काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रका बद्नाम ज्वाइँ राजबहादुर सिंहका कारण निर्मलनिवासको तनाव बढ्दो छ । पछिल्लो समय चिन्ता बढ्नुको कारण हो, उनले ज्ञानेन्द्रपुत्री प्रेरणामाथि सौता हाल्ने पक्कापक्की हुनु । यो कुरा निर्मलनिवासले पत्ता लगाइसकेको छ । र, सम्पत्तिको सुरक्षा कसरी गर्ने भन्ने विषयको चिन्ता बढिरहँदा राजबहादुरले केही सम्पत्ति ती महिला र उनका आफन्तको नाममा राखेको जस्ता सूचना पनि आइसकेको स्रोतले जनाएको छ । निर्मलनिवासलाई पुगेको सूचनाअनुसार राजबहादुरले औपचारिक विवाहको घोषणा मात्र गर्न बाँकी रहेकी ती महिलालाई ससुरालीले दाइजो दिएको ताहाचलको घरछेउछाउ बाफलमा घर र गाडी किनिदिएका छन् । र, राजबहादुरको बसाइ आजकल त्यही घरमा हुने गरेको छ । यसरी राजबहादुरले पछिल्लोपटक आºनो भ्रमजालमा पारेर पत्नी बनाउन लागेकी महिला काठमाडौंकी सोझी नेवार्नी हुन् । उनी हुन्, शीतल (नाम परिवर्तन) राजथला महर्जन । राजबहादुरभन्दा आधा उमेर कान्छी उनी तीन महिनाअघिसम्म डल्लु आवासक्षेत्रस्थित आºनै घरमा बस्ने गरेकी थिइन् ।
तर, राजबहादुरसँग हिमचिम बढेर आफन्तले सोधखोज गर्न थालेपछि राजबहादुरले अलग्गै घरमा राखेका हुन् । यो कुरा चाल पाएपछि ज्ञानेन्द्रपुत्री तथा पूर्वअधिराजकुमारी प्रेरणा एकजना सैनिक अधिकृत र दुई महिलाको साथमा डल्लु पुगेकी थिइन् । प्रेरणाले शीतलको परिवारसँग राजबहादुर आउने÷जानेबारे सोधिन् । त्यसबेला शीतलका आफन्त निकै डराए । आफन्तमध्येका पर्यटन व्यवसायी बिजु श्रेष्ठले एउटा कुनामा गएर प्रेरणा आएको खबर राजबहादुरलाई गरे । तर, राजबहादुरले ‘यिनीहरूसँग पावर÷सावर केही छैन, डराउनुपर्दैन’ भनेपछि उनीहरूले त्यहीअनुसार कुरा गरे ।
यो मामिलाबारे नजिकबाट जानकार बिजुलाई जनआस्थाले सोध्दा उनले ती महिलाको विवाह भइसकेको जानकारी दिए । अहिले उनी अर्कै केसमा परिरहेको र त्यसमा राजबहादुरलाई जोड्नु बेकार हुने बताए । ‘त्यो छुट्टै कुरा हो, राजबहादुरको होइन’ उनले राजबहादुरको बचाव गर्दै भने, ‘उहाँलाई नमुछ्नुस् †’ ‘छुट्टै भनिएको कुरा के हो ?’ भनी राखिएको जिज्ञासामा उनले केही जवाफ दिएनन् ।