समाचार अपडेट
 
ज्ञानेन्द्रलाई तर्साउन गृहमा गलफत्ती
 
काठमाडौं । के राष्ट्रिय सहमति नबन्ने, चुनाव नहुने र आफूले भनेजस्तो बजेट पनि ल्याउन नसकिने स्थितिमा पुगेपछि पूर्वराजाका अभिव्यक्तिमाथि चर्को प्रहार गरेर प्रधानमन्त्री बाबुराम भट्टराईले दुनियाँको ध्यान अन्यत्रै मोड्न खोजेका हुन् ? उनी ज्ञानेन्द्रको सुरक्षार्थ खटिएको सुरक्षा डफ्फा हटाउने कुरामा साँच्चै गम्भीर छन् ? सोमबार दिउँसो बसेको सुरक्षा प्रमुखहरूको बैठकमा भएको छलफल त्यही दिशातिर मोडिएपछि नयाँ परिस्थिति विकसित हुन लागेको आभाष मिल्छ ।

सामान्यतया घरेलु राजनीतिमा आफू कमजोर भएपछि विदेशी हस्तक्षेप, राष्ट्रिय सुरक्षा र सार्वभौमिकताजस्ता विषय उठाएर जनताको ध्यान त्यतातिर मोड्ने गरिन्छ तर बाबुरामले भने शिशु अवस्थामा रहेको गणतन्त्रलाई अगाडि सारेर ‘इमोसनल ब्ल्याकमेल’ गर्न खोजिरहेको भन्दै सुरक्षा प्रमुखहरूले त्यसप्रति चासो राखेका हुन् । गृहसचिव सुशीलजंगबहादुर राणाको कार्यकक्षमा बसेको प्रहरी र गुप्तचरका हाकिमहरूको बैठकमा पूर्वराजाका अभिव्यक्तिका निम्ति उनलाई सरकारले दण्डित गर्ने आशंका र त्यसको सम्भावित परिणामबारे छलफल भएको थियो । सरकारले नारायणहिटीबाट निस्केपछि ज्ञानेन्द्रका निम्ति नागार्जुनमा बस्ने सुविधा दिएको छ भने ‘माइनस कम्पनी’ अर्थात् लगभग ८० जना सुरक्षाकर्मी खटाएको छ । ज्ञानेन्द्रले सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ता र सार्वजनिक अभिव्यक्तिका कारण उग्र कम्युनिस्टहरूबाट आक्रमणको सम्भावना बढ्ने आँकलनका बीच सरकारले उनलाई उपलब्ध गराउँदै आएको सुरक्षा सुविधा खोसिदियो भने उत्पन्न हुने परिस्थितिको कसरी सामना गर्ने भन्ने विषयमा समेत छलफल भएको विशेष स्रोतबाट थाहा भएको छ ।

‘आवेशमा आएर प्रमले सुरक्षा फौज झिकिदिने र त्यही मौकामा कसैले उनलाई ‘ड्याम्म’ पारे भने के गर्ने ? दोष त सुरक्षा फौजमाथि लाग्छ । अनि सरकारले नै सुरक्षा सुविधा कटौती गरेपछि लुकिछिपी अंगरक्षक दिने कुरा पनि भएन,’ एक सहभागीले गम्भीरतापूर्वक कुरा उठाएका थिए । ‘रणबहादुर बम हत्या प्रकरण पनि त्यत्तिकै सेलाएजस्तो भो । ड्राइभर, अंगरक्षकका रूपमा रहेका असई र राम गिरीमाथि नै अनुसन्धान रुमल्लिरहेको छ । खास प्रगति केही भएको छैन ।’ आफै“ मातहतका निकायको कार्यदक्षताप्रति असन्तुष्टि पोखेका थिए सुरक्षा प्रमुखले । परिस्थितिको मूल्यांकन गर्दै उक्त बैठकले निष्कर्ष निकालेको थियो– अहिले राजनीतिक दलका नेताहरूको सक्रिय भूमिका छैन, त्यसैले प्रशासन बढी सतर्क हुनुप¥यो । रौतहटको ट्रयाक्टरले बाटोमा हि“डिरहेका महोत्तरीवासीलाई ठक्कर दिएर मा¥यो । मृतक स्थानीयवासी नहुँदाको अवस्थामा समेत त्यहाँ गोली चल्यो । सिडिओलाई सोद्धा गोली चलाउने आदेश दिएको छैन भन्ने जवाफ आयो । उता सुरक्षाकर्मी भने हतियार नै खोस्न आएकाले गोली ठोक्नुप¥यो भन्छन् । त्यत्रो बढी उपद्रो भएको पनि देखिँदैन ।

त्यसैले सबै मातहतका निकायलाई संयमित भएर काम गर्न सम्झाउनुप¥यो भन्ने कुरा पनि बैठकमा चल्यो । पछिल्लो समय तराईमा मरिहालियो भने १० लाख पाइहालिने लोभमा मर्ने÷मार्ने कामका लागि अग्रसर हुने प्रवृत्ति बढेको छ, यसतर्फ पनि ध्यान दिनुपर्छ भन्ने विषयमा समेत छलफल भएको थियो । पहिले गाउँलेले नै सुरक्षा पोस्ट बनाइदिने अनि अलिकति मात्रै रिस उठ्दासमेत भोलिपल्ट आफै“ आएर जलाइदिने प्रचलन बढेको छ भन्ने चर्चासमेत भएको थियो । उपत्यकामा ढुकुटी खेलेर धेरै घरपरिवार बिचल्ली भएका र आर्थिक रूपमा बिग्रिएकाले ढुकुटी खेल्ने÷खेलाउनेलाई पनि समात्ने र करोडौ“ रुपैयाँ ठगी गरेर फरार भएका सहकारीका एकजना हाकिमलाई समेत खोजेर पक्रनेबारे समेत छलफल भएको बुझिएको छ । बैठकमा सोलुको दूधकुण्डताल फुट्ने हल्ला, त्यसबाट बच्ने उपाय, कोसीको बाढीलगायत समस्या र प्रकोपबाट बच्न इसिमोडजस्ता संस्थासँग समन्वय गर्नेजस्ता विषयमा छलफल भएको थियो । कीर्तिपुर र ललितपुरको सिमानामा पर्ने मलपोखरी छेउ थापाथली आसपासको बाग्मती किनारबाट उठाइएका सुकुम्बासीलाई पुनर्वास गराउने क्रममा उत्पन्न समस्या र बालकोटमा हनुमन्ते खोलाको कटानबारे पनि छलफल भएको थियो । कीर्तिपुरका स्थानीय बासिन्दाले १०÷१२ हजार जनता उतारेर सुकुम्बासी बस्न नदिने भनेको तर काग कराउँदै गर्छ, पिना सुक्दै गर्छको अवस्था देखिएकाले धमाधम काम अगाडि बढाउने निर्णय भएको थियो । बोलीमा लगाम कस्दा नै बेस हुने सन्देश अर्कै माध्यमबाट पूर्व राजासमक्ष पु¥याउने विषयमा पनि त्यहाँ छलफल भयो । नागार्जुन र निर्मलनिवासमा बस्दाबाहेक देश भ्रमण र अन्य सार्वजनिक गतिविधिमा समेत ज्ञानेन्द्रलाई उपयुक्त ढंगको सुरक्षा प्रदान गरिएकामा पछिल्ला अभिव्यक्तिका कारण समस्या बढ्न सक्ने हुँदा सचेत गराउनु नै उपयुक्त हुने ठहर सोमबारको बैठकले गरेको थियो ।

ज्ञानेन्द्र किन गदगद्

पश्चिमाञ्चलको भ्रमण गरेपछि पूर्वराजा ज्ञानेन्द्र निकै हौसिए । यसरी हठात् रूपमा उनी हौसिनुको कारण के होला ? उनको उत्साहको गुह्य कारण जनआस्थाले फेला पारेको छ । राजभक्त र पूर्व पञ्चहरूले जयजयकार गाउनु स्वाभाविकै हो । तर, आफूलाई ढालेर गणतन्त्र ल्याउनेहरूसमेत रोइकराइ गर्न आइपुगेपछि भने स्थितिले पल्टाबाजी खाएको रहेछ । आफ्नै भक्तहरू भीम अधिकारी, वसन्त शाही र हरिनारायण चौधरीको संयोजनमा कपिलवस्तु र रुपन्देही घुमेका ज्ञानेन्द्र संयमित नै थिए ।

तर, जब परासी पुगे त्यहाँ बेग्लै प्रकारको आनन्दको अनुभूति गरे । यही आनन्दानुभूति नै त्यो कारकतŒव हो जसले ज्ञानेन्द्रलाई अधैर्य बनायो । के भएको रहेछ भने पोखरेल थर गरेकी एकजना क्षेत्रीय स्तरकी एमाले नेता सोही हैसियतका तीनजना माओवादी नेतासँगै ज्ञानेन्द्रको दर्शन पाउन पुगेछन् परासीमा । पश्चातापपूर्ण लवज र शैलीमा भनेछन्– ०६२÷६२ को आन्दोलनताका लहैलहैमा लागेर हामीले बाटो बिरायौ“ । अहिले देश तहसनहस भयो । नेताहरूबाट हामीमाथि धोका भयो । त्यसनिम्ति क्षमा माग्न आएका हौ“, हामीमाथि कृपा होस् सरकार † विरोधीहरू नै यसरी प्रस्तुत हुन थालेपछि उनी दंग पर्नु अस्वाभाविक पनि भएन । अहिले ज्ञानेन्द्रले आफूलाई यस्ता–यस्ता मानिसले भेटेर यसो भने भन्दै जन्मदिनको शुभकामना दिनेहरूलाई सुनाउने गरेका छन् ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान