समाचार अपडेट
 
श्रीमतीको छड्केमा श्यामशरण
 
काठमाडौं । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलको बिजनेस क्लास लाउन्जमा असार ३१ गते आइतबार बिहान ७ बजेर ३५ मिनेट जा“दा एकजना तालुखुइले, मोटाघाटा देखिने अग्ला चस्माधारी पाहुनाको मोबाइलको घन्टी बज्यो । उताबाट आएको फोन रिसिभ गरेपछि केहीबेर कुरा सुनेर उनी एकाएक पड्किन थाले– ह्वाट ? ह्वाट आर यु टकिङ ? आइएम एट पारो नाऊ, नट इन काठमान्डु, डियर !’ (तिमी के भन्दै छौ ? म अहिले पारोमा छु, काठमाडौंमा होइन प्रिय) फोनवार्ता सकिएपछि उनले भने– दिल्लीबाट श्रीमतीले फोन गरेकी । म भुटानमा छु भनी ढा“टेर कतै काठमाडौंमा मस्ती त गरिरहेको छुइन भनी सोधखोज गर्दै छे । यी पत्रकार पनि के–के लेख्छन् बा !

त्यही दिन दिल्लीबाट प्रकाशन हुने इन्डियन एक्सप्रेसमा काठमाडौंबाट वरिष्ठ पत्रकार युवराज घिमिरेले पठाएको एउटा रिपोर्ट छापिएको रहेछ । त्यसमा घिमिरेले लेखेका छन्– ‘श्यामशरण ह्यात होटलमा बसेर राजनीतिको खिचडी पकाइरहेका छन् । उनले प्रचण्डस“ग भेट गरेको कुरा त स्रोतले पुष्टि ग¥यो तर उनीहरूबीच के–के कुरा भयो भन्नेचाहि“ थाहा हुन सकेन ।’ पत्रिकाका कारण श्रीमतीको छड्के जा“चमा परेका शरण ‘दक्षिण एसियामा विश्व बैंकको नीति’ विषयक एउटा बैठकमा आफूस“गै भाग लिन आएका श्रीलंकन प्रतिनिधि अरुणा रत्ननायके र पाकिस्तानका पूर्वअर्थमन्त्री सरताज अजिजतिर फर्केर भन्दै थिए, ‘हामी सबै अस्ति बुधबार (२७ गते) देखि नै यही छौ“, तर पत्रकार जथाभावी लेखिदिन्छन् ।’ उनी बुधबारदेखि नै ताज टासी होटलमा रहेछन् । उनलाई भेट्न भुटानी राजासमेत नम्बरविहीन रेन्ज रोजर गाडी चढेर त्यही“ आएका थिए । सा“झ ५ बजेदेखि ७ बजेसम्म थिम्पुमा राजास“ग गोप्य वार्ता गरेका श्यामशरण ह्यातमा बसेका छन् भनेर काठमाडौंबाट रिपोर्ट लेखेपछि कुरा त बिग्रने नै भयो । शनिबार बिहान बैठक सकिएपछि भुटानी परराष्ट्रमन्त्रीसमेत उनलाई भेट्न त्यही“ आएका थिए ।

भुटानी मन्त्रीस“ग शनिबार बिहानै होटलबाट बाहिरिएका उनी त्यसदिन सा“झ मात्रै फर्के । काठमाडौंमा छन् भनिएका शरण चढेको जहाज थिम्पुबाट आइतबार बिहान आठ बजे काठमाडौं हुँदै दिल्ली उडेको थियो । स्मरण रहोस्, ०६२÷६३ को जनआन्दोलनताका नेपालमा राजदूत रहेका शरण त्यसपछि विदेशसचिव भए । अहिले उनी भारतीय विदेश मन्त्रालयले बनाएको अनुसन्धान र सूचना प्रणाली (रिसर्च एन्ड इन्फरमेसन सिस्टम, आरआइएस) का अध्यक्ष छन् ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान