इलाम । ‘कार्यालयमै बसेर जिल्लाको विकास हुन्छ ?’ प्रायः कार्यालयमा नभेटिने स्थानीय विकास अधिकारी सुमन घिमिरेले दिने जवाफ हो यो । जवाफ नै काफी छ, उनी कार्यालयमा नियमित बस्दैनन् भन्ने बुझ्न ।
चालु आर्थिक वर्षमा लामो समयसम्म स्थानीय विकास अधिकारी र योजना अधिकृतको सरुवाका कारण जिल्ला विकास समितिका मुख्य काम ठप्प थिए । माघदेखि सुमन घिमिरे हाजिर भएका छन् । तर, उनी आएपछि पनि जिविसका काम द्रुतगतिमा अघि बढ्न नसकेको गुनासो आइरहेका छन् । उनी काज र अनुगमनको नाममा पटक–पटक जिल्लाबाहिर जाने गरेकाले कामकारबाही प्रभावित भएको छ । आर्थिक वर्षको अन्त्यमा एलडिओ नियमित कार्यालयमा नबस्दा विभिन्न योजनाको भुक्तानी लिन गाह्रो भएको सेवाग्राहीको गुनासो छ । गाउ“बाट आएका सर्वसाधारण कार्यकक्षबाहिर टा“सिएको नेमप्लेटमा अधिंकाश समय बाहिर लेखिएको देखेर निरास भई फर्कने गरेका छन् ।
स्थानीय विकास अधिकारी घिमिरे बाहिर गए पनि निमित्तका रूपमा अरूलाई खासै जिम्मेवारी नदिने र जानकारीसमेत नदिई हि“ड्ने गरेकाले सेवाग्राहीले सास्ती खेप्नुपरेको एक कर्मचारीले बताए ।
योजना सम्पन्न गरेर जिविस आएका फिक्कलका सनत पराजुली एलडिओ कार्यालयमा नभेटिएकै कारण पटक–पटक जिविस धाउनुपरेको बताउ“छन् । यता, पश्चिमी गाविस इभाङबाट आएका मदन राईले स्थानीय विकास अधिकारी नभएकै कारण तीन दिन सदरमुकाममा बस्नुपरेको बताए । काज, अनुगमन, उद्घाटनजस्ता काममा कार्यालयबाहिर जान रुचाउने घिमिरेले कार्यालयमा हु“दा पनि सर्वसाधारणलाई सहज भेट नदिने गरेको सर्वसाधारणको गुनासो छ । उनी आएपछि स्थानीय विकास अधिकारीको कार्यकक्षमा जहिल्यै ढोका लाग्ने गरेको छ । यस्तो सिस्टम जिल्ला प्रशासन कार्यालयमा बाहेक जिल्लाका अन्य कुनै कार्यालयमा छैन ।
सर्वदलीय बैठक बस्दा पनि उनी कहिल्यै दलहरूलाई पत्राचार गर्दैनन् । बैठक बस्नुअघि एसएमएस गरेर बोलाउने गरेको गुनासो छ । ‘मितव्ययीता अपनाएका हुन् कि हामीलाई कम आ“केका हुन्, बुझ्न सकेका छैनौ“,’ दलका एक प्रतिनिधिले गुनासो पोखे ।
आºनो घरमा गएर बस्ने गरेको जिविसका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए । उनका अनुसार कार्यालयबाट काज भनेर सेवा–सुविधा लिने तर घरमै गएर बस्ने गरेका छन् । निर्वाचन आचारसंहिताविपरीत उनले कार्यालयमा दुईजना कर्मचारी नियुक्ति गरेर आºनो स्वेच्छाचारिता प्रदर्शन गरेका छन् । यता, स्थानीय विकास अधिकारी घिमिरेले भने आफूले सर्वसाधारणलाई प्रभावित पार्नेगरी कार्यालयबाहिर नरहेको दाबी गरेका छन् ।