रोचक प्रसंग
 
अचम्मको आक्रमण
 

अचम्मको आक्रमण

एकजना उभयलिंगी महिलाले आफू बलात्कृत भएको भनी गरेको दाबीलाई स्विडेनको अदालतले अस्वीकार गरेको छ । न्यायाधीश डान स्जोस्टेड भन्छन्, “महिला भनी दाबी गर्ने निवेदक शारीरिक रुपमा पुरुष हुन्, त्यसैले बलात्कारको प्रश्नै उठ्दैन ।’ नाउँ गोप्य राखिएका निवेदकका वकिल गुन ब्रोडका अनुसार बलात्कारी ६१ वर्षीय पुरुष हुन् । बलात्कारी हिंस्रक बनेका थिए । पीडितको पाइन्ट पूर्णतः च्यातिएको छ भने दुई तिघ्राबीचको कापमा घाउ छ । अदालतको निर्णयप्रति असन्तुष्टि प्रकट गरेकी छन् । उनको भनाइ थियो, ‘यौनजन्य हिंसाका अनेक रुप हुन्छन्, योनीमै आक्रमण हुनुपर्छ भन्ने छैन ।’ उनले अदालतले निवेदकको दाबीलाई अस्वीकार गरे पनि आक्रमणकारीले दोष स्वीकारेकाले उनलाई चार महिना कैद सजाय र पीडितलाई १५ हजार क्रोनर (दुई हजार एक सय साठी अमेरिकी डलर) क्षतिपूर्ति दिन आदेश दिएको छ । पीडित शल्यक्रिया गरी पुरुषबाट महिला बन्ने उपचार गराउँदै गरेकी तेस्रो लिंगी हुन् ।

कान्छीको ओंठ क्वाप्प

परपुरुषसँग सम्बन्ध राखेको आशंकामा एकजना स्विडिस प्राध्यापकले आफ्नी पत्नीको ओठ क्वाप्प खाइदिएका छन् । आफूभन्दा उमेरमा निकै कान्छीसँग बिहे गरेका निजले पत्नीले अरु कसैसित चुम्बन गर्न नसकुन् भन्ने उद्देश्यले ओठ चपाइदिएको बताइएको छ । एएफपी लेख्छ, ‘उनी टुक्रिएको ओठ फेरि जोडियोस् भन्ने चाहन्नथिन् ।’ प्राध्यापक क्यारोलिन्स्का विश्वविद्यालयका प्राचार्य हुन् । चार–पाँच जना सन्तानका बाबु ती प्राचार्यले पूर्वपत्नीसँग सम्बन्धबिच्छेद गरेर केही हप्ताअघि मात्र कान्छी स्वास्नी घरमा भिœयाएका हुन् । एन्जेला एकमानका अनुसार पीडित सख्त घाइते भएकी छन् । गत अप्रिलमा मात्र इङ्ग्ल्यान्डका ७९ वर्षीय चिनियाँ जिमिङ लिउले ७३ वर्षीया पत्नी युइ झाउको पाखुरा टोकेर मासु खाइदिएका थिए ।

सजायँ भोगेपछि बल्ल सफाइ

बलात्कार गरी हत्या गरेको आरोपमा ३२ वर्ष सजायँ काटिसकेपछि ‘बलात्कारी’ निर्दोष सावित भई जेलबाट रिहा भएका छन् । सन् १९८० मा तीन वर्षकी केटी ब्रियना स्टिकलमाथि बलात्कार गरी मारेको आरोपमा लामो समय जेल बसेका ५० वर्षीय आन्द्रे डेबिस दक्षिण इलिनोइसका हुन् । सोही समय जाँचको लागि पठाइएको डिएनए टेस्टको रिपोर्ट आएपछि अदालतले निजलाई निर्दोष घोषित गर्दै रिहा गर्न आदेश दिएको हो ।

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान