काठमाडौं । भट्टराई सरकारद्वारा तोकिएको मितिमा चुनाव गराउन सक्दिन“ भनी निर्वाचन आयोगले हात उठाउने दिन आउन ४ दिन मात्र बाँकी छ । यस्तो अवस्थामा अब आफ्नो कदम के हुने भनेर छलफल गर्न राष्ट्रपतिले विघटित संविधानसभामा पाँच सिटसम्म ओगटेका पार्टीलाई बोलाएर छलफल गर्ने भएका छन् । विपक्षी दलहरूसँग सरकारको नेतृत्व फेर्नेबारे जतिसुकै लचिलो देखिए पनि प्रचण्डचाहिँ आखिर मैले पाउने केही होइन, प्रकाश र बाबुराम सरकारमा रहिरहुन् र पार्टीतिर आँखा नलाउन् भनेर टालटुले समाधानतिर लागेका छन् । पहिला संविधान, संघीयता, जातीय राज्यजस्ता विषयमा सम्झौता अनि मात्र सरकार परिवर्तन भन्ने उनको भित्री आशय बुझिन्छ । तर, विपक्षीहरू भने पहिला सहमतिमा सर्वदलीय सरकार अनि मात्र थप विषयमा छलफल र सम्झौताको अडानमा छन् । उता, राष्ट्रपति पनि तुरुन्तै कडा कदम चाल्ने स्थितिमा देखिँदैनन् । सरकारचाहिँ चुनाव गराउन नसक्ने र एक्लै चुनावको मिति सार्न नसक्ने अप्ठ्यारोमा अल्मलिएको छ । पूरक बजेट आए पनि त्यो संसद्बाट अनुमोदन हुन बाँकी छ अनि अनुमोदन गर्ने संसद् ज्यूँदो छैन । संवैधानिक निकाय रिक्त छन् । यस्तो स्थितिमा मुलुक झन् भद्रगोलतिर जाने सम्भावना छ । विपक्षीहरू पनि आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने सवालमा पछि परेका छन् । प्रचण्डले भने संविधानसभा पुनःस्थापनाको रटान लगाउन थालेका छन् । यस्तो बेला एउटा प्रश्न व्याप्त छ, आफै“ले सिध्याएको संविधानसभा कुन मोहका कारण ब्य“ुताउन खोजेका होलान् प्रचण्डले ? जानकारहरू भन्छन्, सबै किसिमका अस्त्र सकिएको भए पनि उनीसँग एउटा हतियारचाहिँ बाँकी नै छ, त्यो हो जनजाति । विघटित संविधानसभा पुनःस्थापना गरेर संघीयता र जातीयताको पहिचानका नाममा उनी फेरि कांग्रेस, एमालेलगायत दलमा खेल्न चाहन्छन् । संविधानसभा ब्य“ुतिएमा कांग्रेस, एमालेलाई आफ्ना जनजाति सम्हाल्नै फुर्सद नहुने भएपछि कहाँबाट आउँछ सरकार परिवर्तनको कुरा ?
संविधानसभा ज्य“ुदो हुँदा वैद्य पक्षले एमाले, कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव ल्याई सरकार ढाल्छन् भन्ने त्रासमा हतार–हतार विघटन गराउने उनले अब तिनीहरूलाई पनि आफूतिर तान्न पद र अवसरको लोभ देखाउने अनि कब्जामा राख्ने र फाइदा लिने कुरा हेरेका हुन सक्छन् । यसैबीच, सोमबार विजय गच्छदारले राष्ट्रपतिलाई भेटेर सहमतिका नाममा सरकारको आयु लम्ब्याउने आशय राख्दै मुख्यसचिवमा मधेसी नै हुनुपर्ने धारणा राखेका छन् । उता, प्रचण्ड भने कांग्रेसका नेतालाई फोन गरेर ‘पूर्वराजाको चलखेल बढ्यो, प्रतिगामी सल्बलाए । यस विषयमा छलफल गर्नुप¥यो, म भेट्न आउँछु’ भन्दै उनीहरूलाई अल्मल्याएर आफूचाहिँ पार्टीको बैठकमा व्यस्त भएका छन् ।
हिजोबाट सुरु भएको माओवादीको छैटौ“ विस्तारित बैठकलाई संबोधन गर्दै प्रचण्डले ‘भावी क्रान्ति छापामार युद्ध र दीर्घकालीन जनयु्द्धबाट मात्र सम्भव छैन । महाधिवेशनसम्म छलफलका लागि ‘फ्लोर ओपन’ गरे“ । लिन प्याओ माओको रेड बुक बोकेर हिँड्थे, माओका अन्धभक्त थिए, उनी नै पछि षड्यन्त्रकारी निस्के’ भन्दै वैद्य पक्ष फुटेर गएकोतर्फ इंगित गरेका छन् । उपाध्यक्ष प्रकाशको राष्ट्रियताप्रतिको चासोलाई ध्यान दिँदै ‘बिप्पा र सुपुर्दगी सन्धिबारे व्यापक छलफल हुनुपथ्र्यो । यसबारे थप छलफलको क्रममा छौ“’ भनेका उनले नेतृत्वको १२ बुँदे कमजोरी बन्द सत्रमा पेस गरेका छन् ।
पार्टी एकीकरण गरेर बनेका कमिटी गलत र भद्दा खालका भए भन्दै प्रचण्डले संविधानसभामा नमिलेका कुरा पहिले छलफलमा लानुपथ्र्यो भनेर विगतका गल्ती औ“ल्याएका छन् । जनवादी केन्द्रीयतालाई ठीक ढंगले लागू गर्न नसक्दा गुट निर्माण भएका र सडक, सदन र सरकारमा तालमेल मिलाउन नसकिएको उनले बताएका छन् । संविधानसभा निर्वाचनपछि अहंकारले गर्दा राष्ट्रपति र सभामुखजस्ता पद पाउन सकेनौ“ भन्दै उनले राष्ट्रिय स्वाधिनताको आन्दोलनको स्पिरिट (भाव) ठीक हुँदाहुँदै पनि फाइदाभन्दा बेफाइदा बढी भयो भन्ने निष्कर्ष बैठकमा राखेका छन् । शान्तिप्रक्रियामा आएपछि आफूलाई सबैभन्दा कडा ढंगले दाँतमा ढुंगा लागेको कटवाल प्रकरणलाई कोट्याउँदै उनले भनेका थिए, ‘कटवाललाई स्पष्टीकरण लिएर कडा चेतावनी मात्र दिएर छाड्नुपथ्र्यो ।’