समाचार अपडेट
 
प्रचण्डको ‘ज्यान जोगाउने’ लाई पुरस्कार
 
काठमाडौं । के यसबीच प्रचण्डमाथि कसैले सांघातिक हमला गर्न लागेको थियो ? थियो भने पनि यस्तो कुरा त कहिल्यै बाहिर आएन ! तर, अहिले विदेश पठाउने क्रममा एकजना हवल्दारको नाम सिफारिस भएपछि यसको रहस्योद्घाटन भएको छ । ६ महिनाअघि नै सुडान जान छानिएको नेपाल प्रहरीको १४० सदस्यीय टोलीका निम्ति विशेष कोटाबाट चयन हुन बा“की सात सिटमा भदौमा घर जान लागेका आफ्ना मान्छे पार्न एआइजीहरूले गलफत्ती गर्ने क्रममा बीचबाट फुत्त प्रचण्डको सुरक्षार्थ खटिएका हवल्दारको नाम घुसाइएपछि यो कुरा सार्वजनिक भएको हो ।

‘एमाओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालमाथि हुन लागेको सांघातिक हमलाको सूचना बेलैमा ल्याएर उहा“लाई जेगाउन महŒवपूर्ण योगदान गरेकामा हवल्दार विश्वेश्वर पुरीलाई पुरस्कृत गर्ने’ निर्णयको व्यहोरामा लेखिएको छ । स्मरण रहोस्, जनमुक्ति सेनाको टोली फिर्ता गएपछि प्रचण्डको सुरक्षार्थ सशस्त्र र नेपाल प्रहरीको टोली तैनाथ छ । प्रहरीतर्फबाट इन्स्पेक्टर दानबहादुर मल्ल प्रचण्डको सुरक्षा कमान्डमा छन् । आगामी कात्तिकमा प्रहरीका दुईवटा टोली सुडान र हाइटी जा“दै छन् । यसरी बिदेसिन लागेको मिसनमा समेत घोटाला भएको उजुरी परेपछि नेपाल प्रहरीले छानबिन सुरु गरेको छ । घटना विवरणअनुसार सुदूरपश्चिमका दुईजना प्रहरी ड्राइभर छनोट परीक्षामा सामेल हुन काठमाडौं आए । उनीहरू स्वास्थ्य परीक्षणमा उत्तीर्ण भए ।

सैद्धान्तिक परीक्षामा कोडिङ÷डिकोडिङ प्रणाली रहेको हु“दा तल–माथिको खासै सम्भावना रहन्न तर प्रहरीमा कस्ता–कस्ता मै हु“ भन्नेहरूलाई समेत लडाउने परिपाटी छ । किनभने ५० अंकचाहि“ मौखिक परीक्षा (अन्तर्वार्ता) लाई दिइएको हुन्छ । ०.५ अंकको तल–माथिले त परीक्षामा उम्मेदवारहरूको भाग्य र भविष्य धरापमा पार्छ भने ५० अंकमा त खेल्ने ठाउ“ प्रशस्तै हुने नै भो । उताबाट आएका यी दुई केटामध्ये महेशनाथले लिखितमा केशव पन्तलाई उछिने । पन्तभन्दा पछाडि परेका महेशलाई प्रहरी हेडक्वार्टरमा कार्यरत सई गोपाल पन्त र असई केशव बडुले फोन गरेर भने– ‘रमेश खरेलले निष्पक्ष गर्छ भन्ठानेको होलास्, ढुक्क न हो केटा, एआइजी साहेबलाई पनि बक्साउनुपर्छ, डेढ लाखको जोहो गर्नतिर लाग्, नत्र तेरो खैरियत छैन ।’ बाघ कराउनु र बाख्रा पनि हराउनु भनेजस्तै, त्यहीबेला प्रशासनका एआइजी प्रकाश कु“वरको फोन गयो, एमटीका एसपी नरोत्तमलाल प्रधानलाई ‘मेरो सुदूरपश्चिमको केटो कराउन आ’को छ, हेरिदिनु है †’ फोनको करामतले हो कि अन्तर्वार्ताकारको नियत सप्रिएर हो, शुक्रबार सार्वजनिक भएको नतिजामा महेशनाथको नाम थिएन ।

केशवले उनलाई उछिनिसकेका थिए । फलतः महेश उजुरी हाल्ने निर्णयमा पुगे र सबै विवरण हालेर आफ्नो रामकहानी हाकिमलाई बुझाए । निवेदनमा उनले आफ्नो सम्पर्क नम्बर ९८४८७४६५०९ उल्लेख गरेका छन् भने उनलाई फोनमा थर्काउने सई गोपाल पन्तको नम्बर ९८४८७२२८६३ लेखिएको छ । उक्त प्रकरणको छानबिन इन्स्पेक्टर कवित कटुवालले गर्दै रहेको बुझिएको छ ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान