प्रमुख समाचार
 
जनआस्थामा छापिएको समाचार (वर्ष १८ अंक २०, साउन ३ गते)
 
राति भाग्नेलाई याखयाख्ती काठमाडौं । जनमुक्ति सेनाका मझौला कमान्डरहरूले हिजोदेखि सुरु भएको विस्तारित बैठकमा पार्टी अनुशासन र आर्थिक अराजकताबारे निकै दह्रोस“ग कुरा उठाउने भएका छन् । पार्टी अध्यक्षको दस्ताबेजमा जनमुक्ति सेनाको समायोजन प्रक्रियामा कमजोरी भयो भनेर स्वीकार गरिएको छ । यस्तो अवस्थामा उक्त कमजोरीको जिम्मा प्रचण्डले मात्र लिने कि कार्यक्षेत्र (फिल्ड) मा खटिएका कमान्डरले पनि दायित्वबोध गर्ने ? कमान्डरहरू उत्तरदायी बन्नुपर्ने कि नपर्ने ? उनीहरूले नेतृत्वसमक्ष कडाइका साथ यो प्रश्न राख्नेछन् । सैद्धान्तिक कारण पनि होलान् तर नियम, विधि, प्रक्रिया र त्यसको कार्यान्वयन (रुल्स एन्ड रेगुलेसन) मा कहा“, के, कति र कसको कमजोरी रह्यो ? त्यसको पनि छिनोफानो हुनुपर्ने उनीहरूको जिकिर रहनेछ । डिभिजन कमान्डरलाई हेडक्वार्टरले नियन्त्रण गरेन कि ? वा कमान्डरहरूले आदर्श, नैतिकता, मूल्य र मान्यताको अनुसरण गरेनन् ? के भएको हो, त्यसमा स्पष्ट भएरै छाड्ने मनस्थितिमा पूर्वलडाकु रहेको बुझिएको छ । मानसिक रूपमा विघटन हुनु भौतिक रूपमा पनि क्षति पुग्नु हो भन्दै उनीहरूले कमान्डरको सम्पत्ति छानबिनका निम्ति आह्वान गर्ने भएका छन् । पार्टीले कारबाही गरे गर्छ, गरेन भने अदालत जान्छौ“ भन्नेसम्मको धम्की बैठकका क्रममा कमान्डरबाट पार्टी नेतृत्वले सुन्नुपर्ने छ । उता, तेस्रो डिभिजन कमान्डर धनबहादुर मास्की मगर (राजेश) चाहि“ अन्तिम चरणको समायोजन प्रक्रिया चल्दाचल्दै अघिल्लो साता बोरिया–बिस्तरा कसेर शिविरबाट निस्कन लागेका थिए । तर, लडाकुहरूले प्रक्रिया छाडेर बीचमा तपाईं कता जान लाग्नुभएको ? भन्दै ¥याख¥याख्ती पारेपछि उनी त्यसरात शिविरमै थन्किए पनि भोलिपल्ट राति सुटुक्क काठमाडौं पुगेको अर्को दिन बिहान मात्र लडाकुले थाहा पाए । उनकी श्रीमती ब्रिगेड भाइस कमान्डर सिर्जना भने पहिलेदेखि नै काठमाडौंमा छिन् । जतिसुकै भागे पनि कमान्डरहरूले गरेको भ्रष्टाचारलाई यसै पच्न नदिने अठोटमा सानै संख्यामा रहेका लडाकु दृढ देखिएका छन् । लडाकुको यो संख्या सानो मात्र बा“की रहेको र सेनाले कडा मापदण्ड अपनाएर व्यक्ति–व्यक्ति छानी समायोजन गर्ने भएपछि आइतबारको बजेटमा नया“ महानिर्देशनालय गठनका निम्ति बजेट छुट्याइएको भए पनि सेना समायोजनबाट नया“ सेना थपिने र महानिर्देशनालयको आवश्यकता पर्ने सम्भावना कम छ । पार्टी नै चिरा पारेर नया“ पार्टी गठन गरेको वैद्य समूहमा भने जम्मा ४ जना डिभिजन भाइस कमान्डर मात्र लागेका छन् । यसरी वैद्यको पार्टीतिर लाग्नेमा तेस्रो डिभिजनका दीपक, पा“चौ“ डिभिजनका मदन र छैटौ“ डिभिजनबाट विवेक र सन्तोष हुन् ।

लडाकुमा देखिएको लफडा

Maoist extended meeting is dismissed for today due to huge dissatisfaction of combatant leaders. They raised the issue of corruption by party leaders.

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान