समाचार अपडेट
 
पेरिसडाँडाबाट ‘पूर्वप्रेमी’ पक्राउ
 
काठमाडौं । ‘भगवान दो घडी जरा इन्सान बनके देख, धर्ती पे चार दिन कभी मेहमान बनके देख...†’ कवि मनु ब्राजाकीको २० वर्ष पुरानो चिठी पढ्दा उनले मदिरा पिएर गुन्गुनाउने एमभी रमनकृत १९५१ को हिन्दी फिल्म ‘बहार’ को यो गीत सम्झिएर कवि तथा पत्रकार पदम गौतमले आफ्नो फेसबुक वालमा ६ जुलाईमा यी पंक्ति पोष्ट गरे । र, नियतिले उनलाई केही दिनमै यसैगरी ‘भगवान’ पुकार्ने हालतमा पु¥याइदियो ।

फिल्ममा त हिरोइन बैजयन्ती मालाले आफ्नो विरक्ति पोख्न यो गीत गाएकी थिइन् । आफ्नो फेसबुक स्ट्याटसमा अर्का बूढा कविलाई सम्झिएर पोष्ट गरिएको यो गीत पदमका हकमा आफैंले गुन्गुनाउनुपर्ने स्थिति आइदियो । मूलधारमा रहेर दुई दशक लामो काव्यिक र पत्रकारिता यात्रामा कहिल्यै, कसैलाई नबिझाएका, मृदुभाषी पदम गौतम गएको साताभरि प्रहरीको खोजीमा परे । उनले लुक्दै हिँड्नुप¥यो । र, पक्राउ पनि परे । समाचार सुन्ने कतिपय सहकर्मीले पत्याएनन् । तर, त्यस्तो कसुर उनीबाट हुने त परको कुरा, सोच्न पनि नसकिनेखालको थियो । बद्मासी दुर्जनले मात्र हैन, कहिले–कहिले सज्जनले पनि गर्छन् । यिनै सज्जनमध्येका ३९ वर्षीय पदमले एक युवतीलाई ‘पूर्वप्रेमिका’ दावी गर्दै पतिलाई दुःख दिए । आफ्नी पत्नीबारे कसैले पनि सुन्न नसक्ने कुरा एसएमएसमा लेखेर पठाए । र, त्यही मामिला ‘विद्युतीय कारोबार ऐन’ का रुपमा ललितपुर प्रहरी परिसरमा दर्ज भयो । पदमलाई प्रहरीले बोलायो । गएनन् । अन्ततः प्रहरीले माओवादी कार्यालयभित्र फेला पारेर हिरासतमा लियो । यो कसुरमा हालसम्म अविवाहित रहेका पदममात्र हैन, उनकी वर्तमान प्रेमिका रेणुका भट्ट पनि संलग्न भएको उजुरी प्रहरीमा परेको थियो ।

नुवाकोटको विदुर नगरपालिकाकी २७ वर्षीया रेणुका अहिले पदमसँग ‘लिभिङ टुगेदर’ का रुपमा रहँदै आएकी छन् । उता, पदमले पूर्वप्रेमिका दावी गरेकी युवतीले दाङ सदरमुकाम घोराही– ३ स्थायी घर भई हाल काठमाडौंको कपन– ३ मा बस्दै आएका दाँतका डाक्टर अजय रेग्मीसँग विवाह गरिसकेकी छन् । तर, उनै ३२ वर्षीय पतिलाई रेणुका र पदमले एसएमएस पठाए । ‘अति’ भएपछि उनी प्रहरीको शरणमा पुगे । जाहेरीसाथ पक्राउ परेका पदमलाई प्रहरीले अदालत पठाइदिएको भए उनीमाथि जेल सजायसम्म हुने थियो । तर, पदमले पटक–पटक गल्ती स्वीकारे र अब नदोहोरिने बचन दिए । साथीभाइकै अनुरोधमा जाहेरवालासँग उनीहरुको मिलापत्र भयो । र, उनी छुटे । टेलिभिजनमा टेन्सन त्रिकोणात्मकसम्मका प्रेमकथा त जताततै सुनिन्छन्, तर प्रेमका असंख्य कोण जन्मिएपछि न्युज २४ मा बबाल मच्चिएको छ । एभेन्युजमा छँदै अर्काकी प्रेमिकालाई उछिट्याएर आफ्नी बनाएको र एभेन्युज छाडेपछि विवाह गरेकी ती युवतीलाई पतिले अर्कै सहकर्मीका साथ फेला पारेपछि कुटाकुटसम्म भयो । पतिपत्नी नै समाचार वाचन गर्ने । एभेन्युजमा छँदा अहिले एभेन्युजबाटै न्युज २४ मा पुगेका अर्का सहकर्मीसँग चक्कर चलेकी युवतीलाई पाल्पा स्थायी घर भएका समाचार वाचकले ‘आफ्नी’ बनाएका थिए ।

तर, न्युज २४ मा आइसकेपछि सगरमाथा टिभी छाडेर त्यहाँ पुगेका अर्का सहकर्मीसँग उनकै कोठाभित्र ‘आफ्नी’ लाई आफ्नै आँखा अगाडि भेट्टाए । स्थितिले कुटाकुटको रुप लियो । तर, ‘आफ्नी’ ले पतिलाई हैन, सहकर्मीलाई नै साथ दिएपछि पति विरक्तिएर हिँडे । उनले न्युज २४ नै छाडिदिए । अहिले उनी माउन्टेन टिभीमा काम गर्दैछन् । यो घटनापछि ती महिला केही समय गोदावरीस्थित माइतबाटै अफिस आउँथिन् । तर, हिजोआज माइत बस्न छाडेकी छन् । अर्कातिर, न्युज २४ मै काम गर्ने अर्का पत्रकारले बिबिसीसम्बद्ध पत्नीलाई कुटपिट गरेको उजुरी महिला सञ्चारिका समूहसम्म पुग्यो । तर, स्थिति उति नबिग्रिएका कारण सञ्चारिकाले दुईबीच सौहाद्र्रपूर्ण वातावरणमा कुरा मिलाइदिएको छ । अहिले उनीहरुको सम्बन्ध ‘पानी परेपछिको आकाश खुलेझैं...’ सफा भएको छ ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान