साप्ताहिक समाचार
 
आतंककारी बनाउन खोजिएको आरोप
 
विराटनगर । एमाओवादीस“ग सम्बन्ध तोडेर भर्खर गठन भएको नया“ नेकपा–माओवादी पार्टीले कोचिला राज्यसमितिका पदाधिकारी तय गरेको छ । काठमाडौंपछिको प्रभावशाली मानिने कोचिलाका सुनसरी, मोरङ र झापामा इन्चार्ज पनि तोकिएका छन् । माओवादी पार्टीका महासचिव रामबहादुर थापा र पूर्वीकमान्ड इन्चार्ज खड्ग विश्वकर्माको उपस्थितिमा दमकमा सम्पन्न भेलाले राज्यसमिति इन्चार्जमा पूर्वसभासद् सावित्रीकुमार काºलेलाई तोकेको छ ।

ड्यास माओवादीले दुई सय बढी कर्याकर्ताको भेला गराई राज्यसमिति गठन गरेको हो । उनी एकीकृतमा रह“दा राज्यसमिति सेक्रेटरी बनाइएका थिए । संविधानसभा निर्वाचनताका काफ्ले मोरङको क्षेत्र नम्बर ३ बाट सभासद् बने । राज्यसमितिको सेक्रेटरी सुनसरीका पूर्वसभासद् किरण राई तोकिएका छन् । सहसेक्रेटरी झापाका डोलेश्वर ढुंगेललाई बनाइएको छ । झापाको इन्चार्ज डिल्ली घिमिरे(हिक्मत) तोकिएका छन् । उनी एकीकृतमा रह“दा कोचिला राज्यसमितिको वाइसिएल इन्चार्ज थिए । झापाको सह–इन्चार्जमा अस्मिता तामाङ, होमचन्द्र घिमिरे र सुरेश लिङदेन छन् । सेक्रेटरी मोहन नेम्वाङ तोकिएका छन् । मोरङको इन्चार्जमा २ नम्बर क्षेत्रका पूर्वसभासद् लालबहादुर सुस्लिङ मगर (सविन) तोकिएका छन् । संविधानसभा निर्वाचनमा मगरले एमालेका भरतमोहनलाई पराजित गरेका थिए । मोरङको सह–इन्चार्जमा कोमल पाण्डे र सेक्रेटरी कुशल लिम्बू भएका छन् । सहसेक्रेटरीमा जितबहादुर महरा, शिवा हमाल, विनिता घिमिरे र पुरुषोत्तम अधिकारी तोकिएका छन् ।

सुनसरीको इन्चार्जमा शारदा पोखरेल, सह–इन्चार्जमा सुरेन्द्र मेहता, सेक्रेटरी सन्तोष खतिवडा, सहसेक्रेटरीमा जसकुमार राई र माधव प्रधान तोकिएका छन् । शारदा एकीकृत राज्य सचिवालय सदस्य शिव डा“गीकी पत्नी हुन् । डा“गी संस्थापन पक्षमा छन् । कोचिला राज्यसमिति मजदुर विभागको संयोजक हेम कार्की विशालले पाएका छन् । कोचिला राज्यसमिति कार्यालय सचिवको जिम्मेवारी लोचन धमलालाई दिइएको छ । कोचिला राज्यअन्तर्गतका मुख्य पदाधिकारी चयन गरेपछि अब चा“डै सबै जिल्ला समितिलाई पूर्णता दिन पदाधिकारी दौडधुपमा तल्लीन छन् ।

भेलामा सहभागी महासचिव थापाले आफूहरूलाई प्रचण्ड र भट्टराईले आतंककारी घोषणा गरेर दमन गर्ने योजना बनाएको बताउ“दै भनेका थिए, ‘हामी न जंगल जान्छौ“ न त छापामार युद्ध नै गर्छौं ।’ भेलामा नवसामन्तहरूको भण्डाफोर गर्ने, पार्टीलाई टिके प्रणालीबाट मुक्त गराउने, महाधिवेशनका लागि तयारी गर्ने प्रस्ताव पारित गरिएकोे थियो ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान