पाठक पत्र
 
देश यसरी खुम्चि“दै छ है दुखियाहरू !
 
छिमेकी राष्ट्र भारतको एक जिल्ला तेलंगनाको जनसंख्या तीन करोड ५० लाख छ । हालसम्म त्यो स्वशासित राज्य, संघीय, प्रदेश घोÈणा भएको चर्चामा आएको छैन । नेपालको लगभग २ करोड ७० लाख जनसंख्या छ । निर्वाचित ३०१ र विदेशी नागरिक, हत्या, हिंसा तथा लुटेरा अभियोगमा परी हुकुमीशैलीमा जन्मिएका, मतदाताले नसुनेका, नदेखेका ३ सय गरी ६०१ जम्बो सांसद÷सभासद् (विश्व मानवअधिकार धारा ७ विपरीत)ले सभा नचलेको दिनको पनि सुविधा हाम्रै देशमा खाएका हुन् ।

यसबीच, साठी हजार नेपाली उत्तर अमेरिका पुगेछन् । युरोप, क्यानाडा र अन्यत्र बस्नेको हिसाब बेग्लै देखिन्छ । ३३ लाख नेपाली विगतमा विदेश पुगिसकेको तथ्यांक देखिन्छ । सुनसरी, श्रीपुर गाविसका घरबारी गाउ“सहित ०४५ सालयता भारतीय वीरपुर नगरपालिकामा समावेश भएकै हुन् † झापा–दमकको कमरखोरस्थित सीमास्तम्भ जंगेपिलर १३४(२०) तारबार घेरी भारतीय सीमा–सुरÔा बल (एसएसबी)ले कब्जा गरेर ०६४ सालदेखि बसिरहेका छन् । नवलपरासी, सुस्ता घनैयामा करिब पा“च हजार बिघा जमिन एसएसबीले अतिक्रमण गरी भारतीय नागरिकलाई खनजोत गर्न दिएको छ । सन् १९९० देखि हालसम्म भारतसित जोडिएको सिमानामध्ये २१ जिल्लाका ५४ स्थानमा अतिक्रमण ह“ुदै १८०० वर्गमाइल नेपालको Ôेत्रफल घटेको र २७५१ भारतको बढेको अमेरिकाको न्युयोर्कबाट प्रकाशित ‘दि वल्र्ड अलमानक’ पुस्तकमा उल्लेख छ ।

त्यस्तै, सप्तरी, राजविराज, तिलाठी र भारत कुनौलीबीचको सीमास्तम्भ २२३÷१३ गत मार्च २०१२ मा एसएसबीले उखेली तीन सय मिटर नेपालतर्फ फालिदिएको पाइन्छ । उक्त भूमिमा भारतीय नागरिकलाई भोगचलन गराउ“दै आइएको छ । तिलाठी हु“दै भारततर्फ बग्ने खाडीखोला बा“ध निर्माण गरी सप्तरी, तिलाठीसमेत ६ गाविस उब्जाउ भूमि जलमग्न गराइएको । पारिश्रमिक लिने राष्ट्रप्रमुख, जम्बो संसद्, सरकार तथा न्यायाधीश, हाकिम, कानुनकर्मी, न्यायालय, समाज चुप लाग्ने ? यस्तै क्रम जारी रह्यो भने स्वतन्त्र नेपाल सदाकाल रहला ? गुच्चा टोल, काठमाडौं नारायण मल्ल

प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान