काठमाडौं । हिसिलालाई नगद बुझाएर मन्त्री बनेका भनिएका एकनाथ ढकाल सहकारी तथा गरिबी निवारण मन्त्रालय पाउ“दा मख्ख छन् । विश्व सहरी दिवसको अवसरमा देशभर २५ हजार बढी सहकारी रहेको भनिए पनि ६ सय ७५ जना अट्ने हलमा ५० जना उपस्थित हु“दा गभर्नर युवराज खतिवडा उनै मन्त्रीका मलीन मुहार नियालिरहेथे । त्यही नै वर्तमान सरकारका उद्योगमन्त्री अनिलकुमार झाले मन्त्रालयको कामबाट आफू १ प्रतिशत पनि खुसी हुने ठाउ“ नरहेको बताए । भने, ‘अर्थ मन्त्रालय राजस्व मन्त्रालय मात्रै बनेको छ । मिहिनेत नगरी राजस्व कसरी उठाउने भन्नेमै मन्त्रालय केन्द्रित छ । नेपाली युवालाई विदेशमा श्रम, पसिना, रगत र सीप बेच्न पठाएर तिनले पठाएको रेमिट्यान्समा हामी मख्ख छौ“ ।’ उद्योग मन्त्रालयले आयोजना गरेको एक सय पा“च महिला उद्यमी सम्मान कार्यक्रममा भावुक हु“दै उनले थपे, ‘नेताहरू अपमानित भइरहेको देशमा उद्यमी सम्मानित हुनु सकारात्मक हो । हामीले आफूलाई राम्रो मान्छे भनेर परिचय दिन सकेनौ“ ।’ महिला उद्योगीलाई सम्मान गर्ने कार्यको सुरुवात नेत्री अष्टलक्ष्मी शाक्य उद्योगमन्त्री हु“दा भएको थियो ।
एक्काइसौ“ शताब्दीलाई महिलाको शताब्दी भनिए पनि नेपालमा बनाइएको औद्योगिक तथा घरेलु नीति मस्यौदामै सीमित छ । जनसंख्याको दृष्टिले नेपाल विश्वकै ४१औ“ स्थानमा र सम्भावनाको दृष्टिले ११औ“ मुलुकमा पर्छ । गैरआर्थिक धन्दामा नेपाली महिला सातामा २२ घन्टा खर्च गर्छन् भने पुरुष एक घन्टा । नया“ बजेट सा“ढे जुधाइ भएको र मन्त्रालयको बजेट फ्रिज हुने अवस्थाप्रति मन्त्री झाले चित्त दुखाएका थिए । महिला उद्यमीहरूले ड्राºट भिलेजको माग गरे पनि धोबीखोला किनारको दुई रोपनी जग्गामा निजी नर्सरी चलाएर बसेको छ तर सरकारले हटाउन सकेको छैन न त पहलै गरेको छ ।