहित्य प्रतिष्ठानले आयोजना गर्ने उक्त कार्यक्रमम यी दुई गोरखालीको दुई आँखा चार भए । एउटाले अर्कोको रचनामाथि वाहवाह र ताली बजाउन सुरु भयो । नम्बर आदान-प्रदान भयो, एसएमएससँगै मन साटियो, मुटु साटियो । बबिता दाजुभाउजूसँगै नयाँबजारमै बस्थिन्, उनको प्रेमसम्बन्ध यसअघि गोरखाकै अर्का युवकसँग थियो । ऊ धन कमाएर ल्याउने, आˆनी प्रेमिकालाई खुसी दिने वाचासहित विदेशी भूमिमा श्रम, सीप बेचिरहेथ्यो । हरेकपटक अनलाइन र अफलाइनमा मेसेज छाड्थ्यो- प्यारी ! के छ तिम्रो खबर ? उसलाई के थाहा, होस् ! प्यारीको मन अन्तै छ भन्ने । विदेशी भूमिमा ऊ कसैको माया र यादमा छट्पटिन्थ्यो र सुन्दर सपनामा कल्पिएर बाँचिरहेको थियो । सबैलाई छुट छ सपना देख्न, पैसा पनि त लाग्दैन सपना देख्दा । अगुल्टो पनि नठोसी बल्दैन भन्छन् ।

सँगै एउटै सिरानी गरेर सुतेपछि गोडा त लाग्दछ नै, सानो कुरामा भाउजूसँग बहस हुँदा बबिताले भाउजूको कपाल लुछिदिइन् र कोठा छाडिन् । अफिसबाट बेलुका घर आएका दाइले उल्टो आˆनै श्रीमती चुटे र बहिनीलाई निर्दोष देखे । कोठाबाट हिँडेकी बहिनी माइलो दाइको कोठा छाडेर जेठा दाइकोमा पुगिन्, त्यतै बस्न थालिन् । नयाँबजार छाडेर बबिता बानेश्वर सरनि् । त्यही घरमा डेरा गरी बस्ने अर्को केटा थिए- गोरखातिरकै आचार्य थरका । सधैँ हँसिमजाक गररिहनुपर्ने स्वभावका उनी रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारतिाको सिद्धान्त घोक्दै थिए । चुलो, चौका, पानी, पँधेरो एउटै । त्यसमाथि प्रेममा डुबेपछि दुवै कवि भएका । यो उही ठाउँ हो, जहाँ कविता पढ्नेभन्दा कविता लेख्नेको बाहुल्यता छ । दुवै गजल र कवितामा दोहोरी खेल्न थाले ।

आचार्य थरका ती केटा बिहीबार निस्कने एउटा साप्ताहिक पत्रिकामा काम गर्थे । उनले प्रस्ताव गरे- तिम्रो कविता म छापिदिन्छु, देऊ । एउटा स्रस्टा, सर्जकलाई रचना छापिनुजस्तो गर्व अरू केमा होला ? पत्रिकामा फोटोसहित छापियो । उनै बबिताकै रचना प्रत्येक अंक छापिँदै गर्दा एक अंक नामै चलेका एक साहित्यकारको रचना हुबहु परेछ । साहित्यकारले सम्पादकलाई पत्र लेखे र रचना चोरएिर छापिएको पुष्टि भएपछि उनको रचनाले कहिल्यै स्थान पाएन- उक्त पत्रिकामा । प्रमाणपत्र तह पढ्दै गर्दा प्रेम गरेका युवक कतारतिर पुगेको थियो । स्नातक तह पढ्दै गर्दा प्रेम गरेको भनिएको युवकसँग मन रम्न सकेन र अर्कै केटासँग रम्न पुगिन् । उसैसँग विवाह भयो । यो जोडी हनिमुन मनाउन व्यस्त रहँदा विदेशबाट फर्किएको प्रेमीले खोजी गर्यो- विचरा उसलाई के थाहा Û चाणक्यले भनेका छन्- ँस्त्री एक युवकसँग बोलिरहँदा दोस्रोलाई हेररिहेकी हुन्छे र तेस्रो पुरुषका बारेमा सोचिरहेकी हुन्छे ।'

अहिले बबिता त्रिविको ँबुहारी डिपार्टमेन्ट'तिर धाउने भइसकेकी छन् । बबिताको अर्का पूर्वप्रेमी उनको यादलाई मेट्न उनैको नाममा साहित्यिक पत्रिका दर्ता गर्ने सुरमा छन् । उनी अहिले एक गैससमा कार्यरत छन् भने आचार्य थरका पत्रकार अनामनगरतिर कार्यालय भएको रेडियोमा कार्यरत छन् । - अञ्जना पुडासैनी, सरस्वती कलेज

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान