न प्रकाश, न किरण
यो वर्ष अध्यक्ष प्रचण्डका लागि शुभ रहेन । घेरै घाटा भयो । छोरा प्रकाशले परिवार त्यागे । गुरु किरणले पार्टी त्यागे । नातामा छोरा र गुरुको एउटै स्थान हुन सक्दैन । ती दुवैको स्थान फरक–फरक हुन्छ । तर, त्यसो भने पनि शब्दतिर ध्यान दिने हो भने प्रकाश र किरणको अर्थचाहि“ एउटै हुन्छ । जे प्रकाश हो त्यही किरण हो, जुन किरण हो त्यही प्रकाश हो । अब प्रकाश र किरण दुवैले छाडेर गएपछि बा“की के रहन्छ ? अन्धकार † अहिले अध्यक्ष प्रचण्डस“ग प्रकाश छैन, किरण पनि छैन । केही छ त अन्धकार मात्रै छ ।
सुनिन्छ, छोरा प्रकाश कुनै युवती लिएर गएका हुन् । उनी पनि पार्टीकै कार्यकर्ता । देशमा गणतन्त्र आएपछि जनताले केही उपलब्धि हासिल नगरे पनि प्रकाशले भने राम्रै उपलब्धि हासिल गरेका रहेछन् । हाल उनी आÏनो उपलब्धिसहित बेपत्ता छन् । तर, यसले पार्टीलाई भने घाटा भएको छ । किनभने प्रकाशले जुन युवती लिएर गएको हो, ती पार्टीकै होनहार कार्यकर्ता हुन् । कार्यकर्ता नै लिएर गएपछि पार्टीलाई हानि भएन ? गुरु किरणले पार्टीको जनवाद लिएर गए । छोरा प्रकाशले कार्यकर्ता लिएर गए । दुवै तर्फबाट पार्टीलाई एकमुष्ट घाटा छ ।
प्रचण्डपुत्र यसरी बेपत्ता भएपछि देशैभरि चर्चा चलेको छ । यो चर्चामा कसले के भनिरहेको छ ? त्यसबारे गरिएको एउटा सानो सर्वेक्षण प्रस्तुत छ ः
मोहन वैद्य ः अब त एमाओवादी कस्तो पार्टी भनेको प्रस्टै भयो भन्नुस् न अब । किनभने प्रचण्डजीमा राजनीतिक विचलन आएको छ, उहा“को छोरामा सांस्कृतिक विचलन आएको छ । यो त अब के भन्देखि पूरै विचलनवादी पार्टी भएको छ भन्नुस् न अब ।
रामचन्द्र पौडेल ः यो त अब के भन्देखि उहा“हरूमा सत्ता कब्जा गर्ने प्रवृत्तिकै अर्को नमुना हो हेर्नोस् है † छोराले अर्काकी श्रीमती कब्जा गर्ने, बाबुले अर्कोको सत्ता कब्जा गर्ने । वास्तवमा कुराचाहि“ यही हो ।
नारायणकाजी श्रेष्ठ ः वास्तवमा यो कुराचाहि“ मने के हो भने प्रकाशले रूपमा अर्काकी श्रीमती लिएर बेपत्ता भएको हो भने पनि सारमा चाहि“ भागेकै हो । हामी यसको पूरै जनवादी दृष्टिकोणबाट गम्भीर विश्लेषण गर्दै पछि त्यसको संश्लेषात्मक नतिजा निकाल्छौ“ ।
ज्ञानेन्द्र शाह ः यसमा मलाई त के लाग्छ भने मान्छे चाहे राजतन्त्रवादी होस् वा गणतन्त्रवादी होस् त्यसलाई पहिलो दुःख दिने भनेको युवराजबाटै हो । दाजुलाई पनि युवराजबाटै दुःख भयो, मलाई युवराजबाटै दुःख भयो, अब प्रचण्डजीलाई पनि युवराजबाटै दुःख भएको छ । युवराजको कारणले राजतन्त्र गएजस्तै अब युवराजकै कारणले गणतन्त्र पनि जालाजस्तो देखिन्छ ।
पारस शाह ः ककसले कसकी श्रीमती भगाए भन्दै अहिले मेरो नाम पनि चर्चामा आएको सुने“ । यो त मलाई पूरै बदनाम गर्ने षड्यन्त्र हो । मैले आजसम्म कसैकी श्रीमती भगाएको छैन ।
माधव नेपाल ः वर्तमान परिप्रेक्षमा हाम्रो एउटै मात्र चिन्ता भनेको कसले कसको श्रीमती भगायो भन्ने होइन । हाम्रो चिन्ता भनेको त प्रकाश दाहालले जुन युवती भगायो तिनी मगर जातकी हुन् । प्रकाश दाहाल बाहुन जातिका हुन् । अब उनले भगाएको श्रीमती मगरहरूको तमुवानमा बस्छिन् कि बाहुनहरूको खसानमा ? उनको राजनीतिक हैसियत के हुन्छ ? जातीय अधिकार के हुन्छ ? अहिले यसको विश्लेषण गर्ने बेला आएको छ ।
अंग्रेजी नाम
नेविसंघका कार्यकर्ता अहिले नया“खाले आन्दोलनमा लागेका छन् । सहरमा जति पनि प्लस टु कलेजका होर्डिङ बोर्ड छन्, तिनमा अंग्रेजी नाम आउने जम्मै कलेजको होर्डिङ बोर्डमा कालो पोत्ने । कलेजहरूले विद्यार्थीलाई बढी पैसा लिउन्, ठगुन्, त्यसमा मतलब छैन । अर्थात् कलेजहरूको कामलाई होइन, नामलाई लिएर विद्यार्थीलाई झोंक चलेको छ । त्यसैले अंग्रेजी नामधारी जम्मै कलेजको होर्डिङ बोर्डमा कालो पोत्ने अभियान चलेको छ ।
यसबाट एउटा सन्देश जान्छ– अब कसैले नया“ कलेज खोल्ने हो भने नाममा ध्यान दिनुप¥यो । काममा ध्यान दिनुपर्दैन । पढाइ राम्रो होस्, नराम्रो होस्, ध्यान दिनु जरुरी छैन । शुल्क वृद्धि गर्दा पनि कसैलाई ध्यान दिनुपर्दैन । तर, नाम राख्दाचाहि“ ध्यान दिनैपर्छ । होइन भने नेविसंघले कालो पोत्ने खतरा छ ।
विद्यार्थी भाइहरूको अभियान राम्रो हो । बरु अहिले अंग्रेजी नामधारी कलेजलाई कालो पोतेजस्तै भोलि अंग्रेजी नामधारी राजनीतिक पार्टीको नाममा पनि कालो पोत्ने अभियान चलाउनुपर्ला । किनभने नेपाली कांग्रेस भन्ने पार्टीको नाममा पनि ‘कांग्रेस’ शब्द त अंग्रेजी नै हो क्यारे † यो नाममा चाहि“ कालो नपोत्ने भाइ ?