एउटा ठूलो काण्डको आफै“द्वारा पर्दाफास
काठमाडौं । विमल कोइराला एउटा स्थापित नाम हो, नेपालको कर्मचारीतन्त्रमा । सत्ताइस वर्षे जागिरका दौरान नेपाल सरकारको मुख्यसचिव बनेका बेला प्रायः सधै“ सञ्चारमाध्यममा उनको नाम आउ“थ्यो– साहित्यिक र सेवाकालीन गतिविधिस“ग जोडिएर । सरकारी सेवामै रहेका बेला बद्नाम हुने त्रासले उनलाई त्यति सताएन जति नेपालका अन्य उच्चपदस्थ कर्मचारीलाई सताउ“छ । तर, अहिले भने अख्तियार र मुद्रा निर्मलीकरणले च्याप्प पार्ने शंकाका कारण आफूमाथि त्यसअघि नै नग्न सत्यको न्यायिक छानबिन गरियोस् भन्ने अभिप्रायको पछुतोपत्र सार्वजनिक गरेपछिचाहि“ उनी फेरि समाचार बनेका छन् ।
कोइरालाले जागिर खा“दा गरेको आर्थिक अनियमितताका कारण निदहराम भएकोचाहि“ होइन । बरु सरकारी सेवामै रहेका बेला डा. शंकर शर्मा (अहिले अमेरिकास्थित नेपाली राजदूत), पूर्वप्रधानमन्त्री शेरबहादुर पत्नी आरजु देउवा, निर्वाचन आयोगका कामु प्रमुख आयुक्त नीलकण्ठ उप्रेती, विनय शर्मा (हाल एपेक्स कलेज) र विष्णु अधिकारी (रामेछाप)स“ग मिलेर गरेको शिक्षाको व्यापारले उनलाई यो अवस्थामा पु¥याएको हो । काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. सुरेशराज शर्मालाई सम्बन्धनका निम्ति विशेष आग्रह गरेर ठूलो लगानीमा काठमाडौं कलेज अफ म्यानेज्मेन्ट (केसिएम) खोलेका कोइरालाले अंग्रेजी भाषामा प्रेषित स्वीकारोक्तिमा लेखेका छन्– म सरकारी सेवामा थिए“, त्यसमा मेरालागि नपुग्दो केही थिएन । भाग्यले मलाई मेरो पेसागत जीवनको बीचमा काठमाडौंको एउटा कलेज व्यवसायमा हेल्यो । त्यही काठमाडौं कलेज अफ म्यानेज्मेन्टले आज मलाई यो पश्चातापको घडीमा पु¥याएको छ । ...केसिएम जन्मियो र तीव्र गतिले अघि बढ्यो । दुःखका क्षण तब सुरु भए जब बिनयलाई पाखा लगाइयो । अनियमितताको शृंखला सुरु भएपछि अन्ततः शंकर शर्मालाई पनि टिमबाट निकालियो ।
हर्ताकर्ताका श्रीमती तथा छोराहरूलाई बोर्डमा हुलियो । उनले अगाडि लेखेका छन्– ‘केसिएममा आफ्नो जिम्मेवारी सही ढंगले निर्वाह गर्न सकिन भन्न मलाई कुनै हिच्किचाहट छैन । कलेज व्यवस्थापन अति खराब ढंगले चलिरह्यो र हामी मुकदर्शक बनिरह्या“ै । कलेजका सेयरधनीहरूको ठूलो धनराशि बैंक अफ काठमाडौंको चेक नं. ४२५०४२८, ४४५३२४९ र ४४५३२६० बाट निजी खातामा सारियो । यसरी सात करोड रुपिया“ हिनामिना हु“दा विनयले १ करोड ४० लाख, आरजुले सत्तरी लाख, मैले र नीलकण्ठले २२÷२२ लाख रुपिया“ गुमायौ“ ।’ स्वीकारोक्तिमा नैतिकता, आदर्श र सत्यको पटक–पटक प्रसंग निकाल्दै कोइरालाले लेखेका छन्– ‘यदि नियामक संस्थाहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मुद्रा निर्मलीकरण अनुसन्धानले मेरो गल्ती देखाएमा म त्यसलाई स्वीकार गर्नेछु । कानुनप्रयुक्त सजाय रोज्नुबाहेक मस“ग अन्य विकल्प छैन ।’ पत्रको अन्तिममा उनको अपिल छ– ‘आउनुहोस्, हामी आफै“मा इमानदार बनौं । यदि, हामीले सूर्य छेके पनि अर्को बिहान उदाएरै छाड्नेछ । यो एउटा ठूलो घोटाला (आर्थिक अनियमितता) को छानबिन हुन दिउ“m र गल्ती, कमजोरीलाई अभिलेखीकरण गरौ“ ।’