Current Info
 
प्रचण्डले यसरी राखे कारबाहीको प्रस्ताव
 
काठमाडौं । डामेर छाडेको साँढे झैं मैमत्त एक्लो छोरो प्रकाश बिना मगरलाई च्यापेर एकाएक गायब भएपछि प्रचण्डले काँध थाप्नसक्ने स्थिति रहेन र अन्ततः असार २५ गते पार्टी केन्द्रीय कार्यालयको बैठकमा कारबाही गर्न प्रस्ताव राखे । प्रचण्डले आफ्नै छोरामाथिको कारबाही प्रस्ताव कसरी राखे, त्यसको झाँकी जनआस्थालाई प्राप्त भएको छ । प्रचण्डले भनेका थिए, ‘जनआस्थामा समाचार आयो, शरद (परवानाभन्दा पहिला प्रचण्डको सुरक्षामा खटिएका जनमुक्ति सेनाका कमान्डर) लाई सोध्दा उनले पनि त्यस्तै कुरा गरे । अनि म आफैंले प्रकाशलाई बोलाएर के हो भनी सोधेँ ।

उसले, ‘हैन, त्यस्तो हुँदै होइन’ भन्यो । त्यसरी मलाई नै ढाँटेपछि मैले रिसाएर ‘तैंले निकै ठूलो रुपमा बर्वाद गर्ने भइस्, जे मन लाग्छ, त्यही गर्’ भनेँ । त्यसको भोलिपल्ट मम्मीचाहिँलाई ‘म नगरकोट जान्छु’ भनेर हिँडेछ । उता समिरलाई चाहिँ ‘म हिँडेँ, अब आफ्नै श्रममा बाँच्छु’ भनेर इमेल गरेको रहेछ । त्यसपछि बिनालाई खोज्न लगाएँ तर उनी पनि छैनन् । ऊ मेरो छोरो मात्र नभएर हेडक्वार्टरको स्टाफ र क्षेत्रीय ब्युरो सदस्य पनि हो । अब यस्तो कुरा उठेपछि अनुसन्धान गर्नुपर्छ । लौ, अब त्यसलाई निलम्बन गरौं ।’ प्रचण्डले आफैं प्रस्ताव राखेपछि प्रकाश निलम्बनमा परेका हुन् ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान